Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

अर्घाखाँची सिमेन्टले उत्कृष्ट डिलरलाई गरायो मुक्तिनाथ दर्शन

Share:WhatsAppFacebookX (Twitter)Telegram
अर्घाखाँची सिमेन्टले उत्कृष्ट डिलरलाई गरायो मुक्तिनाथ दर्शन
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । अर्घाखाँची सिमेन्ट लिमिटेडले बिक्री लक्ष्य पूरा गर्ने उत्कृष्ट डिलरलाई मुक्तिनाथ दर्शन गराएको छ। कम्पनीले आफ्ना डिलरका लागि आयोजना गरेको ‘मुक्तिनाथ दर्शन यात्रा २०८३’ सम्पन्न गरेको हो। गत जेठ र असारमा सञ्चालन गरिएको विशेष डिलर प्रोत्साहन योजनाअन्तर्गत निर्धारित बिक्री लक्ष्य हासिल गर्न सफल डिलरलाई यात्रामा सहभागी गराइएको कम्पनीले जनाएको छ। तीनदिने यात्राका क्रममा सहभागी डिलरहरूले मुक्तिनाथ, कागबेनीलगायत धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण गरेका थिए। यात्रामार्फत डिलरलाई प्रोत्साहन गर्नुका साथै उनीहरूसँगको व्यावसायिक सम्बन्धलाई थप आत्मीय र विश्वासपूर्ण बनाउने उद्देश्य राखिएको कम्पनीको भनाइ छ। कम्पनीले डिलरलाई आफ्नो उत्पादन उपभोक्तासम्म पुर्‍याउने महत्त्वपूर्ण व्यावसायिक साझेदारका रूपमा लिँदै आएको जनाएको छ। उनीहरूको योगदानको सम्मान र सहकार्य सुदृढ गर्न यस्ता प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गर्दै आएको पनि कम्पनीले उल्लेख गरेको छ। अर्घाखाँची सिमेन्टका अनुसार कम्पनीको वार्षिक उत्पादन क्षमता १० लाख टन छ। कम्पनीले डेनिस भर्टिकल रोलर मिल र वेस्ट हिट रिकभरी प्रणालीजस्ता प्रविधि प्रयोग गर्दै उत्पादन तथा ऊर्जा दक्षता बढाउने काम गरिरहेको छ। धुलो नियन्त्रणका लागि इलेक्ट्रोस्ट्याटिक प्रिसिपिटेटर प्रणाली पनि प्रयोग गरिएको कम्पनीले जनाएको छ। कम्पनीले आगामी दिनमा पनि डिलर तथा अन्य व्यावसायिक साझेदारसँगको सम्बन्धलाई प्राथमिकता दिँदै सहकार्य र प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। The post अर्घाखाँची सिमेन्टले उत्कृष्ट डिलरलाई गरायो मुक्तिनाथ दर्शन appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
जेनजी आन्दोलनका शहीद परिवार र घाइतेको राहत प्याकेज कार्यान्वयनमा तीव्रता दिइएको छ : सरकार
Latest NewsJust now

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेको राहत प्याकेज कार्यान्वयनमा तीव्रता दिइएको छ : सरकार

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेको पुनःस्थापना, जीविकोपार्जन र सामाजिक संरक्षणसम्बन्धी एकीकृत राहत प्याकेज कार्यान्वयनलाई तीव्रता दिएको जनाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले शुक्रबार आयोजना गरेको नियमित... ...

रातोपाटी
हेटौंडा खानेपानी बोर्डको बक्यौता १६ लाख
Latest NewsJust now

हेटौंडा खानेपानी बोर्डको बक्यौता १६ लाख

सरिता दाहालहेटौंडा, मंसिर ११ गते । हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको जोखिम युक्त बक्यौता रकम १६ लाख रुपियाँ पुगेको छ। खानेपानी वितरण गरे वापत बोर्डलाई ८२ लाख ३८ हजार रकम अग्रिम म... ...

गोरखापत्र
नेपाल–भारत सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान गर्ने सहमति : परराष्ट्र मन्त्रालय
Latest NewsJust now

नेपाल–भारत सीमा समस्या कूटनीतिक वार्ताबाट समाधान गर्ने सहमति : परराष्ट्र मन्त्रालय

प्रधानमन्त्री वालेन्द्र साह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त स्थलगत निरीक्षण, सीमास्तम्भ मर्मत तथा सचिवस्तरीय बैठक अघि बढाउने सहमति गरेका छन् । ...

कान्तिपुर
राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा मुलुकको समग्र सुरक्षा अवस्थाबारे समीक्षा
Latest NewsJust now

राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा मुलुकको समग्र सुरक्षा अवस्थाबारे समीक्षा

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा मुलुकको समग्र सुरक्षा अवस्थाबारे समीक्षा भएको छ । प्रधानमन्त्री तथा सुरक्षा परिषद्का अध्यक्ष वालेन्द्र शाहको अध्यक्षतामा शुक्रबार सिंहदरबारमा बसेको परिषद्को ४४ औँ बैठकमा समग्र सुरक्षा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement