Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

अस्ट्रेलियन ओपनको वाइल्ड कार्ड प्लेअफ खेल्न टेनिस खेलाडी अभिषेक बस्तोला चीन प्रस्थान

Share:WhatsAppFacebookX (Twitter)Telegram
अस्ट्रेलियन ओपनको वाइल्ड कार्ड प्लेअफ खेल्न टेनिस खेलाडी अभिषेक बस्तोला चीन प्रस्थान
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । पोखराका टेनिस खेलाडी अभिषेक बस्तोला अस्ट्रेलियन ओपन २०२७ को एसिया–प्यासिफिक वाइल्ड कार्ड प्लेअफ खेल्न चीनको छेङ्दु पुगेका छन् । यो प्रतियोगिताको छनोट चरणमा वाइल्डकार्ड पाउने उनी पहिलो नेपाली खेलाडी हुन् । नोभेम्बर २३ देखि २८ सम्म छेङ्दुस्थित सिचुआन इन्टरनेसनल टेनिस सेन्टरमा हुने प्रतियोगितामा उनले पुरुष एकलतर्फ प्रतिस्पर्धा गर्नेछन्। छनोट चरणमा आठ खेलाडी छन् । तीमध्ये चार जनाले वरीयताका आधारमा स्थान पाएका हुन् भने बस्तोलासहित चार जनाले वाइल्डकार्ड पाएका छन् । छनोटबाट चार खेलाडी १६ जना सम्मिलित मुख्य प्लेअफमा पुग्नेछन् । त्यसको विजेताले आगामी जनवरीमा अस्ट्रेलियाको मेलबर्नमा हुने अस्ट्रेलियन ओपनको पुरुष एकल मुख्य ड्रमा स्थान पाउनेछ । बस्तोलाका लागि यो पहिलो पटक ग्रान्डस्लामको मुख्य प्रतिस्पर्धामा पुग्ने अवसर हो। पोखराको कोर्टबाट अन्तर्राष्ट्रिय प्रतियोगितासम्मबस्तोलाको टेनिस यात्रा पोखरामा बुबासँग कोर्ट जाँदा सुरु भएको हो । उनका बुबा अनुजकुमार र आमा पद्मा दुवै ब्याडमिन्टनका पूर्वराष्ट्रिय खेलाडी हुन् । आठ वर्षको उमेरमा टेनिस खेल्न थालेका अभिषेकलाई क्रिकेटमा पनि रुचि थियो । टेनिसमा प्रत्येक अंकका लागि विपक्षीको चाल बुझ्नुपर्ने र लामो समय एकाग्र रहनुपर्ने चुनौती उनलाई मन पर्यो । बुबाले घरको ग्यारेजमै अभ्यास गर्ने व्यवस्था मिलाइदिए । किशोरावस्थामै उनी घरेलु प्रतियोगितामा चिनिन थाले। संस्करणमा खेलेका सबै छ एकल खेल जितेका उनले युगलतर्फ दुई खेलमा एक जित निकाले । डेभिस कपमा नेपाली खेलाडीले हासिल गरेको सर्वाधिक सात जितको कीर्तिमान उनकै नाममा छ । आईटीएफले उनको पहिलो जित र कीर्तिमान दुवैको लिखित पुष्टि गरेको छ । सन् २०२४ मा नेपाल समूह पाँचबाट चारमा उक्लियो । बस्तोला टोलीमा नरहेको सन् २०२५ को संस्करणमा नेपाल फेरि समूह पाँचमा झर्‍यो । सन् २०२३ मा नेपालसँगै समूह पाँचमा खेलेको कतार भने सन् २०२६ मा समूह तीनमा पुग्यो। व्यावसायिक टेनिसमा यूटीआर प्रो टेनिस टुर खेल्ने एकमात्र नेपाली बस्तोलाले उक्त टुरमा जित पनि दर्ता गरेका छन् । सन् २०२४ मा अमेरिकाको इन्डियन वेल्समा आयोजित बीएनपी पारिबास ओपनमा आधिकारिक अभ्यास सहयोगी बन्ने उनी पहिलो नेपाली थिए । सन् २०२५ मा त्यही प्रतियोगितामा उनले नोभाक जोकोभिचसँग अभ्यास गरे र कार्लोस अल्काराजलाई भेटे। सेप्टेम्बर २०२६ मा भियतनाममा एटीपी च्यालेन्जर टुरको छनोट चरण खेल्ने पहिलो नेपाली पनि उनै बने। अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि यात्रा, बसोबास र खेल सामग्रीको खर्च अधिकांश समय परिवारको सहयोगमा आफैँ जुटाउनुपरेको बस्तोलाले यसअघिका अन्तर्वार्तामा बताएका छन् । उनले राज्य र खेल संघबाट पाएको सहयोग तथा राष्ट्रिय टोली छनोटका केही प्रक्रियाप्रति असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल टेनिस संघले भने नियमअनुसार छनोट गर्ने र उपलब्ध स्रोतबाट खेलाडीलाई सहयोग गर्दै आएको बताएको छ। नेपालमै नियमित प्रतियोगिता र उच्चस्तरीय प्रशिक्षण उपलब्ध होस् भन्ने बस्तोलाको चाहना छ । अहिले उनको ध्यान छेङ्दुको छनोट खेलमा छ । त्यहाँबाट मुख्य प्लेअफमा पुगेर उपाधि जिते पोखरामा आठ वर्षको उमेरमा र्याकेट समातेका बस्तोला आगामी जनवरीमा मेलबर्नको ग्रान्डस्लाम कोर्टमा उत्रिनेछन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दसौँ राष्ट्रिय खेलकुदमा बसोबासको छैन समस्या, ५ हजार ९ सय बेड सुनिश्चित
Latest NewsJust now

दसौँ राष्ट्रिय खेलकुदमा बसोबासको छैन समस्या, ५ हजार ९ सय बेड सुनिश्चित

सुर्खेत । दसौँ राष्ट्रिय खेलकुदको उद्घाटन मङ्सिर १६ गते हुने भए पनि खेल भने मंगलबारदेखिनै सञ्चालन गरिँदै छन् । त्यसका लागि केही प्रदेशको खेलाडी टोली आइतबारसम्म कर्णालीको राजधानी वीरेन्द्रनगर आइसकेको छ... ...

रातोपाटी
परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता
Latest NewsJust now

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेशमन्त्री जयशंकरबिच भेटवार्ता

नयाँ दिल्ली । नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय विदेशमन्त्री डा. एस. जयशंकरबिच भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित होटल ताजमा उनीहरूबिच भेटवार्ता भएको हो । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन्द्र... ...

रातोपाटी
‘जनतासँग सरकार’ कार्यक्रम लिएर पाटन पुगे दुई मन्त्री
Latest NewsJust now

‘जनतासँग सरकार’ कार्यक्रम लिएर पाटन पुगे दुई मन्त्री

ललितपुर । ‘जनतासँग सरकार’ कार्यक्रमअन्तर्गत कार्यवाहक प्रधानमन्त्री एवं ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ र गृहमन्त्री सुधन गुरुङ आइतबार साँझ ललितपुरको पाटन पुग्नुभएको छ । दुवै मन्त्रीसँगै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता एवं सांसद जगदीश खरेल पनि सहभागी हुनुभएको थियो । उनीहरूले सुनधारा–टंगाल–ओकुबहाल–अग्निशाला–पिम्बहाल–मंगलबजार क्षेत्रको भ्रमण गर्दै स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्नुभएको थियो । कार्यक्रममार्फत मन्त्रीहरूले स्थानीयका समस्या, गुनासा र सुझाव सुन्नुभएको जनाइएको ...

हिमालय टाइम्स
नेपाली कला, संस्कृति, पर्यटन तथा मौलिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नु पर्छ: सभामुख अर्याल
Latest NewsJust now

नेपाली कला, संस्कृति, पर्यटन तथा मौलिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नु पर्छ: सभामुख अर्याल

काठमाडौं । सभामुख डोलप्रसाद (डीपी) अर्यालले नेपाली कला, संस्कृति, पर्यटन तथा मौलिक पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा प्रवर्द्धन गर्नु पर्ने बताएका छन् । काठमाडौंमा आयोजित नेपाल–जापान फेस्टिभल २०२६ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै यस्तो बताए । उनले नेपाल र जापानबीचको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्ध, आपसी सहयोग तथा सांस्कृतिक आदानप्रदानको चर्चा गर्दै यस्ता महोत्सवले दुई देशका नागरिकबीचको सम्बन्धलाई थप प्रगाढ बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । The post ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement