Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

आईजीपी हटाउने निर्णय सरकारको, पार्टीको निर्देशन छैन : रास्वपा प्रवक्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
आईजीपी हटाउने निर्णय सरकारको, पार्टीको निर्देशन छैन : रास्वपा प्रवक्ता
Photo / Coverage: नेपालन्युज

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई पदबाट हटाउने वा कायम राख्ने विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन नदिएको स्पष्ट पारेका छन्। सांसद समेत रहेका खरेलले आईजीपीको विषय सरकारको अधिकार क्षेत्रभित्र पर्ने भन्दै यसबारे निर्णय गर्ने जिम्मेवारी सरकारकै भएको बताएका हुन्। आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले आईजीपी हटाउने वा पदमा कायम राख्ने विषयमा सरकार आफ्नै निर्णय र विवेकअनुसार अघि बढ्ने बताएका छन्। ‘आईजीपी हटाउने वा राख्ने विषय सरकारको निर्णय र विवेकमा निर्भर रहन्छ,’ खरेलले भने। उनले आईजीपीका विषयमा पार्टीले सरकारलाई कुनै निर्देशन नदिएको पनि स्पष्ट पारेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बालुवाडाँडादेखि नारायणी तीरसम्म साइकल यात्रा
Latest NewsJust now

बालुवाडाँडादेखि नारायणी तीरसम्म साइकल यात्रा

बोमलाल गिरीनवलपुर, कात्तिक २९ गते । नवलपुरको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले झण्डै एक सय ५० जनाले आइतबार सामूहिक साइकल यात्रा गरेका छन् ।कावासोती नगरपालिकाको आयोजना र कावासोती स... ...

गोरखापत्र
कांग्रेसले खुलामञ्चमा रोप्यो दुबो [तस्बिरहरू]
Latest NewsJust now

कांग्रेसले खुलामञ्चमा रोप्यो दुबो [तस्बिरहरू]

काठमाडौं । नेपाली कांग्रेसले खुलामञ्चमा क्षति पुगेको दुबोको स्थानमा नयाँ दुबो रोप्न सुरु गरेको छ। आइतबार बिहान कांग्रेस काठमाडौं महानगर समितिको आयोजनामा नेता तथा कार्यकर्ताहरू खुलामञ्च पुगेर दुबो रोपेका हुन्। दुबो रोप्ने कार्यक्रममा कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा पनि सहभागी हुने कार्यक्रम छ। गत असोजमा सम्पन्न कांग्रेसको १५औँ महाधिवेशनका क्रममा खुलामञ्चको दुबोमा क्षति पुगेपछि नयाँ दुबो रोप्न लागिएको हो। क्षति भएका स्थानमा ...

केन्द्रबिन्दु
इरानमा यात्रुवाहक बस दुर्घटना, मृतकको सङ्ख्या १० पुग्यो, १८ जना घाइते
Latest NewsJust now

इरानमा यात्रुवाहक बस दुर्घटना, मृतकको सङ्ख्या १० पुग्यो, १८ जना घाइते

तेहरान । इरानको पश्चिमी प्रान्त इलाममा शनिबार साँझ भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ भने १८ जना घाइते भएका छन् । अर्धसरकारी समाचार संस्था फार्सका अनुसार शनिबार स्थानीय... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play