Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

असलंकाको विस्फोटक अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
असलंकाको विस्फोटक अर्धशतकमा विराटनगरले लुम्बिनीलाई दियो १६७ रनको लक्ष्य
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ दौडमा आफूलाई जीवितै राख्न संघर्ष गरिरहेको विराटनगर किंग्सले साविक विजेता लुम्बिनी लायन्ससामु १६७ रनको चुनौतीपूर्ण लक्ष्य प्रस्तुत गरेको छ। विराटनगरका लागि श्रीलंकाली ब्याटर चरिथ असलंकाले विस्फोटक अर्धशतक प्रहार गरेपछि टोलीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १६६ रन बनाएको हो। कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिबार टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले सुरुवातदेखि नै प्रतिस्पर्धात्मक योगफल बनाउने प्रयास गरेको थियो। उसका लागि असलंकाले ४३ बलमा ६ छक्का र १ चौकासहित सर्वाधिक ६४ रन बनाए। उनले आक्रामक ब्याटिङ गर्दै विराटनगरको इनिङ्सलाई सम्हाल्नुका साथै टोलीलाई सम्मानजनक स्कोरसम्म पुर्‍याए। इमरान शेखले २४ रनको योगदान दिए। उनी ७० रनको अवस्थामा टोली हुँदा रिटायर्ड हर्ट भएर मैदान छाड्न बाध्य भए। त्यसपछि क्रिजमा आएका शुभम रन्जानेले असलंकासँग मिलेर इनिङ्स सम्हाले। यी दुईबीच भएको ७५ रनको साझेदारीले विराटनगरलाई बलियो अवस्थामा पुर्‍यायो। रन्जानेले २४ बलमा ४ चौकासहित अविजित ३१ रन बनाए। ओपनर लोकेश बमले १५ रन जोड्दा शेहान जयसूर्या १ र इसुरु उडाना ६ रनमा आउट भए। बसिर अहमद ६ रनमा अविजित रहे। बलिङतर्फ लुम्बिनीका किशोर महतोले सर्वाधिक २ विकेट लिए। अभिशेष गौतम र रुबेन ट्रम्पलम्यानले समान १ विकेट हात पारे। किशोरले ४ ओभरमा २४ रन खर्चिए भने अभिशेषले ३ ओभरमा १५ रन मात्र दिए। ट्रम्पलम्यान भने महँगा साबित भए। उनले ४ ओभरमा ५२ रन खर्चिए। यो खेल विराटनगरका लागि सामान्य प्रतिस्पर्धा मात्र होइन, प्लेअफ यात्राको निर्णायक परीक्षा हो। लिग चरणको अन्तिम खेल खेलिरहेको विराटनगरलाई प्लेअफ सम्भावना जीवित राख्न जित्नैपर्ने दबाब छ। यसअघि चितवन राइनोजले जनकपुर बोल्ट्सलाई पराजित गरेपछि विराटनगरमाथि दबाब थपिएको हो। विराटनगरले यो खेल जिते ८ अंकसहित चितवनलाई उछिन्दै प्लेअफको सम्भावना बलियो बनाउन सक्छ। तर पराजित भए टोलीको प्लेअफ यात्रा समाप्त हुनेछ। यता लुम्बिनी भने यसअघि नै प्लेअफमा पुगिसकेको छ। हाल दोस्रो स्थानमा रहेको लुम्बिनीले विराटनगरलाई हराउन सके ११ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा उक्लिने अवसर पाउनेछ। त्यसले टोलीलाई पहिलो क्वालिफायरमा स्थान सुरक्षित गर्ने बाटो खोल्नेछ। अब विराटनगरको प्लेअफ भाग्य निर्धारण गर्न लुम्बिनीले १६७ रनको लक्ष्य कसरी पछ्याउँछ भन्ने हेर्न बाँकी छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रास्वपा र सरकारबीच विवाद छैन : सभापति लामिछाने
Latest NewsJust now

रास्वपा र सरकारबीच विवाद छैन : सभापति लामिछाने

धनुषा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टी र सरकारबीच कुनै विवाद नरहेको स्पष्ट पारेका छन् । जनकपुरधाममा आज आयोजित छठ पर्वको शुभकामना आदानप्रदान कार्यक्रममा उनले सरकारलाई पार्टीले दिने सुझाव र आलोचनालाई विवाद वा फुटको संकेतका रूपमा बुझ्न नहुने बताए । पार्टीभित्रको बहस र आलोचना आन्तरिक लोकतन्त्रको अभ्यास भएको उनको भनाइ थियो । सरकारलाई कहिलेकाहीँ सुझाव र आलोचना दिँदा ...

नेपालन्युज
पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको  विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट
Latest NewsJust now

पर्यटन सर्किटमा जोडेर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रको  विकास र प्रवर्द्धन गरिनेछ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेशका प्रमुख धार्मिक तथा पर्यटकीयस्थललाई एकीकृत पर्यटन सर्किटमा जोडेर विकास तथा प्रवर्द्धन गरिने बताएका छन् । बडीकेदार क्षेत्र पर्यटन विकास समिति डोटीले बडीकेदार धार्मिक पर्यटन जात (मेला) बारे जानकारी दिन शनिबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले डोटीको प्रसिद्ध धार्मिकस्थल बडीकेदारलाई पनि सोही सर्किटमा जोडेर विकास गर्ने प्रदेश […] ...

काठमाण्डुपाटी
विराटनगरलाई पाँचौँ सफलता, रोहित पौडेल ९ रनमै आउट
Latest NewsJust now

विराटनगरलाई पाँचौँ सफलता, रोहित पौडेल ९ रनमै आउट

काठमाडौँ । लुम्बिनी लायन्सले पाँचौँ विकेट गुमाएको छ । रोहित पौडेल ७ बलमा ९ रन बनाएर आउट भएका छन् । पाँच विकेट गुमाएसँगै लुम्बिनीको ब्याटिङ अर्डर धर्मराएको छ । त्रिवि क्रिकेट... ...

रातोपाटी
म्यानमामा विस्थापितको शिविरमा हवाई आक्रमण, १२ जनाको मृत्यु
Latest NewsJust now

म्यानमामा विस्थापितको शिविरमा हवाई आक्रमण, १२ जनाको मृत्यु

म्यानमारको पश्चिमी राज्य राखाइनमा गृहयुद्धका कारण विस्थापित भएका मानिसहरू बस्दै आएको शिविरमा सेनाले गरेको हवाई आक्रमणमा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने १८ जना घाइते भएका छन् । शनिबार प्रत्यक्षदर्शी... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play