Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

आज महिला हिंसा उन्मूलन दिवस, प्रत्येक १० मिनेटमा एक महिला तथा बालिकाको हत्या

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज महिला हिंसा उन्मूलन दिवस, प्रत्येक १० मिनेटमा एक महिला तथा बालिकाको हत्या
Photo / Coverage: पर्दाफास

आज नोभेम्बर २५ अर्थात् महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस विश्वका विभिन्न देशमा विविध चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदै छ । महिला तथा बालिकामाथि हुने हिंसा मानव अधिकार उल्लंघनको व्यापक स्वरूप भएको उल्लेख गर्दै संयुक्त राष्ट्रसंघले यसको अन्त्यका लागि कानुनी व्यवस्था, न्यायमा पहुँच र जनचेतना अभिवृद्धिमा जोड दिँदै आएको छ । यसैबीच, विश्वभर प्रत्येक १० मिनेटमा एक महिला वा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या हुने गरेको तथ्य सार्वजनिक भएको छ । राष्ट्रसंघीय लागुऔषध तथा अपराध कार्यालय र संयुक्त राष्ट्रसंघीय महिला निकायले सार्वजनिक गरेको प्रतिवेदनअनुसार सन् २०२४ मा विश्वभर करिब ५० हजार महिला तथा बालिकाको आफ्नै घनिष्ठ साथी वा परिवारका सदस्यबाट हत्या भएको थियो । यो सङ्ख्या दैनिक औसत १३७ हो । महिला तथा बालिकामाथि हुने हिंसाका विभिन्न स्वरूपमध्ये हत्या सबैभन्दा चरम अवस्था हो । उनीहरूमाथि हुने हिंसा प्राय: लामो समयदेखिको दुर्व्यवहार, धम्की, नियन्त्रण र असमान शक्ति सम्बन्धसँग जोडिएको प्रतिवेदनले औँल्याएको छ । महिला तथा बालिकामाथि हुने हिंसा अन्त्यका लागि अन्तर्राष्ट्रिय समुदायले विभिन्न कानुनी तथा नीतिगत प्रयास गर्दै आएको छ । संयुक्त राष्ट्रसंघको महासभाले सन् १९७९ मा महिलाविरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मूलनसम्बन्धी महासन्धि पारित गरेको थियो । त्यसैगरी, सन् १९९३ मा महिलाविरुद्ध हुने हिंसा उन्मूलनसम्बन्धी घोषणापत्र जारी गरिएको थियो । महिला अधिकारकर्मीले सन् १९८१ देखि नोभेम्बर २५ लाई लैङ्गिक हिंसाविरुद्धको दिवसका रूपमा मनाउँदै आएका छन् । सन् १९६० नोभेम्बर २५ मा डोमिनिकन गणतन्त्रका तत्कालीन शासक राफेल त्रुजिलोको आदेशमा राजनीतिक गतिविधिमा संलग्न मिराबल दिदीबहिनीको हत्या गरिएको घटनाको स्मरणमा यो दिन छनोट गरिएको हो । संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९९ डिसेम्बर १७ मा यससम्बन्धी प्रस्ताव पारित गरी नोभेम्बर २५ लाई महिला हिंसा उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवसका रूपमा औपचारिक मान्यता दिएको हो । त्यसयता सदस्य राष्ट्र, अन्तर्राष्ट्रिय संस्था र गैरसरकारी संस्थालाई यस दिन चेतनामूलक कार्यक्रम आयोजना गर्न आह्वान गरिँदै आएको छ । आजैदेखि डिसेम्बर १० अर्थात् मानव अधिकार दिवससम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान पनि सञ्चालन गरिन्छ । अभियानले महिला तथा बालिकामाथि हुने सबै प्रकारका हिंसा अन्त्य गर्न सरकार, नागरिक समाज र समुदायको सामूहिक प्रयास आवश्यक रहेको सन्देश प्रवाह गर्दै आएको छ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले महिला तथा बालिकामाथिको हिंसा सबै देश र समुदायलाई प्रभावित पार्ने विश्वव्यापी लज्जाको विषय भएको उल्लेख गर्दै यसको अन्त्यका लागि न्याय सुनिश्चित गर्न र रोकथामका प्रयासलाई तीव्र बनाउन आह्वान गरेका छन् । यस दिवसका अवसरमा जारी सन्देशमा उनले हिंसापीडितलाई कानुनी सहायता, स्वास्थ्य सेवा, मनोसामाजिक परामर्श र सुरक्षित आश्रयको व्यवस्था गर्न तथा हिंसासम्बन्धी कानुन प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरकारहरूलाई आग्रह रेका छन् । यसै अवसरमा राष्ट्रसंघकी उपमहासचिव अमिना मोहम्मदले हिंसापीडित महिलालाई संरक्षण र न्याय उपलब्ध गराउन तथा दोषीलाई जबाफदेही बनाउन सबै पक्ष जिम्मेवार हुनुपर्ने बताएकी छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
हेटौंडास्थित एक होटलमा आगलागी, आगो निभाउने क्रममा दुई जना घाइते
OthersJust now

हेटौंडास्थित एक होटलमा आगलागी, आगो निभाउने क्रममा दुई जना घाइते

प्रहरीका अनुसार आगो निभाउने क्रममा होटल सञ्चालक २९ वर्षीय आशिष गौतम र दमकलका कर्मचारी ३५ वर्षीय नविन नेपाल सामान्य घाइते भएका छन् । ...

अनलाइन खबर
एकैपटक नेपाल प्रहरीका ६० जना एसपीको सरुवा (सूचीसहित)
OthersJust now

एकैपटक नेपाल प्रहरीका ६० जना एसपीको सरुवा (सूचीसहित)

९ मंसिर, काठमाडौं । नेपाल प्रहरीका ६० जना एसपी (प्रहरी उपरीक्षक)को सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले मंगलबारको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको जानकारी दिएको छ । विभागका अनुसार सबै जनाको मंसिर महिनादेखिको तलब-भत्ता सरुवा भएकै ठाउँबाट पाउनेछन् । सोही अनुसारको अभिलेख राखिदिन विभागले सामान्य भराष्ट्रिय किताबखानालाई अनुरोध गरेको छ । ...

अनलाइन खबर
२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ८१७ जनालाई कारबाही
OthersJust now

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ८१७ जनालाई कारबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८१७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५७, सिसिटिभिमार्फत ३३, रातोबत्तीमा ३५ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ९६, हर्न निषेधमा ९, अवस्था ठिक नभएको १७ र अन्यमा ५४६ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले ...

पर्दाफास
सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु
OthersJust now

सप्तरीमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

९ मंसिर, काठमाडौं । सप्तरीको रुपनी गाउँपालिका-६ मिलनचोकमा गएराति हात्तीको आक्रमणबाट १ जनाको मृत्यु भएको छ । हात्तीको आक्रमणबाट मृत्यु हुनेमा स्थानीय ५३ वर्षीय सुपबहादुर श्रेष्ठ रहेका छन् । गएराति साढे १ बजे जंगलबाट गाउँ पसेको हात्तीले आक्रमण गर्दा श्रेष्ठको घटनास्थलमै मृत्यु भएको सप्तरीका एसपी रुपक खड्काले जानकारी दिए । एसपी खड्काले अनलाइनखबरसँग भने, ‘जंगलबाट… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement