Wednesday, November 11, 2026||
MultiKhabarMultiKhabar

असिना र वर्षापछि मौसम खुल्दै, बिहीबारबाट सुधार हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
असिना र वर्षापछि मौसम खुल्दै, बिहीबारबाट सुधार हुने
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । भाइटीकाका दिन वर्षा र हिमपात गराएको मौसम प्रणाली कमजोर बन्दै जाने भएकाले बिहीबारदेखि देशभरको मौसममा क्रमशः सुधार हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार अबको तीन दिन मौसम सफा रहने पूर्वानुमान गरिएको छ। बुधबार बिहानसम्म घाम लागिरहेको काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा मध्याह्नपछि वर्षा र असिना परेको थियो। काठमाडौंमा मात्रै ३१.२ मिलिमिटरसम्म वर्षा मापन भएको विभागले जनाएको छ। वर्षाका कारण भाइटीका लगाउन जाने र लगाएर फर्किनेहरू बाटोमै केही समय रोकिन बाध्य भएका थिए। मौसमविद्हरूका अनुसार माथिल्लो वायुमण्डलमा रहेको चिसो पश्चिमी वायु र स्थानीय प्रणालीबीचको अन्तरक्रियाका कारण वर्षा, असिना र हिमपात भएको हो। मनसुनपछि जमिन तातिँदा स्थानीय वायुमा जलवाष्प थपिने र पश्चिमी वायुसँग मिसिँदा वर्षा गराउने अवस्था बनेको उनीहरूको भनाइ छ। तर यसपटक वर्षा गराउने अन्य बलिया मौसमी प्रणाली सक्रिय नरहेकाले यसको प्रभाव लामो समयसम्म नटिक्ने मौसमविद्हरूले बताएका छन्। बुधबार रातिदेखि नै वर्षा गराउने प्रणाली कमजोर हुँदै जाने र बिहीबारबाट मौसममा सुधार आउने विभागको पूर्वानुमान छ। मौसम क्रमशः सफा हुँदै जाने भएकाले बाली भित्र्याउने कामका लागि पनि बिहीबारदेखि अनुकूल अवस्था बन्ने विभागले जनाएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हिमाली मुद्दा उठाउन शेर्पा पहिरनमा कोप–३१ मा सहभागी वनमन्त्री चौधरी
Latest NewsJust now

हिमाली मुद्दा उठाउन शेर्पा पहिरनमा कोप–३१ मा सहभागी वनमन्त्री चौधरी

अन्ताल्या । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) को पहिलो दिन शेर्पा समुदायको परम्परागत पोशाकमा सहभागी भएकी छन् । जलवायु परिवर्तनका कारण गम्भीर असर भोगिरहेका... ...

रातोपाटी
परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका वैदेशिक व्यापारमन्त्री ताभियोबिच द्विपक्षीय भेटवार्ता
Latest NewsJust now

परराष्ट्रमन्त्री खनाल र फिनल्यान्डका वैदेशिक व्यापारमन्त्री ताभियोबिच द्विपक्षीय भेटवार्ता

टर्की – परराष्ट्रमन्त्री शिशिर खनाल र फिनल्यान्डका वैदेशिक व्यापार तथा विकासमन्त्री भिले ताभियोबिच द्विपक्षीय भेटवार्ता भएको छ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) मा सहभागी हुन अन्ताल्यामा रहेका मन्त्री खनालले बुधबार फिनल्यान्डका मन्त्री ताभियोसँग भेटवार्ता गरेका हुन् । भेटमा परराष्ट्रमन्त्री खनालले हालै नेपालमा गएको विनाशकारी जलवायुजन्य बाढीपछि फिनल्यान्ड सरकार र त्यहाँका जनताले व्यक्त गरेको […] ...

काठमाण्डुपाटी
बालगृहका बालबालिकाले सामूहिक रूपमा मनाए भाइटिका
Latest NewsJust now

बालगृहका बालबालिकाले सामूहिक रूपमा मनाए भाइटिका

काठमाडौँ। यमपञ्चकको पाँचौँ तथा अन्तिम दिन आज म्याग्दीको बेनीस्थित बालगृहमा आश्रित बालबालिकाले सामूहिक रूपमा भाइटिका लगाएर तिहार मनाएका छन् । नेपाल बाल संगठन म्याग्दीले सञ्चालन गरेको बालगृहमा रहेका बालबालिकाले एक अर्कालाई टीका र माला लगाइदिएर भाइटिका मनाएका हुन् । बालबालिकालाई तिहारमा एक्लोपन महसुस हुन नदिन सामूहिक भाइटिका कार्यक्रम आयोजना गरिएको नेपाल बाल संगठन म्याग्दीका सभापति राजेश शाक्यले जानकारी दिए । बालगृहमा हाल ...

नेपालन्युज
सशस्त्र द्वन्द्वको पीडा : अढाई दशकदेखि गुम्सिएको त्यो पीडा
Latest NewsJust now

सशस्त्र द्वन्द्वको पीडा : अढाई दशकदेखि गुम्सिएको त्यो पीडा

सशस्त्र द्वन्द्वका बेला सुरक्षाकर्मीबाट बलात्कारमा परेकी कञ्चनपुरकी एक महिला परिवार र समाजको डरले अहिलेसम्म घटना सार्वजनिक गर्न सकेकी छैनन् । न न्यायको खोजीमा उजुरी दिएकी छन्, न राज्यबाट कुनै राहत र सुविधा पाएकी छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play