Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय

Share:WhatsAppFacebookX (Twitter)Telegram
आजदेखि छठ पर्व सुरु, मिथिला क्षेत्र छठमय
Photo / Coverage: नेपालन्युज

महोत्तरी। दीपावली पर्व सकिएसँगै कात्तिक शुक्ल चतुर्थी अर्थात् आजदेखि सुरु हुँदा गरेको छठ पर्वका अवसरमा महोत्तरीसहित मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ । चार दिनसम्म मनाइने यस पर्वको तयारीमा स्थानीयवासी जुटेका छन् । आस्था, निष्ठा र भक्तिको पर्व मानिने छठको तयारीस्वरूप मिथिला क्षेत्रका घरघरमा छठका गीत गुञ्जिन थालेका छन् । सूर्यदेव र षष्ठीदेवी ९छठीमाता० को महिमा गाइने भक्तिगीतले मिथिलाको वातावरण छठमय बनेको छ। पर्वको तयारीका लागि स्थानीयवासी नदीकिनार, पोखरी तथा धार्मिक महत्वका जलाशयमा छठघाट निर्माण र सरसफाइमा जुटेका छन् । विशेषगरी युवा छठघाट निर्माण तथा सजावटमा सक्रिय देखिएका छन् । बाँसका भाटा र झिक्रा प्रयोग गरी बनाइएका घरका भित्ता लिपपोत तथा रङरोगन गरेर सजाउने काम पनि भइरहेको छ । सडक, घर र सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गरिएका छन् । धनी, गरिब सबैले आफ्नो क्षमताअनुसार श्रद्धा र निष्ठाका साथ पर्व मनाउने तयारी गरेका छन् । छठको तयारीसँगै स्थानीयवासीको दैनिकी पनि पर्वकेन्द्रित बनेको छ । भेटघाट र कुराकानीदेखि घरायसी कामकाजसम्म छठकै तयारीमा केन्द्रित हुन थालेको बर्दिबास–१३ बिजलपुरास्थित जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक हरिदेव महतोले बताए । मिथिला क्षेत्रका बजारमा छठ पूजाका सामग्री किन्नेको भीड लागेको छ । केराका घरीसहित पर्वमा आवश्यक सामग्रीको बिक्री बढेको छ । स्थानीय किसानले छठ पूजामा प्रयोग हुने उखुका लाँक्रा, अदुवा, बेसारका बोट, मुठा, ज्यामिर र जटासहितका सामग्री बजारमा ल्याउने तयारी गरिरहेका छन् । यस्ता सामग्रीको बिक्री शनिबार मुख्य रूपमा हुने जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीले बताए । यसैगरी छठ पूजाका सामग्री राख्न तथा अन्य प्रयोजनका लागि बाँसका चोया र कप्टेराबाट बनाइने ढकी, डलिया, कोनियाँ, नाङ्लो, चाल्नो र पङ्खाको बिक्री पनि साप्ताहिक हाटबजारमा बढेको छ । बत्ती बाल्न प्रयोग हुने दियो, दही जमाउने छ्याँची, पूजासम्बन्धी सामग्री राख्ने टौला, पानी राख्ने अङ्खरा र गाग्रीलगायत माटाका भाँडाको बजार पनि बढेको छ । छठमा नयाँ भाँडामा पूजासामग्री राख्ने परम्पराका कारण बाँसका सामग्री र माटाका भाँडाको माग बढेको हो । घरघरमा छठको प्रसाद तयार गर्ने चटारो पनि बढेको छ । ठकुवा र भुसुवासहितका प्रसाद बनाउन गृहिणी व्यस्त छन् । चामल र गहुँको पिठो घरमै ढिकी र जाँतोमा कुट्ने तथा पिँध्ने परम्परा अझै कायम छ। शुद्धता र पवित्रतालाई विशेष महत्त्व दिइने यस पर्वमा परिवारका सदस्यको सहयोगमा प्रसाद तयार गरिन्छ। मिथिलानी अर्थात् मिथिलाका महिलाहरू छठका लागि चामल र गहुँको पिठो तयार गर्न व्यस्त छन् । भङ्गाहा–४ रामनगरकी ५५ वर्षीया शान्तिदेवी साहले छठको तयारीमा निष्ठा सबैभन्दा महत्त्वपूर्ण पक्ष रहेको बताए। मिथिलामा कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन छठ पर्व मनाइन्छ । पर्वको पहिलो दिन ‘नहाय–खाय’ विधिबाट सुरु हुने छठमा दोस्रो दिन ‘खरना’ गरिन्छ । तेस्रो दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्छन् भने चौथो दिन बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिएपछि पर्व सम्पन्न हुन्छ । छठ पर्वमा पुराना मनमुटाव बिर्सेर सबै एकै ठाउँमा भेला भई सूर्यदेवको आराधना गर्छन् । छठघाटमा जातीय तथा सामुदायिक विभेद नगरी सबैले एकै लहरमा बसेर पर्व मनाउने परम्परा छ । पर्वको तयारीमा सहभागी हुँदा धार्मिक आस्थाले मानिसलाई विनम्र र सहयोगी बनाउने स्थानीयवासीको विश्वास छ । सूर्यदेव र षष्ठीदेवीको उपासना गरिने यस पर्वले मङ्गल र कल्याण गर्ने जनविश्वास रहिआएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एनपीएलमा आज दुई खेल हुँदै, पहिलो खेल काठमाडौं र सुदूरपश्चिम तथा जनकपुर  र चितवन आमनेसामने हुने
Latest NewsJust now

