काठमाडौँ। आज कुष्माण्ड नवमी, आजदेखि पूर्णिमासम्म भगवान् लक्ष्मीनारायण अमलाको बोटमा निवास गर्छन् भन्ने धार्मिक मान्यता छ। आजको यो दिनलाई कुष्माण्ड नवमी, अक्षय नवमी, अमला नवमी र धातृ नवमी पनि भनिन्छ। आज अमलाका अतिरिक्त भगवान् विष्णुको विशेष रूपमा पूजाअर्चना पनि गरिन्छ। धर्मशास्त्रअनुसार आज भगवान् विष्णुका साथै अमलाको वृक्षको पूजासँगै अन्नादि दान गर्नाले अक्षय फल प्राप्त हुन्छ। यसैगरी, अमल र पिपलको विवाह गरिदियो भने पुण्य प्राप्त भई त्यो जन्मान्तरसम्म कायम रहने जनविश्वास छ। पद्मपुराणअनुसार कार्तिक शुक्ल नवमीका दिन द्वापर युगको आरम्भ भएको थियो। यसै दिन भगवान् विष्णुले कुष्माण्ड नाम गरेको दैत्यको वध गरेको हुनाले यो दिनलाई कुष्माण्ड नवमी भनिएको हो। कुष्माण्ड दैत्यको शरीरबाट कुभिन्डो उत्पन्न भएको हुनाले यो दिन कुभिन्डो दान गर्नाले पुण्य प्राप्त हुन्छ। आजको दिन कुभिन्डो, सुन, चाँदी, पहेँलो कपडा, तामाको भाँडोमा तिल राखेर दान गर्ने मनुष्यले चिताएको फल प्राप्त गर्ने जनविश्वास छ।
आज कुष्माण्ड नवमी, पूर्णिमासम्म भगवान् विष्णुको विशेष पूजाअर्चना गरिने

Read Complete Original Article
Published originally on नेपालन्युज






