Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको तयारी पूरा, भोलिदेखि भृकुटीमण्डपमा सुरु हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको तयारी पूरा, भोलिदेखि भृकुटीमण्डपमा सुरु हुने
Photo / Coverage: टक्सार

काठमाडाैँ । काठमाडौंको भृकुटीमण्डपमा भोलि (मंसिर ४)देखि ६ गतेसम्म आयोजना हुने आठौँ अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनीको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ । आधुनिक कृषि यन्त्र, उपकरण तथा नवीनतम प्रविधिको प्रदर्शनसँगै रैथाने सीप र उत्पादनको प्रवर्द्धन तथा अवलोकनकर्ताका लागि आकर्षक उपहारको व्यवस्था गर्दै प्रदर्शनी आयोजना हुन लागेको हो । ‘कृषिमा यन्त्र र प्रविधि : कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना हुने प्रदर्शनीमा १०० भन्दा बढी प्रदर्शक, दुई हजारभन्दा बढी प्रकारका कृषि यन्त्र तथा उपकरण र २०० भन्दा बढी स्टल रहनेछन् । तीन दिनसम्म सञ्चालन हुने प्रदर्शनीमा ५० हजारभन्दा बढी अवलोकनकर्ताले अवलोकन गर्ने आयोजकको अपेक्षा छ । नेपाल कृषि मेसिनरी व्यवसायी संघ (नामिया) का अध्यक्ष कृष्ण शर्माले प्रदर्शनीले नेपाली कृषि क्षेत्रमा आधुनिक यन्त्र तथा प्रविधिको प्रयोग विस्तार गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे । उनका अनुसार प्रदर्शनीमा आधुनिक कृषि यान्त्रीकरणका उपकरणसँगै नेपाली किसान, कृषि उद्यमी तथा व्यवसायीलाई नयाँ प्रविधिबारे जानकारी दिने र कृषि क्षेत्रलाई व्यावसायिक तथा प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने सामग्री प्रदर्शन गरिनेछ । शर्माले आधुनिक कृषि प्रविधिको प्रवर्द्धनसँगै स्थानीय उत्पादन, रैथाने सीप र परम्परागत प्रविधिको संरक्षणलाई पनि प्रदर्शनीले प्राथमिकता दिएको बताए । सोही उद्देश्यअनुसार राउटे समुदायका उत्पादन प्रदर्शन तथा बिक्रीका लागि दुईवटा स्टल निःशुल्क उपलब्ध गराइने भएको छ । राउटे समुदायलाई प्रदर्शनीमा सहभागी गराउन सोसेक नेपालले समन्वय गर्नेछ । संस्थाको पहलमा समुदायका प्रतिनिधिहरूले आफ्ना परम्परागत सीपबाट उत्पादित सामग्री प्रदर्शनीमा राख्नेछन् । प्रदर्शनीलाई थप आकर्षक बनाउन अवलोकनकर्ताका लागि लक्की ड्रमार्फत उपहार वितरण गर्ने व्यवस्था गरिएको छ । प्रदर्शनी अवधिभर प्रत्येक दिन ५० जना अवलोकनकर्ता छनोट गरी कृषि मेसिनरी, मल, स्प्रे, मल्चिङ प्लास्टिक, विद्युतीय मकै छोडाउने मेसिनलगायतका कृषि सामग्री तथा साना औजार उपहार प्रदान गरिनेछ । लक्की ड्रका प्रमुख विजेतालाई प्रदर्शनीको अन्तिम दिन मिनी ट्रेलर प्रदान गरिने आयोजकले जनाएको छ । प्रदर्शनीको मुख्य प्रायोजकमा एसकेटी नेपाल प्रालि रहेको छ । त्यस्तै, प्लेटिनम प्रायोजकमा जी–सेभेन एग्रिकल्चर प्रालि, नेपाल ट्रेड होस्ट प्रालि र शलोम एग्रिकल्चर प्रालि रहेका छन् । यी कम्पनीहरूले आधुनिक कृषि प्रविधि तथा उपकरणको प्रवर्द्धन र नेपाली किसानमाझ त्यसको पहुँच विस्तारमा सहकार्य गर्नेछन् । प्रदर्शनीमा ट्र्याक्टर, कृषि ड्रोन, रोपाइँ तथा बाली व्यवस्थापनका उपकरण, सिँचाइ प्रणाली, हरितगृह, शीतभण्डारणलगायत आधुनिक कृषि प्रविधि प्रदर्शन गरिनेछ । यसका साथै स्वदेशमै विकसित तथा निर्माण गरिएका कृषि उपकरणलाई समेत प्रदर्शनीमा स्थान दिइनेछ । विभिन्न कम्पनी तथा संस्थाले आफ्ना उत्पादन र प्रविधिबारे किसानलाई प्रत्यक्ष जानकारी दिनेछन् । कृषि विभागअन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ तथा यान्त्रीकरण प्रवर्द्धन केन्द्र, हरिहरभवन, ललितपुर र नेपाल कृषि मेसिनरी व्यवसायी संघको संयुक्त आयोजनामा प्रदर्शनी हुन लागेको हो । बागमती प्रदेश सरकारको कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्रालय सहआयोजक रहेको प्रदर्शनीमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गतको राष्ट्रिय कृषि इन्जिनियरिङ अनुसन्धान केन्द्र, नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको कृषि उद्यम केन्द्र तथा गाउँपालिका राष्ट्रिय महासंघ नेपाल सहयोगी संस्थाका रूपमा सहभागी हुनेछन् । मंसिर ४ देखि ६ गतेसम्म तीन दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने प्रदर्शनीले आधुनिक कृषि प्रविधिको पहुँच किसानसम्म पुर्‍याउनुका साथै कृषि यन्त्र तथा उपकरणको प्रयोग विस्तार, कृषि उद्यमशीलताको विकास र कृषि उत्पादनलाई प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने आयोजकको विश्वास छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चोरीको अभियोगमा ३० वर्षीय युवक पक्राउ
Latest NewsJust now