एनपीएलमा आज दुई खेल हुँदै, पहिलो खेल काठमाडौं र सुदूरपश्चिम तथा जनकपुर र चितवन आमनेसामने हुने

• काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा आज दुई खेल हुँदैछन्। • पहिलो खेलमा काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ, जबकि दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज आमनेसामने हुनेछन्। • चितवन र जनकपुरलाई प्लेअफमा पुग्नका लागि आजको खेल जित्न आवश्यक छ, जबकि काठमाडौं र सुदूरपश्चिमको विजेताले शीर्ष ४ मा स्थान पक्का गर्नेछ। ...

नेपालबहस
ह्वाइट हाउसनजिक गोली चल्यो, दुई जनाको मृत्यु, चार घाइते
Latest NewsJust now

ह्वाइट हाउसनजिक गोली चल्यो, दुई जनाको मृत्यु, चार घाइते

वासिङ्टन । अमेरिकाको राजधानी वासिङ्टन डिसीमा बिहीबार गोली चलेको छ। वासिङ्टन डिसीका प्रहरी प्रवक्ताले बीबीसीलाई बताएअनुसार घटनामा गोली हान्ने व्यक्तिसमेत २ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्। घटनालगत्तै आयोजित पत्रकार सम्मेलनमा अधिकारीहरूले आक्रमणकारीले आफैँलाई गोली हानेको जस्तो देखिएको बताएका छन्। वासिङ्टन डिसीका अन्तरिम प्रहरी प्रमुख जेफ्री डब्लु क्यारोलले पत्रकार सम्मेलनमा प्रहरी घटनास्थलमा ३० सेकेन्डभित्रै पुगेको बताए। वासिङ्टन डीसीमा ...

केन्द्रबिन्दु
सवारी दुर्घटनामा एकको मृत्यु, पाँच जना घाइते
Latest NewsJust now

सवारी दुर्घटनामा एकको मृत्यु, पाँच जना घाइते

कैलाली । कैलालीको धनगढी उपमहानगरपालिका–१५ मा मोटरसाइकल र स्कुटर एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । धनगढीबाट फूलबारीतर्फ गइरहेको मोटरसाइकल र विपरीत दिशाबाट... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play