काठमाडौं । नेपालमा हाल कुनै पनि उल्लेखनीय मौसमी प्रणाली सक्रिय नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका अधिकांश स्थानमा मौसम सफा रहे पनि केही हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली देखिएको छ। हाल देशको हिमाली क्षेत्र र कोशी प्रदेशका पहाडी भूभागमा आंशिक बादल लागेको छ भने अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। महाशाखाले आज दिउँसो देशभर मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरेको छ। रातिको समयमा भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने सम्भावना छ। बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ। त्यस्तै, बुधबार देशको हिमाली भूभागका साथै कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। अन्य क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने पूर्वानुमान छ।
आज देशभर मौसम सफा रहने, तीन प्रदेशमा राति आंशिक बदलीको सम्भावना

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






