Sunday, November 29, 2026||
MultiKhabarMultiKhabar

आइजेनकोटलाई प्रधानमन्त्री पदको प्रस्ताव : नयाँ चुनाव गराउने रणनीति त होइन?

Share:WhatsAppFacebookX (Twitter)Telegram
आइजेनकोटलाई प्रधानमन्त्री पदको प्रस्ताव : नयाँ चुनाव गराउने रणनीति त होइन?
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । इजरायलमा नयाँ सरकार गठनका लागि राजनीतिक रस्साकस्सी तीव्र भएको छ। चुनावमा बहुमत नआए पनि प्रधानमन्त्री बेन्जामिन नेतन्याहु सत्तामै रहने जुक्तीमा लागेका छन्। इजरायली सञ्चारमाध्यमका अनुसार उनले विपक्षी नेता तथा प्रधानमन्त्री पदका उम्मेदवार गादी आइजेनकोटलाई आलोपालो सरकार सञ्चालनको प्रस्ताव गरेका छन्। उनले आइजेनकोटलाई पहिलो दुई वर्ष र अर्को दुई वर्ष आफू प्रधानमन्त्री बन्ने प्रस्ताव राखेका हुन्। यद्यपि केही मुद्दामा नेतन्याहु र आइजेनकोटबिच असहमति छ। तर प्रश्न छ- चुनावमा नेतन्याहुविरुद्ध मत मागेका आइजेनकोट उनीसँग सरकार गठन गर्न सहमत होलान्? कि नेतन्याहुको प्रस्ताव शक्ति बाँडफाँट गर्ने वास्तविक प्रयास वा सरकार गठन प्रक्रिया लम्ब्याउने र नयाँ चुनावका लागि बाटो बनाउने रणनीति हो? सार्वजनिक प्रसारक कानका अनुसार नेतन्याहुको पार्टी लिकुडले यो प्रस्ताव अनौपचारिक रूपमा आइजेनकोटसम्म पुर्‍याएको छ। ताकि सार्वजनिक रूपमा यसको जिम्मेवारी लिन नपरोस्। सत्ता गुमेमा नेतन्याहुले अक्टोबर ७ को आक्रमणका बेला भएको सुरक्षा असफलताबारे गम्भीर प्रश्नहरूको सामना गर्नुपर्ने हुन सक्छ। अनि उनीविरुद्ध भ्रष्टाचार मुद्दा पनि विचाराधीन छन्। इजरायली संसद्‌मा कुल १२० सिट छन्। सरकार बनाउन ६१ सांसदको समर्थन आवश्यक पर्छ। हाल नेतन्याहुको लिकुड पार्टी र यसका सहयोगीसँग ४६ सांसद छन्। उता विपक्षीतर्फ भने आइजेनकोट, लिबरम्यान, नाफ्ताली बेनेट, यायर लापिड र यायर गोलान गरेर कुल ४८ सांसद छन्। यसको अर्थ विपक्षी हाल नेतन्याहुको गठबन्धनभन्दा केवल २ सिटले अगाडि छ। यद्यपि सरकार बनाउन थप १३ सांसद चाहिन्छ। युनाइटेड टोराह जुडाइजमका ७ सांसद एकजुट भए भने आइजेनकटलाई सरकार बनाउन ६ सिट मात्र पुग्दैन। यसका लागि आइजेनकोटले मन्सुर अब्बासको अरब पार्टी राअममा आफ्नो ध्यान केन्द्रित गर्नेछन्। यो पार्टीले सरकारमै सामेल भएर वा बाहिरबाट समर्थन गरेर उनलाई मद्दत गर्न सक्छ। अब्बास यसअघि सन् २०२१ र २०२२ को बिचमा नाफ्ताली बेनेट र यायर लापिड सरकारमा पनि सहभागी भएका थिए। अब उनी अर्को सरकारमा पनि सामेल हुन चाहन्छन्। राष्ट्रपति इसाक हर्जोगले नोभेम्बर ८ मा आइजेनकोटलाई सरकार गठन गर्ने अनुमति दिँदै डिसेम्बर ६ सम्मको समयसीमा तोकेका छन्।यस अवधिमा आइजेनकोटले बहुमत जुटाउनुपर्नेछ। यद्यपि आवश्यक परेमा राष्ट्रपतिले यो समयसीमा १४ दिन बढाउन सक्छन्। आइजेनकोटले तोकिएको समयभित्र सरकार गठन गर्न सकेनन् भनेचाहिँ राष्ट्रपतिले नयाँ सरकार बनाउने अर्को मौका नेतन्याहुलाई दिन सक्छन्। नेतन्याहुले पनि बहुमत प्राप्त गर्न नसकेमा भने इजरायलले नयाँ चुनाव गर्नुपर्ने हुन सक्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
कालीकोटको शैक्षिक सम्मेलनबाट १९ बुँदे प्रतिबद्धता
Latest NewsJust now

