सरकारले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीलाई जिम्मेवारीबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई आईजीपीको जिम्मेवारीबाट हटाउँदै अतिरिक्त महानिरीक्षक (एआईजी) मनोज केसीलाई नयाँ आईजीपीको जिम्मेवारी दिने निर्णय गरेको हो। जिम्मेवारी खोसिएका कार्कीलाई भने प्रधानमन्त्रीको सुरक्षा सल्लाहकार बनाइएको सरकारका प्रवक्ता एवम् शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए। कार्कीले गत कात्तिक २७ गतेदेखि प्रहरी प्रमुखको कार्यभार सम्हालेका थिए। २०८२ फागुन २१ गते भएको निर्वाचनका क्रममा म्यादी प्रहरीको पोसाक खरिदमा अनियमितता गरेको आरोप कार्कीमाथि लाग्दै आएको थियो। उक्त खरिद प्रकरणमा लामो समयदेखि विवादमा तानिएका उनलाई हटाउन सरकारले गृहकार्य गरिरहेको थियो।
आईजीपी दानबहादुर कार्कीको जिम्मेवारी खोसियो, प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त

Read Complete Original Article
Published originally on पर्दाफास






