Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

आज विश्व मधुमेह दिवस

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज विश्व मधुमेह दिवस
Photo / Coverage: नेपालन्युज

काठमाडौँ। आज विश्व मधुमेह दिवस हो। विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रमका साथ यो दिवस मनाइँदैछ। मधुमेह रोगबारे चेतना अभिवृद्धि गर्ने, यसको जोखिम न्यूनीकरण गर्ने तथा रोकथाम, पहिचान र उपचारमा पहुँच बढाउने उद्देश्यले प्रत्येक वर्ष नोभेम्बर १४ मा यो दिवस मनाइन्छ। पछिल्लो एक दशकमा उच्च आय भएका मुलुकको तुलनामा न्यून तथा मध्यम आय भएका मुलुकमा मधुमेहको प्रकोप तीव्र गतिमा बढेको छ। यसका प्रमुख कारणमध्ये बढी तौल र मोटोपना पनि रहेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। मधुमेह अन्धोपना, मिर्गौला फेल हुने, हृदयाघात, पक्षाघात तथा हातखुट्टा काट्नुपर्ने अवस्थाको प्रमुख कारणमध्ये एक हो। स्वस्थ खानपान, नियमित शारीरिक व्यायाम तथा सुर्तीजन्य पदार्थको सेवन नगर्नाले टाइप–२ मधुमेह हुनबाट बच्न वा यसको जोखिम कम गर्न सकिन्छ। मधुमेहको समयमै पहिचान, नियमित स्वास्थ्य परीक्षण, औषधोपचार तथा रोगका जटिलताको उचित उपचारबाट यसका गम्भीर असर रोक्न वा न्यूनीकरण गर्न सकिने चिकित्सकहरू बताउँछन्। उनीहरूको सल्लाहअनुसार नियमित उपचार र जीवनशैलीमा सुधार गर्नु मधुमेह नियन्त्रणका लागि महत्वपूर्ण मानिन्छ। मधुमेहबाट बच्न स्वस्थ्य जीवनशैली अपनाउन आवश्यक भएको मधुमेह रोग विशेषज्ञ डा. विनय भट्टराईले बताए। टाइप १ मधुमेह छिटो विकसित हुन सक्ने भए पनि टाइप २ मधुमेह विस्तारै विकसित हुने र सुरुमा स्पष्ट लक्षण नदेखिन पनि सक्ने भएकाले नियमित स्वास्थ्य परीक्षण आवश्यक मानिन्छ। उनी भन्छन्, ‘मोटोपन भएका व्यक्ति, परिवारमा मधुमेहको इतिहास भएका व्यक्ति तथा कोलेस्ट्रोल उच्च भएका व्यक्तिले नियमित रूपमा मधुमेहको परीक्षण गराइरहनुपर्छ। ३५ वर्ष उमेर पुगेपछि सबैले नियमित रूपमा मधुमेहको परीक्षण गराउनु राम्रो हुन्छ।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
नेपाल टेलिकमको खुद नाफा ३७.३५ प्रतिशतले बढ्यो
Latest NewsJust now

नेपाल टेलिकमको खुद नाफा ३७.३५ प्रतिशतले बढ्यो

काठमाडौँ। चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को खुद नाफामा उल्लेख्य सुधार आएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आवको प्रथम त्रैमासिक अपरिष्कृत वित्तीय विवरणअनुसार... ...

रातोपाटी
छठको रौनक : घाटदेखि बजारसम्म चहलपहल
Latest NewsJust now

छठको रौनक : घाटदेखि बजारसम्म चहलपहल

बारा समाचारदाता बारा, कात्तिक २८ गते । तराई मधेशका जिल्लामा श्रद्धा र निष्ठाको महापर्व छठ पूजाको तयारीका लागि व्रतालु जुटेका छन् । दीपावली र गोवर्धन पूजा सम्पन्न भएसँगै अहिले छठ पर... ...

गोरखापत्र
हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड
Latest NewsJust now

हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्नेमा महासचिव गुटेरेसको जोड

टर्किए । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्ने बताएका छन् । विश्वव्यापी तापक्रम वृद्धिलाई १.५ डिग्री सेल्सियसभन्दा माथि जानबाट रोक्न नसकिने अवस्था देखिए पनि त्यसको अवधि र प्रभाव न्यून बनाउन तत्काल र व्यापक रूपमा हरितगृह ग्यास उत्सर्जन कटौती गर्नुपर्ने बताएका हुन् । यही कात्तिक २३ गतेदेखि यहाँ जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१)को अन्तिम पत्रकार सम्मेलनमा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play