Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव

Share:WhatsAppFacebookX (Twitter)Telegram
आइतबारदेखि वर्षा र हिमपातको सम्भावना, धानबाली भित्र्याउन मौसमविद्को सुझाव
Photo / Coverage: पर्दाफास

देशमा पश्चिमी वायुको प्रभाव विस्तारै बढ्दै जाँदा आईतवारदेखि सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना देखिएको छ । केही स्थानमा मेघगर्जन, चट्याङ तथा असिनासमेत पर्नसक्ने भएकाले काट्न बाँकी रहेको धानबाली सुरक्षित गर्न मौसमविद्ले सुझाव दिएका छन् । नेपाल मौसम विज्ञान विभागकी मौसमविद् विभूति पोखरेलकाअनुसार शुक्रवार र शनिवार देशभरको मौसम सामान्यतया सफा रहनेछ । यी दुई दिन पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा भएपनि ठूलो मौसमी परिवर्तनको सम्भावना छैन । तर आईतवारदेखि पश्चिमी वायुको प्रभावका कारण मौसममा परिवर्तन आउने देखिएको छ । आईतवार विशेषगरी सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा वर्षाको सम्भावना छ । यसको प्रभाव गण्डकी प्रदेशसम्म विस्तार हुनसक्ने मौसमविद् पोखरेलले बताइन् । त्यस्तै वागमती र कोशी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ । पश्चिमी वायुको प्रभावबाट हुने वर्षासँगै केही स्थानमा असिना, मेघगर्जन र चट्याङको सम्भावना पनि रहने उनको भनाइ छ । विशेषगरी अहिले खेतमा रहेको धानबाली र काटेर सुकाउन राखिएको परालमा वर्षा तथा असिनाले क्षति पु¥याउन सक्ने भएकाले किसानले सावधानी अपनाउनुपर्ने देखिन्छ । मौसमविद् पोखरेलकाअनुसार आगामी दिनमा पश्चिमी न्यूनचापीय प्रणाली सक्रिय भएमा पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपात गराउन सक्छ । यद्यपि अहिले देखिएको प्रणाली ठूलो र व्यापक प्रभाव पार्ने खालको भने छैन । यसबाट भारी वर्षाको सम्भावना नरहेको र अधिकांश स्थानमा मध्यमसम्मको वर्षा हुनसक्ने अनुमान गरिएको छ । उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमसम्म हिमपात हुनसक्ने सम्भावना रहे पनि यसलाई असामान्य मौसमी जोखिमका रूपमा लिनुपर्ने अवस्था नरहेको उनले स्पष्ट पारिन् । हिउँदको समयमा हुने वर्षा र हिमपातले हिउँदे बालीका लागि आवश्यक चिस्यान उपलब्ध गराउने भएकाले कृषि उत्पादनका दृष्टिले यसलाई सकारात्मक रूपमा पनि लिन सकिने उनको भनाइ छ । उनकाअनुसार पश्चिमी वायुबाट विकसित हुने न्युनचापीय प्रणाली छिटो गतिमा एक स्थानबाट अर्को स्थानतर्फ सर्ने प्रकृतिको हुन्छ । त्यसैले यस्तो प्रणाली सक्रिय हुँदा केही समय वर्षा गराएर पार हुने गर्छ । असिनासमेत सबै क्षेत्रमा पर्ने नभई निश्चित स्थानमा मात्रै सिमित हुने सम्भावना रहन्छ । यस वर्ष मनसुनका समयमा एल निनोको प्रभावका कारण कम वर्षा हुनसक्ने आकलन गरिए पनि नेपालमा अपेक्षाकृत नियमित वर्षा भएको मौसमविद् पोखरेलले बताइन् । त्यसमा पश्चिमी वायुको समेत प्रभाव देखिएको उहाँको भनाइ छ । एल निनोको प्रभाव मनसुन र हिउँदमा फरक हुने भएकाले मनसुनमा जस्तै हिउँदमा पनि सुक्खा नै हुन्छ भन्ने निष्कर्ष निकाल्न नमिल्ने बताइन् । हिउँदमा पश्चिमी वायुबाट विकसित हुने न्युनचापीय प्रणाली सक्रिय हुँदा वर्षा र हिमपातको सम्भावना रहने मनौसमविद् पोखरेलको भनाइ छ । यद्यपि समग्र हिउँदमा कस्तो मौसमी अवस्था रहनेछ भन्ने विषयमा विभागले छुट्टै मौसमी आँकलन सार्वजनिक गर्नेछ । मौसमविद् पोखरेलले विभागले जारी गर्ने मौसम पूर्वानुमान तथा परामर्श नक्शामा नियमित अद्यावधिक भइरहन पनि आग्रह गरिन् । विशेषगरी पहेँलो सङ्केत भएका क्षेत्रका बासिन्दाले मौसमसम्बन्धी सूचनामा ध्यान दिनुपर्ने उनको सुझाव छ । समग्रमा आगामी मौसमी प्रणालीबाट ठूलो विपद्को जोखिम नरहे पनि कृषि क्षेत्रमा हुनसक्ने सम्भावित क्षतिलाई ध्यान दिनुपर्ने देखिएको छ । विशेषगरी धान काट्न बाँकी रहेका किसानले मौसमको अवस्था हेरेर बाली भित्र्याउने र काटिसकेको धान तथा पराल सुरक्षित राख्ने तयारी गर्नुपर्ने मौसमविद्को सुझाव छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
उद्योगमन्त्री साह र भारतीय समकक्षीबीच जुटमा लगाइएको ‘एन्टिडम्पिङ ड्युटी’ बारे छलफल
OthersJust now

उद्योगमन्त्री साह र भारतीय समकक्षीबीच जुटमा लगाइएको ‘एन्टिडम्पिङ ड्युटी’ बारे छलफल

विशेषगरी नेपाली सिमेन्ट, स्टिल, प्लाइउड, जुत्ता, धागो तथा अन्य औद्योगिक उत्पादन प्रमाणीकरण प्रक्रिया सरल, सहज र समयबद्ध बनाउन मन्त्री साहले आग्रह गरे । ...

अनलाइन खबर
बच्चालाई अलराउण्डर बनाउने प्रयास गर्दा उनीहरूको बाल्यकाल खोसिरहेका त छैनौं ?
OthersJust now

बच्चालाई अलराउण्डर बनाउने प्रयास गर्दा उनीहरूको बाल्यकाल खोसिरहेका त छैनौं ?

आफ्ना बालबालिका हरेक कुरामा अब्बल बनुन्न भन्ने चाहना हरेक अभिभावकको हुन्छ । स्कुलको पढाइ, खेलकुद, चित्रकला, संगीत वा अन्य गतिविधि सबैमा बच्चाले उत्कृष्ट प्रदर्शन गरोस् भन्ने चाहना अभिभावकको हुन्छ । यही सोचाइले गर्दा बच्चालाई अतिरिक्त कक्षा तथा तालिममा सहभागी गराउने, बढी दबाब दिने पनि गरिएको हुन सक्छ । आजका बालबालिका बिहानको पहिलो किरणदेखि राति सुत्ने… ...

अनलाइन खबर
हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभियान चलाउने
OthersJust now

हराएका सम्पदा फिर्ता ल्याउन काठमाडौं महानगरले अभियान चलाउने

२८ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले चोरी भएर विदेशका विभिन्न सङ्ग्रहालय तथा स्थानमा पुगेका नेपाली धार्मिक तथा सांस्कृतिक सम्पदा पहिचान गरी स्वदेश फिर्ता ल्याउने अभियानलाई थप व्यवस्थित बनाउने भएको छ । यसका लागि महानगरले सम्पदाको अभिलेखीकरण, जनचेतना अभिवृद्धि र समुदायको क्षमता विकासलाई प्राथमिकतामा राख्ने भएको हो । शुक्रवार काठमाडौं महानगरपालिकामा आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता… ...

अनलाइन खबर
लोकतन्त्रमाथि प्रहार भए अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्दैन : महामन्त्री पौडेल
OthersJust now

लोकतन्त्रमाथि प्रहार भए अन्य दलसँग सहकार्य गर्न कांग्रेस पछि हट्दैन : महामन्त्री पौडेल

२७ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले लोकतन्त्रमाथि प्रहार गर्ने प्रयास भए कांग्रेस चुप लागेर नबस्ने चेतावनी दिएका छन् । शुक्रबार जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले सरकारले आफ्नो कार्यशैली नसच्याए लोकतन्त्रको रक्षाका लागि आन्दोलनमा उत्रिन कांग्रेस बाध्य हुने बताए । पौडेलले आगामी चैतमा स्थानीय तहको निर्वाचन हुनेमा नै संशय उत्पन्न भएको भन्दै सरकारले… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play