Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

आज देशभरको मौसम मुख्यतया सफा रहने, तराईका केही स्थानमा हुस्सु र कुहिरोको सम्भावना

Share:WhatsAppFacebookX (Twitter)Telegram
आज देशभरको मौसम मुख्यतया सफा रहने, तराईका केही स्थानमा हुस्सु र कुहिरोको सम्भावना
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौँ । देशमा हाल कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागमा आंशिक बदली रहे पनि देशका बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै देशका हिमाली भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। बाँकी क्षेत्रमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ। त्यस्तै, आज राति कोशी र गण्डकी प्रदेशका हिमाली भूभागमा आंशिक बदली रहनेछ भने देशका अन्य क्षेत्रमा मौसम मुख्यतया सफा रहने अनुमान छ। महाशाखाका अनुसार बिहीबार बिहान काठमाडौँ उपत्यका तथा खोँचहरूका साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ। हुस्सु र कुहिरोका कारण बिहानको समयमा सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
राष्ट्रिय खेलकुद : कर्णालीको गौरव
Latest NewsJust now

राष्ट्रिय खेलकुद : कर्णालीको गौरव

दसौं राष्ट्रिय खेलकुदसँगै कर्णालीमा बनेका पूर्वाधारले प्रतियोगितापछि पनि नयाँ खेलाडी र खेल संस्कृतिलाई निरन्तरता दिने अपेक्षा गरिएको छ। ...

कान्तिपुर
महिला हिंसाविरुद्ध शून्य सहनशीलताको संस्कृति विकास गर्न उपराष्ट्रपति यादवको आग्रह
Latest NewsJust now

महिला हिंसाविरुद्ध शून्य सहनशीलताको संस्कृति विकास गर्न उपराष्ट्रपति यादवको आग्रह

• उपराष्ट्रपति रामसहाय प्रसाद यादवले महिलाविरुद्धको हिंसा, विभेद र अन्याय अन्त्य गर्न सबै पक्ष जिम्मेवार बन्नुपर्ने बताएका छन्। • महिलालाई सम्मान, सुरक्षा, स्वतन्त्रता र समान अवसरसहित जीवनयापन गर्नको लागि वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्। • महिला सशक्तीकरणका लागि शिक्षा, सीप, नेतृत्व विकास र आर्थिक स्वावलम्बनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै, निर्णय प्रक्रियामा समान अवसर सुनिश्चित गर्न आह्वान गरेका छन्। ...

नेपालबहस
यस्तो छ आजको मौसम पूर्वानुमान
Latest NewsJust now

यस्तो छ आजको मौसम पूर्वानुमान

काठमाडौँ। जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशमा कुनै पनि मौसमी प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार अहिले कोशी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बदली रहेको तथा बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै हिमाली भागमा आंशिक बदली रहनेछ भने बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ...

नेपालन्युज
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८१७ जनालाई कारबाही
Latest NewsJust now

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ८१७ जनालाई कारबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ८१७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बुधबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५७, सिसिटिभिमार्फत ३३, रातोबत्तीमा ३५ जना चालकलाई कारबाही गरिएको छ । ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement