Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

आदर्श गृहबाट एक हजार १८१ जनाको पारिवारिक पुनर्मिलन, ३२ जना अझै आश्रित

Share:WhatsAppFacebookX (Twitter)Telegram
आदर्श गृहबाट एक हजार १८१ जनाको पारिवारिक पुनर्मिलन, ३२ जना अझै आश्रित
Photo / Coverage: विश्वखबर

काठमाडौं – संरक्षणको आवश्यकता भएका महिला, किशोरी तथा बालबालिकालाई सुरक्षित आश्रय दिँदै आएको आदर्श गृह नेपालले हालसम्म एक हजार १८१ जनाको पारिवारिक पुनर्मिलन गराएको छ। हिंसा प्रभावित, मानव बेचबिखन तथा ओसारपसारमा परेका र संरक्षणको आवश्यकता भएका व्यक्तिको उद्धार, संरक्षण तथा पुनःस्थापनामा सक्रिय गृहले शिक्षा, सीप विकास र आत्मनिर्भरता अभिवृद्धिमा समेत काम गर्दै आएको छ । २०६६ वैशाख १ गतेदेखि भरतपुरमा सञ्चालनमा रहेको संस्थाले हालसम्म आश्रित बालबालिकाको शिक्षा र भविष्य निर्माणमा विभिन्न उपलब्धि हासिल गरेको जनाएको छ । संस्थाकी अध्यक्ष मीनाकुमारी खरेलका अनुसार गृहमा हुर्किएका दुई छात्राले स्नातकोत्तर, तीन जनाले स्नातक र १२ जनाले उच्च शिक्षा हासिल गरेका छन्। त्यस्तै, नौ जनाले प्राविधिक शिक्षा र ४६ जनाले प्राविधिक तथा औपचारिक सीपमूलक तालिम लिएर रोजगारी प्राप्त गरेका छन् । हाल गृहमा आश्रित १७ जनालाई भरतपुर महानगरपालिकाले छात्रवृत्ति उपलब्ध गराएर अध्ययन गराइरहेको छ भने २४ जना निजी तथा सामुदायिक विद्यालयमा अध्ययनरत छन् । गृहमा हुर्किएका १३ जना अन्य संस्थामा गएको, छ जना वैदेशिक रोजगारीमा गएको र दुई जनाको संस्थाकै अगुवाइमा विवाह गराइएको अध्यक्ष खरेलले जानकारी दिइन् । संस्थाको पहलमा जिल्ला, पुनरावेदन तथा सर्वोच्च अदालत र मेलमिलाप केन्द्रमार्फत न्याय प्राप्त गरेका तथा न्यायिक प्रक्रियामा रहेका व्यक्तिको सङ्ख्या ३३४ रहेको छ। संस्थासँग सम्बन्धित चारवटा मुद्दा अझै विचाराधीन छन् । त्यसैगरी, गृहले २० जनालाई बीउपुँजी उपलब्ध गराएर व्यवसाय सञ्चालनमा सहयोग गरेको छ । भरतपुर महानगरपालिका–४ वैदिकनगरस्थित गृहमा हाल ३२ जनाले आश्रय लिइरहेका छन्। उनीहरूमा हिंसा प्रभावित महिला, मानव बेचबिखन तथा ओसारपसारमा परेका व्यक्ति र अनाथ बालबालिका रहेका छन् । आश्रितहरूको दीर्घकालीन व्यवस्थापन र सुरक्षित आवास सुनिश्चित गर्न गृहले भरतपुर महानगरपालिका–१५ विश्वप्रकाश टोलमा सुविधासम्पन्न आश्रम निर्माण गरिरहेको छ । संस्थाकी संस्थापक अध्यक्ष खरेलले एक कठ्ठा जग्गा दान गरेकी छन् भने दुई कठ्ठा १३ धुर जग्गा उपयोगका लागि उपलब्ध गराएकी छन् । त्यस्तै, ४९ जना दाताको सहयोगमा थप तीन कठ्ठा जग्गा खरिद गरिएको संस्थाले जनाएको छ । कुल सात करोड ५० लाख रुपैयाँ लागतमा निर्माण भइरहेको चारतले आश्रममा ७० बालबालिका र ३० महिलालाई राख्न सकिनेछ । गृहमा हुर्किएर विवाह गरी गएका छोरीज्वाइँ तथा अन्य पाहुनाका लागि पाहुना कक्ष र प्रशासनिक भवनसमेत निर्माण गर्ने योजना रहेको संस्थाले जनाएको छ । दाताहरूको सहयोगमा सञ्चालन हुँदै आएको गृहले आश्रम निर्माणलाई पूर्णता दिन यही कात्तिक २८ गतेदेखि आगामी मङ्सिर ८ गतेसम्म महायज्ञ आयोजना गर्ने भएको छ। संस्थाका सचिव अर्जुन अधिकारीका अनुसार नेपाल सन्त समाजका अध्यक्ष श्री १००८ स्वामी ज्ञानानन्द सरस्वतीको विशेष उपस्थितिमा महायज्ञ सञ्चालन गर्न लागिएको हो । अध्यक्ष खरेलले आफ्नो जीवनको सम्पूर्ण समय हिंसा प्रभावित महिला तथा संरक्षणविहीन बालबालिकाको सेवामा समर्पित गरेको उल्लेख गर्दै सचिव अधिकारीले सबैको सहयोगबाट सुविधासम्पन्न आश्रम निर्माण गरी प्रभावितलाई सुरक्षित आवास र पुनःस्थापनाको अवसर प्रदान गर्ने लक्ष्य रहेको बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल
Latest NewsJust now

इरानमाथि आक्रमण गर्नेबारे राष्ट्रिय सुरक्षा टोलीसँग ट्रम्पको छलफल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सैन्य कारबाही पुनः सुरु गर्ने विषयमा राष्ट्रिय सुरक्षा टोलीसँग छलफल गरेका छन् । मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले धक्का व्यहोरेपछि उनको अभिव्यक्ति केही नरम देखिए पनि... ...

रातोपाटी
हुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का
Latest NewsJust now

हुम्ला केन्द्रबिन्दु भएर भूकम्पको धक्का

हुम्लाको थेहे आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान ७ बजेर १० मिनेट जाँदा हुम्ला जिल्लाको थेहे आसपास केन्द्रबिन्दु भएर ४ दशमलव २ रेक्टरस्केलको भूकम्प गएको हो। नेपाल हिमालय क्षेत्र भएकाले विभिन्न समय सानाठूला भूकम्प जाने क्रम जारी छ।    ...

नेपालखबर
सार्वजनिक बसभित्र महिला यात्रुमाथि हातपात र दुर्व्यवहार गर्ने तीन युवक पक्राउ
Latest NewsJust now

सार्वजनिक बसभित्र महिला यात्रुमाथि हातपात र दुर्व्यवहार गर्ने तीन युवक पक्राउ

काठमाडौं । काठमाडौंबाट कञ्चनपुरको महेन्द्रनगरतर्फ आउँदै गरेको यात्रुवाहक बसभित्र महिला यात्रुमाथि हातपात तथा अभद्र व्यवहार गर्ने तीन जना युवकलाई... ...

सिंहदरबार न्युज
कालीमाटीमा महँगियो प्याज
Latest NewsJust now

कालीमाटीमा महँगियो प्याज

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार)का लागि तरकारी तथा फलफूलहरूको मूल्य सूची सार्वजनिक गरेको छ।  कालीमाटीमा आज प्याजसहित केही तरकारीको भाउ बढेको छ। धेरैजसो तरकारी भने हिजोअस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कालीमाटीमा आज ठूलो भारतीय र नेपाली गोलभेँडाको मूल्य ६५ रुपैयाँ छ। टनेलको सानो गोलभेँडाको भाउ भने किलो... ...

नेपालखबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play