Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

अर्थमन्त्रीकाे दाबी- ‘नीतिगत सुधार र सुशासनकै कारणले राजस्व बढेको छ’

Share:WhatsAppFacebookX (Twitter)Telegram
अर्थमन्त्रीकाे दाबी- ‘नीतिगत सुधार र सुशासनकै कारणले राजस्व बढेको छ’
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले चालु आर्थिक वर्षको चार महिनामा भन्सार राजस्व सङ्कलन उत्साहजनक रहेको बताएका छन् । आन्तरिक राजस्व विभागद्वारा आज आयोजित ‘राष्ट्रिय कर दिवस २०८३’ कार्यक्रममा उनले सरकारले नीतिगत सुधार र सुशासन कायम गरेकाले राजस्व सङ्कलनमा उत्साह थपिएको दाबी गरे । “असोजमा पुरै ट्याक्स रेभिन्युको टार्गेटहरू मिट गरेका छौँ । त्यसैले केही न केही काम भइराख्या छ । रिफर्मले नतिजा दिन थालेका छन्”, उनले भने, “बम्पर उपहार योजना एउटा सानो अंश र उत्प्रेरणा हो, यसले पनि नतिजा लिएर आएको छ, सिस्टेमिक रिफर्मले पनि अब हामीलाई इकोनोमीमा मेनस्ट्रिम र इन्टर्नलाइज गरी अगाडि लैजादा स्वेच्छिक कर अनुपालन जस्ता कुरामा मलाई लाग्छ नतिजा आउने नै छन् ।” अर्थमन्त्री वाग्लेले सरकारले तोकेको लक्ष्यभन्दा धेरै भन्सार राजस्व सङ्कलन गर्न सक्नुमा गुड गर्भर्नेन्सको डिभिडेन्ड–सुशासनको लाभांशको) रुपमा बुझ्नुपर्ने बता । उनले भने, “सरकारले अर्थतन्त्र सुधारका लागि चालेका कदम र गुड गभर्नेन्सको डिभिडेन्डका कारण हामी यस्तो प्रतिकूलताका बीच पनि हामी अगाडि जाँदै गइरहेका छौँ र राजस्वका लक्ष्य पनि भेट्टाउँदै आइरहेका छौँ ।” उनले सरकारले कर प्रशासनको डिजिटल रुपान्तरण र स्वचालितलाई सुशासनको अभिन्न अङ्गको रुपमा अघि सार्दै आइरहेको बताए । “आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणालीलाई सरल, सहज, सुरक्षित, व्यवसायमैत्री र करदातामैत्री बनाउन आवश्यक प्राविधिक सुधार गर्ने काम भइरहेको छ”, अर्थमन्त्री वाग्लेले भने, “कारोबार, लेखा प्रतिवेदन तयारी, आय विवरण पेस र कर दाखिलासम्मका प्रक्रियालाई प्रविधिमार्फत सहज र स्वचालित बनाउँदै कर प्रशासनको कार्यदक्षता अभिवृद्धि गर्नेतिर लागेका छौँ ।” सरकारले उद्यम तथा व्यवसायको प्रर्वद्धन र लगानी विस्तार गर्न एवं अर्थतन्त्रलाई चलायमान बनाउन कर नीतिमा सुधार, करका दर र दायराको पुनरवलोकन गर्दै आएको बताए । “सरकारले भन्सार महसुल, अन्तःशुल्कदेखि सबै क्षेत्रमा सुधार सुरु भएको छ” उनले भने । सोही अवसरमा प्रधानमन्त्री वालेन्द्र शाहका सूचना तथा सञ्चार प्रविधि सल्लाहकार विवेक मिश्रले नयाँ स्वरुपको करदाता पोर्टलको समेत शुभारम्भ गरे । सोही अवसरमा आन्तरिक राजस्व विभागको आव २०८२/८३ को वार्षिक प्रतिवेदन र स्मारिकासमेत विमोचन भएको छ । आन्तरिक राजस्व विभागका महानिर्देशक भीष्मकुमार भुसालले विभागले नीतिगत सुधारका कामलाई उच्च प्रथामिकतामा राख्दै आएको जानकारी दिए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
न्यूनतम ज्याला बढाउन बङ्गलादेशका गार्मेन्ट कामदारको प्रदर्शन
Latest NewsJust now

न्यूनतम ज्याला बढाउन बङ्गलादेशका गार्मेन्ट कामदारको प्रदर्शन

काठमाडाैँ। मासिक न्यूनतम ज्याला ३० हजार टाका पुर्‍याउन माग गर्दै बङ्गलादेशका गार्मेन्ट कामदारले राजधानी ढाकाको मिरपुर क्षेत्रमा प्रदर्शन गरेका छन्। देशका विभिन्न औद्योगिक क्षेत्रमा श्रमिक आन्दोलन चर्किएपछि करिब ४० वटा... ...

रातोपाटी
तातोपानी नाका नखुल्दा व्यवसायीको चिन्ता
Latest NewsJust now

तातोपानी नाका नखुल्दा व्यवसायीको चिन्ता

सिन्धुपाल्चोक। नेपाल–चीन जोड्ने तातोपानी नाका पूर्ण रूपमा नखुल्दा व्यवसायीले चिन्ता व्यक्त गरेका छन् । उक्त सिमाना चीनसँगको सबैभन्दा छोटो दूरीको नाका हो । तातोपानी नाका खुलाउने विषयमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १... ...

रातोपाटी
व्यासमा आँखा उपचार सेवा
Latest NewsJust now

व्यासमा आँखा उपचार सेवा

अमरराज नहर्कीतनहुँ, पुस १ गते । तनहुँको व्यास नगरपालिकाले सेवा लिन आउने सेवाग्राहीलाई सहज रूपमा आँखा उपचार सेवा उपलब्ध गराउने उद्देश्यले आँखा उपचार केन्द्र सञ्चालनमा ल्याएको छ ।नेप... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play