Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

आज हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात हुने
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका साथै कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। आज राति कोशी र गण्डकी प्रदेशको हिमाली र पहाडी भू-भागका साथै बाँकी हिमाली भू-भागमा आंशिक बादल लाग्ने तथा बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। आज राति कोशी प्रदेशको हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ। तराई भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु र कुहिरो लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सत्याग्रही डा केसीको २५ औँ अनसन तोडियो, सरकारसँग छ बुँदे सहमति [फोटोफिचर]
Latest NewsJust now

सत्याग्रही डा केसीको २५ औँ अनसन तोडियो, सरकारसँग छ बुँदे सहमति [फोटोफिचर]

सरकार र अनशनरत डा गोविन्द केसीबीच छ बुँदे सहमति भएको छ । सहमतिसँगै डा केसीले आफ्नो २५औँ सत्याग्रह अन्त्य गरेका छन् । ...

हाम्राकुरा
भारतको धार्मिक नगरी अयोध्यासँग रेलले जोडिँदै जनकपुर
Latest NewsJust now

भारतको धार्मिक नगरी अयोध्यासँग रेलले जोडिँदै जनकपुर

जनकपुरधाम । जनकपुरधाम र भारतको अयोध्याबिच रेल सम्पर्क स्थापित गर्ने तयारी तीव्र बनेसँगै मिथिलाको धार्मिक नगरी जनकपुरधामको पर्यटन विकासमा नयाँ सम्भावनाको ढोका खुल्ने अपेक्षा गरिएको छ । जानकी मन्दिर रहेको सहर... ...

रातोपाटी
धन्वन्तरी जयन्ती आज मनाइँदै
Latest NewsJust now

धन्वन्तरी जयन्ती आज मनाइँदै

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदैछ । वन जङ्गलमा पाइने जडीबुटीमा आधारित प्राचीनतम् वैदिक चिकित्सापद्धति आयुर्वेदका प्रवर्तक भगवान् धन्वन्तरीको उत्पत्ति भएको सम्झनामा देशभर विविध कार्यक्रम गरी आज धन्वन्तरी जयन्ती एवम् आरोग्यता दिवस मनाउन लागिएको हो । नेपाल पञ्चाङ्ग निर्णायक समितिले शुक्रबार आज धनवन्तरी जयन्ती मनाइने बताएको ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play