Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

अस्ट्रेलियाको संसद् भवनअगाडि आप्रवासन नीतिविरुद्ध प्रदर्शन, ‘मास इमिग्रेसन’ रोक्न माग

Share:WhatsAppFacebookX (Twitter)Telegram
अस्ट्रेलियाको संसद् भवनअगाडि आप्रवासन नीतिविरुद्ध प्रदर्शन, ‘मास इमिग्रेसन’ रोक्न माग
Photo / Coverage: पर्दाफास

अस्ट्रेलियामा बढ्दो आप्रवासनको विरोध गर्दै शनिबार राजधानी क्यानबेरास्थित संसद् भवन अगाडि प्रदर्शन गरिएको छ । ‘अस्ट्रेलिया मार्चेज् – आप्रवासन अन्त्यका लागि राष्ट्रिय अभियान’ अन्तर्गत आयोजना गरिएको उक्त प्रदर्शन देशका विभिन्न सहरमा हुँदै आएको विरोध कार्यक्रमको अन्तिम चरण हो । आयोजकहरूले शनिबार दिउँसो १ बजे संसद् भवनअगाडिको फेड् रेसन् महलमा कार्यक्रम आयोजन गरेका थिए । प्रदर्शनकारीहरूले अस्ट्रेलियामा ठूलो सङ्ख्यामा आप्रवासी भित्र्याउने नीतिमा पुनर्विचार गर्न, आप्रवासनको सङ्ख्या घटाउन, विदेशी प्रभावबाट राजनीतिक निर्णय प्रक्रियालाई मुक्त राख्न तथा आवास र जीवनयापनको बढ्दो लागतलाई सम्बोधन गर्न माग गरेका छन् । यो अभियान सेप्टेम्बर १३ देखि सुरु भएर ब्रिस्बेन, डार्बिन, पर्थ, एडिलेड, मेलबर्न र सिड्नी हुँदै क्यानबेरासम्म आइपुगेको हो । अभियानका प्रमुख आयोजक स्कट चालेन र साम बामफोर्डलगायतका व्यक्तिहरूले विभिन्न सहरमा आयोजित कार्यक्रममा आप्रवासन नीतिबारे आफ्ना धारणा राख्दै आएका छन् । नेपाल न्यूज बैंकसँगको कुरा गर्दै ब्रिस्बेनका ट्रक चालकले आफू जस्तै डाक्टर, नर्स, ईन्जिनियर आदी जस्ता दक्षकामदार सदैब अस्ट्रेलियालाई खाँचो रहेको भए पनि जथाभावी गैर कानुनी रुपमा भित्रिएका आप्रवासीले यस्तो परिस्थिती आएको बताए । यसअघि नोभेम्बर ८ मा सिड्नीमा भएको प्रदर्शनमा सयौँ मानिस सहभागी भएका थिए । त्यहाँ ‘सीमा बन्द गर’ र ‘आप्रवासन फिर्ता गर’ भन्ने नारासमेत लगाइएको समाचार सार्वजनिक भएको थियो । केही वक्ताहरूले भारत, अफ्रिका, एसिया र मध्यपूर्वबाट आउने आप्रवासीलाई लक्षित गर्दै विवादास्पद अभिव्यक्ति दिएका थिए । अस्ट्रेलियामा आप्रवासनको विषय अहिले राजनीतिक बहसको केन्द्रमा छ । आवासको अभाव, घरभाडा वृद्धि, पूर्वाधारमा बढ्दो दबाब र जीवनयापनको महँगीलाई आप्रवासनसँग जोडेर विरोध गर्नेहरू बढिरहेका छन् । अर्कोतर्फ, आप्रवासी समुदायले देशको आर्थिक विकास, श्रम बजार र बहुसांस्कृतिक पहिचानमा आप्रवासीहरूको योगदानलाई पनि उत्तिकै महत्त्व दिनुपर्ने बताउँदै आएका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मलाई अब केही बन्नु छैन, पार्टीका लागि अन्तिम सास रहुन्जेलसम्म संघर्ष गर्छु : देउवा
OthersJust now

मलाई अब केही बन्नु छैन, पार्टीका लागि अन्तिम सास रहुन्जेलसम्म संघर्ष गर्छु : देउवा

नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले शहीदहरूको बलिदानबाट बनेको काँग्रेस पार्टीलाई कसैले बन्दी बनाउन नसक्ने बताएका छन् । शनिवार काँग्रेसको ललितपुर जिल्ला अधिवेशनमा बोल्दै देउवाले आफूलाई व्यक्तिगत रूपमा केही चाहना नभए पनि पार्टीका लागि अन्तिम समयसम्म लडिरहने बताएका हुन् । पार्टीकै सहयोगका कारण आफू पाँचपटक प्रधानमन्त्री बन्न सफल भएको उल्लेख गर्दै उनले पार्टीप्रति आफ्नो ठूलो जिम्मेवारी रहेको बताए । उनले काँग्रेस ...

पर्दाफास
ओलीको दाबी- ‘आगामी निर्वाचन एमालेका लागि अनुकूल बन्दै गएका छन्’
OthersJust now

ओलीको दाबी- ‘आगामी निर्वाचन एमालेका लागि अनुकूल बन्दै गएका छन्’

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचन एमालेका लागि अनुकूल बन्दै गएको बताएका छन् । नेकपा एमाले बागमती प्रदेश कमिटीको बैठकमा प्रतिनिधि सभाको निर्वाचनको तुलनामा आगामी निर्वाचन एमालेलाई अनुकूल बन्दै गएको बताएका हुन् । उनले एमालेले स्थानीय तहको निर्वाचन र प्रदेश तहको निर्वाचनको तयारीलाई गम्भीर भएर लाग्ने बताए। उनले स्थानीय तह र प्रदेश सभा निर्वाचन राष्ट्रिय सभा तथा राष्ट्रपति ...

पर्दाफास
अतिक्रमित सरकारी जग्गा खाली गराउन गौशालाका मेयरले लेखे प्रधानमन्त्रीलाई पत्र
OthersJust now

अतिक्रमित सरकारी जग्गा खाली गराउन गौशालाका मेयरले लेखे प्रधानमन्त्रीलाई पत्र

२८ कात्तिक, महोत्तरी । महोत्तरीको गौशाला बजारस्थित अतिक्रमित सरकारी जग्गा खाली गराउन नगरपालिकाले आवश्यक सुरक्षा व्यवस्थाको माग गर्दै प्रधानमन्त्री बालेन शाहलाई पत्र लेखेको छ । गौशाला नगरपालिकाका प्रमुख डा. दिपेन्द्र महतोले शुक्रबार प्रधानमन्त्री शाहलाई पत्र लेख्दै गौशाला बजारस्थित सरकारी जग्गा खाली गराउने कार्यका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइदिन आग्रह गरेका हुन् । सुरक्षा व्यवस्थाका लागि… ...

अनलाइन खबर
मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान, मंसिर ४ गतेसम्म समय
OthersJust now

मधेशमा मुख्यमन्त्रीका लागि दाबी आह्वान, मंसिर ४ गतेसम्म समय

मधेश प्रदेशका प्रमुख सुरेन्द्रलाभ कर्णले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान गरेका छन् । प्रदेश प्रमुखको कार्यालयले शनिबार जारी गरेको विज्ञप्तिअनुसार दाबी पेस गर्ने समय २०८३ मंसिर ४ गते शुक्रबार दिउँसो ४ बजेसम्म तोकिएको छ । प्रदेश प्रमुख कर्णले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम आह्वान गरेका हुन् । उक्त व्यवस्थाअनुसार प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play