कालीकोटको शैक्षिक सम्मेलनबाट १९ बुँदे प्रतिबद्धता

जिल्लाको समग्र शैक्षिक अवस्थामाथि छलफल गरेर केही स्थानीय तहले गरेका उत्कृष्ट अभ्यास सबैले अनुसरण गर्न सम्मेलनका सहभागीले प्रतिबद्धता गरे । ...

कान्तिपुर
जापानबाट फर्किएर किवीखेतीमा भविष्य खोज्दै लीलाबहादुर घर्ती
Latest NewsJust now

जापानबाट फर्किएर किवीखेतीमा भविष्य खोज्दै लीलाबहादुर घर्ती

बागलुङ । वैदेशिक रोजगारीका लागि जापान पुगेका निसीखोला गाउँपालिका-४ थापागाउँका लीलाबहादुर घर्ती एक वर्षमै स्वदेश फर्किएर कृषि उद्यममा रमाएका छन् । विदेशमा राम्रो आम्दानी गर्ने सपना बोकेर जापान पुगे पनि आफ्नै गाउँमा सुरु गरेको कृषि व्यवसायको मोहले उनलाई लामो समय विदेश बस्न दिएन । जापानको रोजगारी छाडेर फर्किएका घर्ती अहिले आफ्नै गाउँमा फलफूल, तरकारीखेती र पशुपालन व्यवसाय विस्तारमा जुटेका छन् । ...

केन्द्रबिन्दु
अस्ट्रेलियामा नेपालीको संख्या पाँच गुणाले वृद्धि, नेपालमा जन्मिएर अस्ट्रेलिया बस्नेको संख्या २ लाख १३ हजार नाघ्यो !
Latest NewsJust now

अस्ट्रेलियामा नेपालीको संख्या पाँच गुणाले वृद्धि, नेपालमा जन्मिएर अस्ट्रेलिया बस्नेको संख्या २ लाख १३ हजार नाघ्यो !

काठमाडौँ । अस्ट्रेलियामा नेपाली समुदायको विस्तार तीव्र गतिमा भइरहेको छ । पछिल्लो अध्ययनले एक दशकको अवधिमा नेपालमा जन्मिएर अस्ट्रेलियामा बसोबास गर्ने नेपालीको संख्या झन्डै पाँच गुणाले वृद्धि भएको देखाएको छ । इन्स्टिच्युट फर इन्टिग्रेटेड डेभलपमेन्ट स्टडिज (आईआईडीएस)को सन् २०२६ मा सार्वजनिक अध्ययनअनुसार सन् २०२५ जुनसम्म अस्ट्रेलियामा नेपालमा जन्मिएका २ लाख १३ हजार ५८० जना बसोबास गरिरहेका छन् । अध्ययनले सन् २०१४ ...

अर्थ सरोकार
विकासले ल्याएको परिवर्तन, हराए सबै पुराना बजार
Latest NewsJust now

विकासले ल्याएको परिवर्तन, हराए सबै पुराना बजार

पर्वत समाचारदाता पर्वत, मङ्सिर १३ गते । कुनै समय निकै चहलपहल हुने पर्वतका केही पुराना बजारहरू अहिले सुनसान अवस्थामा छन् । सडक सञ्जाल विस्तारसँगै पैदलमार्ग विस्थापित हुनु, गाउँ गाउँ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement