Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

अलपत्र निर्माण ठेक्का तोड्ने मन्त्री लम्सालको घोषणा

Share:WhatsAppFacebookX (Twitter)Telegram
अलपत्र निर्माण ठेक्का तोड्ने मन्त्री लम्सालको घोषणा
Photo / Coverage: नेपालन्युज

काठमाडौं। पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले देशभर वर्षौँदेखि अलपत्र अवस्थामा रहेका निर्माण ठेक्काहरू तत्काल तोड्ने घोषणा गरेका छन्। सोमबार मन्त्रालयमा आयोजित छलफलमा उनले सडक विभागअन्तर्गतका रुग्ण ठेक्काहरूमा काम नगर्ने निर्माण व्यवसायीसँगको खरिद सम्झौता प्रचलित कानुनबमोजिम तुरुन्त खारेज गर्न निर्देशन दिएका हुन्। नागरिकस्तरबाट प्राप्त गुनासोलाई गम्भीरतापूर्वक लिँदै मन्त्रालयले यस्तो निर्णय लिएको हो। मन्त्री लम्सालले विभागलाई ठेक्काहरूको नियमित अनुगमन गरी अद्यावधिक विवरण तयार पार्न र सम्झौता तोडिएपछि नयाँ बोलपत्र आह्वानका लागि बजेट सुनिश्चिततासहित आवश्यक तयारी गर्न निर्देशन दिएका छन्। यसैबीच मन्त्रालयले सडक निर्माणको प्रविधिमा पनि नीतिगत परिवर्तन गर्ने भएको छ। ‘सार्वजनिक खरिदमा स्वदेशी उत्पादनको प्रयोग र प्रवर्धनसम्बन्धी निर्देशिका, २०८३’ बमोजिम अब कालोपत्रे सडकलाई प्रतिस्थापन गर्दै सिमेन्ट कंक्रिट सडक निर्माणलाई प्राथमिकता दिइनेछ। यसका लागि डिजाइन परिमार्जन गर्न सडक विभागलाई निर्देशन दिइएको छ। साथै, ‘डिजाइन एन्ड बिल्ड’ मोडलका पुल निर्माणमा निर्माण व्यवसायीको आकर्षण बढाउन विद्यमान मापदण्ड संशोधन गर्ने प्रक्रिया पनि अघि बढाइएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
शुक्लागण्डकीमा अजिङ्गर भेटियो
Latest NewsJust now

शुक्लागण्डकीमा अजिङ्गर भेटियो

तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिका–२ सुन्दरी गाउँमा सोमबार साँझ घरभित्रै अजिङ्गर फेला परेको छ । स्थानीय नेत्रबहादुर रानाको कच्ची घरको धुरीमा अजिङ्गर देखिएपछि प्रहरी र वन कार्यालयको टोलीले उद्धार गरेको हो... ...

रातोपाटी
काठमाडौँमा प्रहरीको स्वीप अपरेसन निरन्तर
Latest NewsJust now

काठमाडौँमा प्रहरीको स्वीप अपरेसन निरन्तर

काठमाडौँ । काठमाडौँ उपत्यकामा आपराधिक गतिविधि नियन्त्रण तथा शान्तिसुरक्षा सुदृढ बनाउने उद्देश्यले प्रहरीले सञ्चालन गरेको विशेष ‘स्वीप अपरेसन’ का क्रममा एक सातामा ६४० जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा... ...

रातोपाटी
१२ बजे १२ समाचार : महाभियोगबारे रास्वपाको निर्णय कार्यान्वयनमा अन्योल, सिन्डिकेटको मारमा मलेसिया रोजगारी
Latest NewsJust now

१२ बजे १२ समाचार : महाभियोगबारे रास्वपाको निर्णय कार्यान्वयनमा अन्योल, सिन्डिकेटको मारमा मलेसिया रोजगारी

काठमाडौँ । आज दिनभरका मुख्य १२ घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१२ बजे १२ समाचार’मा प्रस्तुत गरेका छौँ– १. सिन्डिकेटको मारमा मलेसिया रोजगारी मलेसियामा रोजगारीका लागि जाने श्रमिकको स्वास्थ्य परीक्षण... ...

रातोपाटी
दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र बन्दैछः मन्त्री पोखरेल
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्र बन्दैछः मन्त्री पोखरेल

कर्णाली, कात्तिक १६ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तीव्र तयारी भइरहेको जानकारी दिनुभएको छ । प्रतियोगिता आउन बाँकी ३० दिनको ‘काउ... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play