Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

आणविक क्षमता विस्तार गर्न किमको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
आणविक क्षमता विस्तार गर्न किमको निर्देशन
Photo / Coverage: केन्द्रबिन्दु

सियोल । उत्तर कोरियाली नेता किम जोङ उनले विभिन्न सैन्य प्रयोजनका लागि आणविक हतियार प्रयोग गर्न सक्ने क्षमता विस्तार गर्न निर्देशन दिएका छन् । आणविक हतियार त्याग्न नसकिने बताउँदै आएको प्योङयाङले आफ्नो आणविक नीति थप सुदृढ बनाउने सङ्केतका रूपमा किमले बुधबार आणविक हतियार अनुसन्धान केन्द्रको निरीक्षणका क्रममा यस्तो निर्देशन दिएका हुन् । सरकारी सञ्चारमाध्यम कोरियन सेन्ट्रल न्युज एजेन्सीका अनुसार उनले आधुनिक युद्धमा सामरिक आणविक हतियारको महत्त्व र शत्रु राष्ट्रसँग सीमा जोडिएको अवस्थालाई ध्यानमा राख्दै विभिन्न सैन्य प्रयोजनमा तिनको प्रयोग गर्न सकिने क्षमता विकास गर्नुपर्ने बताए । किमले आणविक नीतिलाई राज्यको सार्वभौमिकताको प्रमुख आधार बताउँदै आफ्नो आणविक क्षमता वास्तविकता बनिसकेको उल्लेख गरे । उनले अमेरिकाले दक्षिण कोरियालाई आणविक शक्तिबाट चल्ने पनडुब्बी प्राप्त गर्न प्रोत्साहित गरेको आरोप पनि लगाए । किमको पछिल्लो अभिव्यक्तिले अमेरिकासँगको आणविक वार्तामा उत्तर कोरियाको दृष्टिकोण परिवर्तन भएको क्युङनाम विश्वविद्यालयका प्राध्यापक लिम युल–चुलले बताए । उनका अनुसार प्योङयाङले आणविक निःशस्त्रीकरणको सट्टा पारस्परिक आणविक खतरा र हतियार नियन्त्रणमा वार्ता सीमित गर्न खोजेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत अगस्टमा उत्तर कोरियासँग ५७ वटा आणविक हतियार रहेको बताएका थिए । दक्षिण कोरियाको अनुमानमा प्योङयाङसँग ८० देखि १२० वटासम्म आणविक हतियार छन् । सन् २०१९ मा हनोई शिखर सम्मेलन कुनै सम्झौताबिना समाप्त भएपछि अमेरिका र उत्तर कोरियाबीचको आणविक वार्ता अवरुद्ध छ । ट्रम्पले किमसँग चौथो भेट गर्ने इच्छा बारम्बार व्यक्त गर्दै आएका छन् । -एएफपी

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
वीरगंजमा उद्योग दर्ता र सञ्चालन व्यवस्थित गर्न नयाँ कानुनी व्यवस्था, उद्योगीलाई कर छुटदेखि अनुदानसम्म
Latest NewsJust now

वीरगंजमा उद्योग दर्ता र सञ्चालन व्यवस्थित गर्न नयाँ कानुनी व्यवस्था, उद्योगीलाई कर छुटदेखि अनुदानसम्म

वीरगंज । वीरगंज महानगरपालिकाले नगरभित्र लघु, घरेलु तथा साना उद्योगको दर्ता, सञ्चालन, व्यवस्थापन र नियमनलाई व्यवस्थित गर्दै स्थानीय उद्योग प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ कानुनी व्यवस्था लागू गरेको छ । महानगरपालिकाले... ...

रातोपाटी
चीनले सन् २०३० सम्ममा अत्याधुनिक सञ्चार सञ्जाल निर्माण गर्ने
Latest NewsJust now

चीनले सन् २०३० सम्ममा अत्याधुनिक सञ्चार सञ्जाल निर्माण गर्ने

बेइजिङ, मङ्सिर १० गते । चीनले सन् २०३० सम्ममा अत्याधुनिक सञ्चार सञ्जाल निर्माण गर्ने लक्ष्यसहित नयाँ कार्ययोजना सार्वजनिक गरेको छ। देशभर व्यापक पहुँच र उच्च कार्यक्षमतासहितको आगामी... ...

गोरखापत्र
भरतपुरका मुख्य सहरी क्षेत्रमा ट्राफिक बत्ती सञ्चालन
Latest NewsJust now

भरतपुरका मुख्य सहरी क्षेत्रमा ट्राफिक बत्ती सञ्चालन

चितवन । जिल्लाको मुख्य सहरी क्षेत्र नारायणगढ र भरतपुरमा ट्राफिक बत्ती सञ्चालनमा ल्याइएको छ । सडक दुर्घटना न्यूनीकरण तथा ट्राफिक सचेतना बढाउने उद्देश्यका साथ ती बत्ती सञ्चालनमा ल्याइएको हो । पुलचोक–गोन्द्राङको छ लेन सडक र बाइपास रोडका विभिन्न छ स्थानमा ‘ट्राफिक लाइट’ जडान गरिएको छ । भरतपुरको चौबिसकोठीमा भरतपुर महानगरपालिकाका कार्यवहाक प्रमुख चित्रसेन अधिकारी र प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले स्विच ...

केन्द्रबिन्दु
पहिलो पटक आयो ‘राइटर्स क्याम्प’ कार्यविधि
Latest NewsJust now

पहिलो पटक आयो ‘राइटर्स क्याम्प’ कार्यविधि

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाली भाषा, साहित्य, सिर्जनात्मक लेखन तथा सांस्कृतिक आदानप्रदानलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ ‘राइटर्स क्याम्प सञ्चालन सम्बन्धी कार्यविधि, २०८३’ जारी गरेको छ । आर्थिक... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement