Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजी नेपाल फेस्टिभलमा सहभागी, नेपाली समुदायको योगदानको प्रशंसा

Share:WhatsAppFacebookX (Twitter)Telegram
अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजी नेपाल फेस्टिभलमा सहभागी, नेपाली समुदायको योगदानको प्रशंसा
Photo / Coverage: हिमालय टाइम्स

सिड्नी (अस्ट्रेलिया) । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजीले अस्ट्रेलियाको सामाजिक, आर्थिक तथा सांस्कृतिक विकासमा नेपाली समुदायले पुर्‍याएको योगदानको प्रशंसा गर्नुभएको छ । सिड्नीको डार्लिङ हार्बरस्थित टम्बालोङ पार्कमा शनिबार आयोजित नेपाल फेस्टिभल २०२६ लाई सम्बोधन गर्दै प्रधानमन्त्री अल्बानिजीले नेपाली समुदायले अस्ट्रेलियाको बहुसांस्कृतिक समाजलाई समृद्ध बनाउन महत्त्वपूर्ण भूमिका खेलेको बताउनुभयो । उहाँले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) सँग भएको भेटको स्मरण गर्दै नेपाल–अस्ट्रेलिया सम्बन्धबारे चर्चा गर्नुभयो । साथै, अस्ट्रेलियामा नेपाली मूलका वरिष्ठ प्रहरी अधिकृत प्रकाश भारतीले पुर्‍याउनुभएको योगदानको पनि प्रशंसा गर्नुभयो । नेपाल फेस्टिभलमा न्यु साउथ वेल्सका प्रिमियर क्रिस मिन्स, अस्ट्रेलिया–नेपाल संसदीय मैत्री समूहका अध्यक्ष सांसद झी सुन, सांसद मिसेल रोल्यान्ड, एनआरएनए अस्ट्रेलियाका अध्यक्ष सन्तोष कुँवर, एनआरएनए न्यु साउथ वेल्सकी राज्य संयोजक उषा किरण बरिया पोखरेललगायत विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, एनआरएनएका प्रतिनिधि तथा नेपाली समुदायका अगुवाहरूको सहभागिता थियो । महोत्सवमा सहभागी विशिष्ट अतिथिहरूलाई नेपाली ढाकाटोपी र गलाबन्दी पहिराएर स्वागत गरिएको थियो । नेपाली राष्ट्रिय झण्डाको चन्द्रसूर्य अंकित प्रतीकसहित गरिएको स्वागतले नेपाली संस्कृति, राष्ट्रिय पहिचान र आतिथ्य परम्परालाई झल्काएको थियो । सन् २००६ मा सिड्नीबाट सुरु भएको नेपाल फेस्टिभल अहिले अस्ट्रेलियामा नेपाली कला, संस्कृति, भाषा र पहिचान प्रवर्द्धन गर्ने एनआरएनएको प्रमुख सांस्कृतिक कार्यक्रमका रूपमा स्थापित भएको छ । दुई दशकको यात्रामा यो उत्सव अस्ट्रेलियाका विभिन्न सहरमा विस्तार हुँदै नेपाली समुदाय र अस्ट्रेलियाली समाजबीच सांस्कृतिक आदानप्रदान तथा आपसी सम्बन्ध विस्तार गर्ने साझा मञ्च बनेको छ । यस वर्षको फेस्टिभलमा नेपाली कला र संगीतले पनि विशेष आकर्षण थपेको छ । गायक अनिल सिंह, गायिका रचना रिमाल तथा गायक सुदिन पोखरेललगायत कलाकारहरूको सांगीतिक प्रस्तुतिले दर्शकको ध्यान आकर्षित गरेको थियो । नेपाली कला, संस्कृति, भाषा, संगीत र पहिचानलाई अस्ट्रेलियाको बहुसांस्कृतिक समाजमाझ चिनाउने उद्देश्यले आयोजित नेपाल फेस्टिभल २०२६ ले नेपाली समुदायको एकता, सांस्कृतिक गौरव र अस्ट्रेलियाली समाजसँगको बढ्दो सम्बन्धलाई थप उजागर गरेको छ । फोटो/भिडियो सौजन्य : प्रदीप तिमल्सिना, नेपाल न्यूज बैंक

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
‘म यो गर्छु, त्यो गर्छु भनेर स्टन्टबाजी गर्ने मुख्यमन्त्री होइन, तथ्यमा हेर्दा विगतभन्दा काम भएका छन्’
Latest NewsJust now

‘म यो गर्छु, त्यो गर्छु भनेर स्टन्टबाजी गर्ने मुख्यमन्त्री होइन, तथ्यमा हेर्दा विगतभन्दा काम भएका छन्’

सुर्खेत । मंगलबहादुर शाही कर्णालीको मुख्यमन्त्री नियुक्त भएको सयदिन पूरा भएको छ । नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता शाही साउन १२ गते नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । मुख्यमन्त्री... ...

रातोपाटी
विचौलिया प्रवृत्ति अन्त्य गर्न सांसद ढुंगानाको प्रश्न
Latest NewsJust now

विचौलिया प्रवृत्ति अन्त्य गर्न सांसद ढुंगानाको प्रश्न

अदालतका फैसलाहरूको भाषा र व्याख्या जटिल हुँदा सर्वसाधारणले बुझ्न नसक्ने अवस्थाको अन्त्य हुनुपर्नेमा जोड दिएका छन्। ...

हाम्राकुरा
रोहित पौडेल: नेतृत्वको नयाँ मोड
Latest NewsJust now

रोहित पौडेल: नेतृत्वको नयाँ मोड

नवलपरासीबाट काठमाडौं आउँदा रोहितकुमार पौडेलसँग एउटा सपना थियो- नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट खेल्ने। उमेरले उनी भर्खर ११ वर्षका थिए। क्रिकेट खेल्ने अवसर खोज्दै राजधानी आएका ती किशोरलाई त्यतिबेला सायदै थाहा थियो, एक दिन उनी नेपाली राष्ट्रिय टोलीको नेतृत्व गर्नेछन् र विश्व क्रिकेटको अभिलेखमा आफ्नो नाम लेखाउनेछन्। तर उनको यात्रा कल्पनामा सीमित रहेन। उमेर समूहको क्रिकेटमा देखिएको प्रतिभा, घरेलु प्रतियोगितामा गरेको प्रदर्शन ...

नेपालन्युज
गण्डकी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा पुनः न्यौपाने
Latest NewsJust now

गण्डकी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा पुनः न्यौपाने

अमरराज नहर्की तनहुँ, कात्तिक २२ गते । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँको अध्यक्षमा गौकुमारी न्यौपाने पुनः चयन हुनुभएको छ । प्रतिष्ठानको शनिबार दमौलीमा सम्पन्न ११ औँ अधिवेशनले न्यौपा... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play