Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

आज विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज विश्वासको मत लिँदै मधेशका मुख्यमन्त्री यादव
Photo / Coverage: नेपालन्युज

जनकपुरधाम। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आज प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । यसका लागि सभामुख रामअशिष यादवले शनिबार दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरेका छन् । प्रदेशसभा सचिवालयका अनुसार बैठकको एकमात्र कार्यसूची मुख्यमन्त्रीले विश्वासको मत लिने रहेको छ । मुख्यमन्त्री यादवले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम विश्वासको मत लिन लागेका हुन् । सरकारलाई समर्थन गरेका नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवको सरकार अल्पमतमा परेको छ । दुई प्रमुख सहयोगी दलले समर्थन फिर्ता लिएसँगै उनले विश्वासको मत पाउने सम्भावना कमजोर देखिएको छ । १०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार गठन गर्न तथा विश्वासको मत प्राप्त गर्न कम्तीमा ५४ सांसदको समर्थन आवश्यक हुन्छ । प्रदेशसभामा नेपाली कांग्रेसका २२, नेकपा एमालेका २३, जनता समाजवादी पार्टी नेपालका २७, नेपाली कम्युनिष्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद छन् । त्यस्तै, संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसद छन् । कांग्रेसका २२ सांसद मात्रै रहेकाले मुख्यमन्त्री यादवलाई विश्वासको मत प्राप्त गर्न थप ३२ सांसदको समर्थन आवश्यक देखिन्छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
स्वदेशी फूलमाला खपत
Latest NewsJust now

स्वदेशी फूलमाला खपत

सुर्खेत समाचारदातासुर्खेत, कात्तिक २८ गते । तिहारमा सुर्खेतमा स्वदेशी फूलमाला खपत भएका छन् । भारतबाट आउने आयातित फूलमालामा सरकारले रोक लगाएपछि स्थानीय किसानले उत्पादन गरेका फूलमाला... ...

गोरखापत्र
प्रतिद्वन्द्वी खेलाडीको मृत्यु निम्त्याउने फलपछि गोलकिपरलाई १२ खेलको प्रतिबन्ध
Latest NewsJust now

प्रतिद्वन्द्वी खेलाडीको मृत्यु निम्त्याउने फलपछि गोलकिपरलाई १२ खेलको प्रतिबन्ध

मड्रिड । स्पेनिस फुटबल महासंघको अनुशासन समितिले एफसी एन्डोराका गोलकिपर जेसुस ओवोनोलाई १२ खेलको प्रतिबन्ध लगाएको छ। गत २ नोभेम्बरमा भएको स्पेनिस दोस्रो डिभिजनको खेलका क्रममा ओवोनोसँग ठोक्किएपछि टेनेरिफका फरवार्ड जेसुस... ...

रातोपाटी
सार्वजनिक बिदामा पनि आरटिजीएस प्रणाली सञ्चालन हुने
Latest NewsJust now

सार्वजनिक बिदामा पनि आरटिजीएस प्रणाली सञ्चालन हुने

काठमाडौँ। नेपाल राष्ट्र बैंकले सार्वजनिक बिदाका दिन पनि ‘रियल टाइम ग्रस सेटलमेन्ट’ (आरटिजीएस) प्रणाली सञ्चालन गर्ने भएको छ। केन्द्रीय बैंकले शुक्रबार एक सूचना जारी गर्दै यही कात्तिक ३० गते बिहान ९:०० बजेदेखि अपराह्न ३:०० बजेसम्म आरटिजीएस प्रणाली सञ्चालन हुने जनाएको हो। सरकारले छठ पर्वका अवसरमा पर्सी सोमबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि भुक्तानी प्रणालीलाई निरन्तरता दिन राष्ट्र बैंकले आरटिजीएस सेवा सञ्चालन ...

नेपालन्युज
सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड
Latest NewsJust now

सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरणमा नेपालको जोड

काठमाडौँ, कात्तिक २८ गते । नेपालले रोजगारी सिर्जना, सामाजिक सुरक्षा प्रणालीको सुदृढीकरण, सामाजिक तथा आर्थिक रूपान्तरणलाई उच्च प्राथमिकतामा राखेर तदनुरुप काम गर्दै आएको जनाएको छ ।एस... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play