अस्ट्रेलिया । अस्पतालभित्र कार्यरत सहकर्मी महिलाहरूको शौचालय तथा नुहाउने स्थानमा गोप्य रूपमा भिडियो खिचेको आरोपमा एक कनिष्ठ चिकित्सक रयान चो पक्राउ परेका छन् । सन् २०२४ देखि २०२५ सम्मको अवधिमा उनले ८७१ जना महिलाको गोप्य भिडियो खिचेको बताइएको छ । घटनामा अस्पतालमा कार्यरत महिला सहकर्मीहरू प्रभावित भएको जनाइएको छ । चोले मेलबर्नका तीन ठूला अस्पतालमा काम गर्ने महिला चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई लक्षित गरेका थिए । उनले मोबाइल फोनलाई जालीको झोलाभित्र लुकाएर शौचालय तथा नुहाउने स्थानमा राखी गोप्य रूपमा भिडियो रेकर्ड गर्ने गरेको अदालतमा सुनाइएको छ । चोले मेलबर्नका तीन ठूला अस्पतालमा काम गर्ने महिला चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीलाई लक्षित गरेका थिए । उनले मोबाइल फोनलाई जालीको झोलाभित्र लुकाएर शौचालय तथा नुहाउने स्थानमा राखी गोप्य रूपमा भिडियो रेकर्ड गर्ने गरेको अदालतमा सुनाइएको छ । अदालतमा प्रस्तुत विवरणअनुसार, चोले ८७१ महिलासहित कुल ८७४ जनाको गोप्य भिडियो खिचेको स्वीकार गरेका छन् । प्रहरीले उनको उपकरणबाट करिब ३ हजार भिडियो फेला पारेको थियो । दुई बालिकाको भिडियोसमेत फेला परेको अदालतमा बताइएको छ । यस घटनाबाट प्रभावित महिलाहरूले अदालतमा आफ्नो पीडा, मानसिक तनाव र कार्यस्थलमा सुरक्षित महसुस गर्न नसकेको अनुभव सुनाएका छन् । चोले गोप्य भिडियो खिच्ने तथा अन्य सम्बन्धित कसुरमा दोषी स्वीकार गरिसकेका छन् । नोभेम्बर २६, बिहीबार मेलबर्नको अदालतमा सजायपूर्वको सुनुवाइ सकिएपछि उनलाई हिरासतमा पठाइएको हो ।उनलाई सन् २०२७ फेब्रुअरी १२ मा सजाय सुनाउने तयारी गरिएको छ । बीबीसी
अस्पतालका शौचालय र नुहाउने ठाउँमा महिलाको गोप्य भिडियो खिच्ने चिकित्सक पक्राउ

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