चोरीको अभियोगमा ३० वर्षीय युवक पक्राउ

डेढ तोलाको सिक्री चोरी गरेको अभियोगमा फुङ्लिङका प्रेम दर्जीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरीक्षक बिन्देश्वर यादवले जानकारी दिए । ...

कान्तिपुर
कोसीका मुख्यमन्त्री हटाउन ओलीसमक्ष नेताहरूको ‘लबिइङ’
Latest NewsJust now

कोसीका मुख्यमन्त्री हटाउन ओलीसमक्ष नेताहरूको ‘लबिइङ’

नेकपा एमालेको एउटा समूहले मुख्यमन्त्री फेर्न पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेपछि त्यसले फेरि कोसी प्रदेशमा सत्ता हेरफेरको चर्चा सुरु भएको छ। कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउन ओली निकटका नेताहरूले दबाब दिएका हुन्। एमालेको राष्ट्रिय भेलाको अवसर पारेर पार्टीका सचिव एवम् कोसी प्रदेश इन्चार्ज शेरधन राईको नेतृत्वमा प्रदेश अध्यक्ष घनश्याम ... ...

नेपालखबर
चितवनलाई हराउँदै सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा
Latest NewsJust now

चितवनलाई हराउँदै सुदूरपश्चिम रोयल्स एनपीएलको फाइनलमा

काठमाडौं । सुदूरपश्चिम रोयल्स नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ । विहिबार सम्पन्न खेलमा सुदूरपश्चिमले चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै फाइनलमा पुगेको हो । चितवनले दिएको १३४ रनको लक्ष्य पछाएको सुदूरपश्चिमले १९.५ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । सुदूरपश्चिमका लागि थारिन्दु रत्नायकेले ५३ रन बनाए भने विनोद भण्डारीले २३ रन, दिपेन्द्र सिंह ऐरीले १५ र इशान ...

कर्पोरट खबर
सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएलको फाइनलमा, उपाधि भिडन्त फेरि लुम्बिनीसँग
Latest NewsJust now

सुदूरपश्चिम लगातार तेस्रो पटक एनपीएलको फाइनलमा, उपाधि भिडन्त फेरि लुम्बिनीसँग

चितवन राइनोजलाई ३ विकेटले पराजित गर्दै सुदूरपश्चिम अहिलेसम्मका सबै संस्करणमा फाइनलमा पुग्ने पहिलो टिम बनेको हो । ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play