Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित, रेमिट्यान्ससँगै उद्यमशीलताको इकोसिस्टमलाई थप सुदृढ गर्ने घाेषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
आइएमई सर्वाधिक कर तिर्ने रेमिटेन्स कम्पनीका रूपमा सम्मानित, रेमिट्यान्ससँगै उद्यमशीलताको इकोसिस्टमलाई थप सुदृढ गर्ने घाेषणा
Photo / Coverage: जनताटाइम्स

काठमाडाैं, मंसिर १ । रेमिटेन्स तथा मनि ट्रान्सफरको कारोबार गर्ने कम्पनीहरूमध्ये आइएमई लिमिटेड सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको छ। राष्ट्रिय कर दिवस २०८३ का अवसरमा मंगलबार काठमाडौँमा आयोजित विशेष समारोहमा अर्थमन्त्री स्वर्णिम वाग्लेले आइएमई लिमिटेडका अध्यक्ष हेमराज ढकाललाई उक्त सम्मान प्रदान गर्नुभयो। सम्मान ग्रहणपछि अध्यक्ष ढकालले उल्लेख्य कर दाखिला गरी राष्ट्रिय विकासमा योगदान दिन पाउनु आइएमईका लागि गौरवको विषय रहेको बताउनुभयो। साथै विभिन्न देशमा सयभन्दा बढी व्यावसायिक साझेदार नेटवर्क रहेको आइएमईले रेमिटेन्स सेवालाई अझ सरल, सहज र सुरक्षित बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा ब्रान्ड पहिचानलाई थप उचाइमा पुऱ्याउने प्रतिबद्धता समेत ढकालले व्यक्त गर्नुभयो। रेमिट्यान्ससँगै आइएमईले सिर्जना तथा विकास गरेको उद्यमशीलताको इकोसिस्टमलाई थप सुदृढ गर्दै उन्नत प्रविधि, उत्कृष्ट सेवा र व्यावसायिक गतिशीलतालाई थप सुदृढ गर्ने पनि अध्यक्ष ढकालले उल्लेख गर्नुभयो। सन् २००१ मा स्थापना भएको आइएमईले नेपालको वैदेशिक मुद्रा आप्रवाहलाई संस्थागत तुल्याउन नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको छ। यस योगदानका आधारमा आइएमईले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानहरु प्राप्त गरिरहेको छ। यसअघि पनि पटक-पटक सर्वाधिक कर तिर्ने कम्पनीका रूपमा आइएमई सम्मानित हुँदै आएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पाकिस्तानको आर्थिक वृद्धिदर ३.५–४.५ प्रतिशत रहने केन्द्रीय बैंकको अनुमान
Economy & BusinessJust now

पाकिस्तानको आर्थिक वृद्धिदर ३.५–४.५ प्रतिशत रहने केन्द्रीय बैंकको अनुमान

पाकिस्तानको केन्द्रीय बैंक स्टेट बैंक अफ पाकिस्तान (एसबीपी)ले आर्थिक वर्ष २०२६२७ मा मुलुकको आर्थिक वृद्धिदर ३.५ देखि ४.५ प्रतिशतसम्म रहने प्रक्षेपण गरेको छ । केन्द्रीय बैंकले ...

अर्थडबली
बिपी राजमार्ग : चौडा बनाउन पौने चार अर्बको स्रोत–प्रस्ताव, किन लम्बिन सक्छ काम ?
Economy & BusinessJust now

बिपी राजमार्ग : चौडा बनाउन पौने चार अर्बको स्रोत–प्रस्ताव, किन लम्बिन सक्छ काम ?

काभ्रेपलाञ्चोक / बिपी राजमार्ग चौडा पारिने भएको छ । सदरमुकाम धुलिखेलदेखि नमोबुद्धको दाप्चा १ नं पुलसम्मको सडक थप चौडा पारिने भएको हो । सडक चौडा ...

अर्थडबली
सिंगापुरको निर्यातमा उछाल, अक्टोबरमा ७९.८ प्रतिशतले बढ्यो
Economy & BusinessJust now

सिंगापुरको निर्यातमा उछाल, अक्टोबरमा ७९.८ प्रतिशतले बढ्यो

कृत्रिम बौद्धिकता (एआई) सम्बन्धी उत्पादनको माग निरन्तर बढेसँगै सिंगापुरको गैरतेल घरेलु निर्यात (एनओडीएक्स) सन् २०२६ को अक्टोबरमा वार्षिक रूपमा ७९.८ प्रतिशतले वृद्धि भएको छ । सिंगापुरको ...

अर्थडबली
युरोपमा आर्थिक सुधारको अपेक्षा, खाद्यान्न र ऊर्जाको मूल्य बढ्ने जोखिम
Economy & BusinessJust now

युरोपमा आर्थिक सुधारको अपेक्षा, खाद्यान्न र ऊर्जाको मूल्य बढ्ने जोखिम

युरोपेली आयोगले मध्यपूर्वको द्वन्द्वका कारण ऊर्जा संकट बढे पनि युरोपेली साझा मुद्रा प्रयोग गर्ने २१ देशको अर्थतन्त्र अपेक्षाभन्दा राम्रो अवस्थामा रहेको भन्दै सन् २०२६ का ...

अर्थडबली
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play