काठमाडौं।प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आफूलाई गैरकानुनी रूपमा पदबाट हटाइएको दाबी गर्दै कार्कीले पुनर्बहालीको मागसहित रिट दायर गर्न लागेका हुन्। उनका कानुन व्यवसायी रिट लिएर सर्वोच्च अदालत पुगे पनि दर्ता भने भइसकेको छैन। सरकारले बुधबार कार्कीलाई आईजीपीबाट हटाएर मनोज केसीलाई नयाँ प्रहरी प्रमुख नियुक्त गरेको थियो। केसीले बुधबार नै दर्ज्यानी चिह्न लगाएर पदभार ग्रहण गरिसकेका छन्। कार्यकाल बाँकी रहँदै पदबाट हटाइएपछि कार्कीले कानुनी उपचार खोजेका हुन्। सरकारले उनलाई प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा नियुक्त गरेको छ। नव नियुक्त आईजीपी केसी र कार्की एउटै ब्याचका प्रहरी अधिकारी हुन्।
आईजीपीबाट हटाइएपछि सर्वोच्च पुगे कार्की

Read Complete Original Article
Published originally on नेपालन्युज






