Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

आज यमदीपदान गरिँदै, किन दक्षिण फर्काएर बालिन्छ दियो ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज यमदीपदान गरिँदै, किन दक्षिण फर्काएर बालिन्छ दियो ?
Photo / Coverage: विश्वखबर

काठमाडौं – हिन्दु धर्मावलम्बीले आज यमदीपदान गर्दैछन्। दीपावली अर्थात् यमपञ्चकको महत्त्वपूर्ण धार्मिक परम्परामध्ये यमदीपदान पनि एक हो । अकाल मृत्युको भयबाट मुक्ति, परिवारका सदस्यको दीर्घायु तथा सुस्वास्थ्यको कामना गर्दै यमराजको नाममा दीप प्रज्वलन गर्ने धार्मिक विधिलाई यमदीपदान भनिन्छ । हिन्दु धर्मग्रन्थमा उल्लेखित मान्यताअनुसार यमराजलाई मृत्युका देवता मात्र नभई धर्मराज अर्थात् न्यायका अधिपतिका रूपमा पनि लिइन्छ । स्कन्द पुराण र पद्म पुराणमा यमराजको स्मरण गरी दीपदान गर्नाले अकाल मृत्युको भयबाट मुक्ति मिल्ने र परिवारका सदस्यको आयु वृद्धि हुने धार्मिक विश्वास उल्लेख गरिएको छ । यमदीपदानसँग राजा हिमाका पुत्रको प्राणरक्षासम्बन्धी पौराणिक कथा पनि जोडिएको छ । कथाअनुसार राजा हिमाका पुत्रको विवाह भएको चौथो दिन मृत्यु हुने भविष्यवाणी गरिएको थियो । तर, उनकी पत्नीले धनतेरसको रात घरभरि दीप प्रज्वलन गरी सुनचाँदीका गरगहना र अन्य धातुका वस्तु ढोकामा राखेर उज्यालो बनाइन् । यमराज सर्पको रूप धारण गरी आउँदा दीपको प्रकाश र पत्नीको जाग्रामका कारण भित्र प्रवेश गर्न नसकेको धार्मिक कथा प्रचलित छ । किन दक्षिण फर्काएर बालिन्छ दियो ? सामान्य पूजाआजामा पूर्व वा उत्तर दिशातर्फ फर्काएर दीप प्रज्वलन गर्ने चलन भए पनि यमदीपदानमा भने दक्षिण दिशातर्फ फर्काएर दियो बालिन्छ। धार्मिक मान्यताअनुसार दक्षिण दिशा यमराजको दिशा हो । त्यसैले यमराजलाई समर्पित गरी बालिने दीपको मुख दक्षिणतर्फ फर्काउने परम्परा रहेको छ । यमदीपदान सामान्यतया सूर्यास्तपछि प्रदोषकालमा गरिन्छ। यसका लागि माटोको दियो वा पीठोबाट बनाइएको चौमुखी दीप प्रयोग गर्ने चलन छ। दियोमा तोरीको तेल वा तिलको तेल राखेर बालिन्छ। कतिपय स्थानमा दियोमा कालो वा सेतो तिलसमेत राख्ने परम्परा छ। यस्तो दीप घरको मूल ढोकाबाहिर वा आँगनको दक्षिण कुनामा राख्ने चलन छ । यसरी दीपदान गर्दा परिवारका सदस्यको दीर्घायु, सुस्वास्थ्य, सुख, शान्ति र समृद्धिको कामना गरिन्छ । यमदीपदान गर्दा जप गरिने मन्त्र यमदीपदानका क्रममा यमराजलाई स्मरण गर्दै निम्न मन्त्र जप गर्ने धार्मिक परम्परा छ : मृत्युना पाशदण्डेन कालेन च मया सह ।त्रयोदश्यां दीपदानात् सूर्यजः प्रीयतां मम॥ यसको अर्थ हो—कार्तिक कृष्ण त्रयोदशीका दिन गरिएको यस दीपदानबाट सूर्यपुत्र यमराज प्रसन्न होऊन् र मृत्यु, पाश, दण्ड तथा कालको भयबाट रक्षा गरून् । यमदीपदानले घरपरिवारमा नकारात्मक प्रभाव हट्ने, सुखशान्ति कायम हुने र अकाल मृत्युको भयबाट रक्षा हुने जनविश्वास छ। धार्मिक आस्थासँग जोडिएको यो परम्परा पुस्तौँदेखि नेपाली हिन्दु समाजमा प्रचलित रहँदै आएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यात्रु कुट्ने दुईजना यातायात व्यवसायी पक्राउ
Latest NewsJust now

यात्रु कुट्ने दुईजना यातायात व्यवसायी पक्राउ

रुपन्देही समाचारदाता रुपन्देही, कात्तिक २० गते । गाडी भाडाको विषयमा झगडा गरी यात्रुलाई कुट्ने दुईजना यातायात व्यवसायी पक्राउ परेका छन् । बुटवलको बसपार्कमा भाडाबारे विवाद हुँदा यात्... ...

गोरखापत्र
साफ च्याम्पियनसिप : बंगलादेश र भारतको विजयी सुरुआत
Latest NewsJust now

साफ च्याम्पियनसिप : बंगलादेश र भारतको विजयी सुरुआत

काठमाडौं । बंगलादेशले साफ च्याम्पियनसिपको १५औँ संस्करणमा भुटानलाई १–० ले पराजित गर्दै विजयी सुरुआत गरेको छ । बिहीबार नै भएको खेलमा डिफेन्डिङ च्याम्पियन भारतले पनि विजयी सुरुआत गरेको हो । बंगलादेशका प्रशिक्षक थोमस डुलीको टोलीलाई भुटानले खेलभर दबाबमा राखेको थियो । खेलको ६४औँ मिनेटमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश गरेका मोहम्मद इब्राहिमले पाँच मिनेटभित्रै गोल गर्दै बंगलादेशलाई अग्रता दिलाए । जयान ...

केन्द्रबिन्दु
चाडपर्वलाई लक्षित गर्दै प्रहरीको विशेष सुरक्षा योजना लागू
Latest NewsJust now

चाडपर्वलाई लक्षित गर्दै प्रहरीको विशेष सुरक्षा योजना लागू

काठमाडौँ, कात्तिक २० गते । नेपालीको महत्त्वपूर्ण पर्व तिहार, नेपाल संवत् तथा छठपर्वलाई लक्षित गर्दै नेपाल प्रहरीले ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू गरेको छ ।चाडपर्वका... ...

गोरखापत्र
गृहमन्त्री सुधन गुरुङको जिल्लामा नुन किलोकै २०० रुपैयाँ
Latest NewsJust now

गृहमन्त्री सुधन गुरुङको जिल्लामा नुन किलोकै २०० रुपैयाँ

गोरखा । बजारमा प्रतिकिलो ३० देखि ३५ रुपैयाँसम्ममा पाइने नुन गोरखाको उत्तरी भेगका विकट गाउँमा भने २०० रुपैयाँसम्म पर्छ । सडक सञ्जालको पहुँच नहुँदा ढुवानीमा लाग्ने चर्को खर्चका कारण चुमनुब्री गाउँपालिकाका बासिन्दाले दैनिक उपभोग्य वस्तुका साथै नुनसमेत महँगो मूल्यमा किन्नुपर्ने बाध्यता छ । नेपालमा खानेनुनको आपूर्ति गर्दै आएको साल्ट ट्रेडिङ कर्पोरेसनले आयो नुनको मूल्य प्रतिकिलो […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play