Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

आईटीयूमा नेपालको सहभागिता अर्थपूर्ण रह्योः सञ्चारमन्त्री

Share:WhatsAppFacebookX (Twitter)Telegram
आईटीयूमा नेपालको सहभागिता अर्थपूर्ण रह्योः सञ्चारमन्त्री
Photo / Coverage: टेक्नोलोजी खबर

सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले अन्तरराष्ट्रिय दूरसञ्चार सङ्घ (आईटीयू)को महासम्मेलन (आईटीयू पीपी–२६) मा नेपालले अर्थपूर्ण र प्रभावकारी सहभागिता जनाएको बताएका छन्। कतारको दोहामा जारी सम्मेलनमा सहभागी भई स्वदेश फर्किएपछि आज त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार भेटमा उनले उदीयमान प्रविधिको प्रयोगमार्फत विकासशील राष्ट्रमा देखिएको ‘डिजिटल डिभाइड’लाई कम गर्ने र प्रविधिको पहुँच बढाउने विषयमा नेपालले आफ्नो धारणा प्रस्तुत गरेको जानकारी दिए। सम्मेलनका क्रममा सूचना प्रविधि र टेलिकम क्षेत्रमा उल्लेख्य प्रगति हासिल गरेका देशसँग आगामी दिनमा डिजिटल रुपान्तरणका बारेमा सहकार्य र साझेदारी अभिवृद्धि गर्नेबारेमा पनि छलफल भएको उनले जानकारी दिए। “सूचना प्रविधिका क्षेत्रमा पहुँच विस्तार हुँदै जानुपर्नेमा विभिन्न कारणले त्यो पहुँच खुम्चिँदै गएको पनि पाइएको छ। सूचना प्रविधिको पहुँच कसरी विस्तार गर्ने भन्नेमा द्विपक्षीय छलफल भयो”, उनले भने। मन्त्री तिमिल्सिनाले मलेसिया, इस्टोनिया, कतार, चीन, भारत तथा रुसलगायत देशका मन्त्री, राज्यमन्त्री तथा सहायक मन्त्रीसँग द्विपक्षीय भेटघाट र महत्वपूर्ण छलफल भएको जानकारी दिँदै नेपालको आवश्यकता र रुचिअनुसार विभिन्न देशसँग सूचना प्रविधि र टेलिकम क्षेत्रमा सहकार्य तथा साझेदारीका विषयमा विचारविमर्श भएको स्पष्ट पारे। बाढी, पहिरो र भूकम्पजस्ता विपद्का बेला सञ्चार प्रणालीलाई कसरी निर्वाध रूपमा चालु राख्ने भन्नेबारेमा सम्मेलनमा व्यापक छलफल भएको मन्त्री तिमिल्सिनाले जानकारी दिए। त्यस क्रममा नेपालका तर्फबाट मन्त्री तिमिल्सिनाले विपद्को समयमा सञ्चारको भूमिका झनै महत्वपूर्ण हुने कुरामा जोड दिँदै नीतिगत मन्तव्य प्रस्तुत गरेका थिए। मन्त्री तिमिल्सिनाले विकासोन्मुख तथा अल्पविकसित मुलुकलाई डिजिटल रूपान्तरणको प्रक्रियामा पछाडि पर्न नदिन लक्षित प्राविधिक सहायता, प्रविधि हस्तान्तरण तथा सहुलियतपूर्ण वित्तीय सहयोग आवश्यक रहेकामा जोड दिएका थिए। विश्वव्यापी डिजिटल रूपान्तरणले नयाँ अवसर सिर्जना गरे पनि कम्प्युटिङ क्षमता, दक्ष जनशक्ति, लगानी तथा प्रविधिमा असमान पहुँचका कारण विकासोन्मुख मुलुक थप पछाडि पर्ने जोखिम रहेको उनको भनाइ थियो। डिजिटल पहुँचमा रहेको असमानतासँगै कृत्रिम बौद्धिकता, फाइभजीलगायत उदीयमान प्रविधिमा पहुँचका आधारमा नयाँ प्रकारको डिजिटल विभाजन सिर्जना भइरहेको जनाउँदै मन्त्री तिमिल्सिनाले डिजिटल रूपान्तरणको लाभ सबै देश तथा समुदायमा समान रूपमा पुर्‍ याउन अन्तरराष्ट्रिय सहकार्य अपरिहार्य रहेकामा जोड दिएका थिए। इन्टरनेसनल टेलिकम्युनिकेसन युनियन (आईटीयू)ले दूरसञ्चार क्षेत्रमा विश्वव्यापी रुपमा नीति निर्माणको काम गर्दै आइरहेको छ। आइटियुमा १९४ देश सदस्य राष्ट्र छन्।-रासस The post आईटीयूमा नेपालको सहभागिता अर्थपूर्ण रह्योः सञ्चारमन्त्री appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मासेराटी चीनमा स्थानीय गाडी उत्पादनका लागि ‘माएक्स्ट्रो’सँग साझेदारी गर्ने
TechnologyJust now

मासेराटी चीनमा स्थानीय गाडी उत्पादनका लागि ‘माएक्स्ट्रो’सँग साझेदारी गर्ने

इटालियन लक्जरी कार निर्माता मासेराटीले ह्वावे र आन्हुई जियाङहुई अटोमोबाइल ग्रुप कर्प (जेएसी) द्वारा संयुक्त रूपमा विकास गरिएको ब्रान्ड माएक्सट्रोसँग साझेदारी गर्ने बताइएको छ, जसले घरेलु र विदेशी बिक्रीको लागि विभिन्न ब्रान्डहरू प्रयोग गरेर चीनमा स्थानीय उत्पादनलाई अगाडि बढाउनेछ। “मासेराटी डिजाइन” भनिने यो परियोजना ह्वावे, जेएसी र मासेराटीको मूल कम्पनी स्टेलान्टिस सम्मिलित ३-तर्फी सहकार्य भएको चिनियाँ मिडिया यिकाईले रिपोर्ट गरेको छ। रिपोर्ट ...

टेक्नोलोजी खबर
एआई नीतिबारे छलफल गर्दै युरोपेली सङ्घका नेता
TechnologyJust now

एआई नीतिबारे छलफल गर्दै युरोपेली सङ्घका नेता

कृत्रिम बौद्धिकता (एआई) प्रविधिको तीव्र विकाससँगै त्यसबाट प्राप्त हुने अवसर उपयोग र सम्भावित जोखिम न्यूनीकरण गर्ने नीति तय गर्न युरोपेली सङ्घ (इयु) का नेताहरूले शुक्रबार पहिलोपटक डब्लिनमा छलफल गर्दैछन् । चीन र अमेरिकासँगको प्रविधिगत प्रतिस्पर्धामा अघि बढ्न युरोपमै एआई विकासलाई प्रोत्साहन गर्ने तथा नागरिक र व्यवसायलाई सम्भावित जोखिमबाट जोगाउने विषय बैठकको मुख्य एजेन्डा रहनेछ । छलफलमा फ्रान्सेली एआई कम्पनी मिस्ट्रलका प्रमुख ...

टेक्नोलोजी खबर
खाल्डाको फोटो खिच्ने एप होइन, खाल्डा पुर्ने सरकार चाहियो : मुकुल ढकाल
TechnologyJust now

खाल्डाको फोटो खिच्ने एप होइन, खाल्डा पुर्ने सरकार चाहियो : मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वनेता मुकुल ढकालले सडकका खाल्डाखुल्डीको फोटो अपलोड गर्न ‘सडक सुझाव’ जस्तो एप निर्माण गर्नु जनताले तिरेको करको दुरुपयोग भएको टिप्पणी गरेका छन् ।उनले आफ्नो फेसबुक खातामार्फत सडकको अवस्था सुधार गर्नुपर्नेमा खाल्डाखुल्डीको फोटो खिचेर अपलोड गर्न लगाउने एप बनाउनुको औचित्यमाथि प्रश्न उठाएका हुन् ।देशभरका सडक खाल्डाखुल्डी र जीर्ण अवस्थामा रहेको उल्लेख गर्दै ढकालले विकसित ...

आइसिटी समाचार
नेपाल टेलिकमको इन्टरनेट अफरमा म्याद थप, वाईफाई ६ जडानमा ३ हजार छुट
TechnologyJust now

नेपाल टेलिकमको इन्टरनेट अफरमा म्याद थप, वाईफाई ६ जडानमा ३ हजार छुट

काठमाडौं । नेपाल टेलिकमले ३० एमबीपीएस क्षमताको एनटी फाइबर इन्टरनेट प्याकेज र मेस एपी अफरको अवधि थप गरेको छ । कम्पनीले ग्राहकको मागलाई ध्यानमा राख्दै दुवै अफरको अवधि २०८३ पुस ३० गतेसम्म कायम गर्ने निर्णय गरेको विज्ञप्तिमार्फत् जनाएको हो ।यसअघि मेस एपी अफर असोज ८ गतेदेखि र ३० एमबीपीएस एनटी फाइबर प्याकेज असोज ३० गतेदेखि सञ्चालनमा ल्याइएको थियो । नेपाल ...

आइसिटी समाचार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play