काठमाडौँ। हाल नेपालमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार देशका हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने तराई भू-भागका थोरै स्थानमा हुस्सु तथा तुवाँलो लागेको छ। आज दिउँसो कोशी र बागमती प्रदेशका हिमाली क्षेत्रसहित देशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। त्यस्तै, कोशी प्रदेशको हिमाली भू-भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। महाशाखाका अनुसार आज राति कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्र तथा कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ। देशका बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहने पूर्वानुमान गरिएको छ।
आज देशभरको मौसम मुख्यतया सफा रहने

Read Complete Original Article
Published originally on लुम्बिनी सञ्चार





![बादलमाथि बसेको दुल्लु बजार, प्रकृतिको अनुपम दृश्य [तस्बिरहरु]](https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2026/third-party/dullu-11-27112026042828-watermarked.jpg)
