Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

अराजकता, स्वेच्छाचारिता र कुशासनका कारण घण्टीका नयाँ अनुहारको बोली बन्द भएकाे छ : सूर्य थापा

Share:WhatsAppFacebookX (Twitter)Telegram
अराजकता, स्वेच्छाचारिता र कुशासनका कारण घण्टीका नयाँ अनुहारको बोली बन्द भएकाे छ : सूर्य थापा
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक २० । नेकपा एमालेका नेता सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता, सांसद तथा सार्वजनिक व्यक्तित्वहरूमाथि व्यंग्यात्मक र आलोचनात्मक टिप्पणी गर्नुभएको छ। उहाँले अराजकता, स्वेच्छाचारिता र कुशासनका कारण घण्टी चिह्नबाट राजनीतिमा उदाएका नयाँ अनुहारहरू क्रमशः मौन हुँदै गएको टिप्पणी गर्नुभएको हो। सामाजिक सञ्जाल फेसबुक मार्फत आफ्नो धारणा सार्वजनिक गर्दै थापाले प्रधानमन्त्री बालेन्द्र साहदेखि रवि लामिछाने, खगेन्द्र सुनार, स्वर्णिम वाग्लेलगायत १८ जना नेता तथा सार्वजनिक व्यक्तित्वको नामै किटेर उहाँहरू विभिन्न विवाद, अभिव्यक्ति र घटनाक्रमका कारण चुपचाप हुनुपरेको धारणा राख्नु भएकाे छ । थापाले आफ्नो टिप्पणीमा उल्लेख गर्नुभएका १८ नाम र तिनका सन्दर्भ यसप्रकार छन् : १. बालेन साह – प्रतिनिधिसभाको रोष्ट्रमबाट नेपालले भारतको धेरै भूभाग मिचेको झूठो वक्तव्य दिएपछि। २. रवि लामिछाने – बालेन साह प्रधानमन्त्री भएर ‘देश बनाउने आफ्नो टिम’ सार्वजनिक गरेयता र कैचीधामदेखि कामाख्याधामसम्मको रहस्यमय तीर्थयात्रा गरेपछि। ३. खगेन्द्र सुनार – रगत पिउँछु भन्ने गैरकानुनी र राक्षसी अभिव्यक्ति दिएपछि। ४. राजु पाण्डे – सेनाको ब्यारेकको पर्खालमा डोजर लगाएर फरार भएपछि। ५. आशिका तामाङ – जर्मनीमा बुढा श्रीमानलाई छाडेर आई तमासा देखाएर चुनाव जितेकोमा धादिङमा वडा अध्यक्षहरूसँग लफडापछि। ६. कृष्णबहादुर कार्की – नाइजेरियन महिलाको उत्पीडन, अत्याचार र बलात्कार भण्डाफोर भएपछि। ७. केपी खनाल – सुकुम्बासीका रूपमा जग्गा हडपेर घर बनाएको तथ्य खुलेर चिया पसलमा व्यस्त भएपछि। ८. डा. स्वर्णिम वाग्ले – भारतको दिल्लीमा तेलमालिस वक्तव्य दिएर बदनाम भएपछि। ९. राजीव खत्री – राजावादी भएको स्वघोषणा गरेर हलुङ्गेको भाँडोजस्तो भएपछि। १०. रिमा विश्वकर्मा – पार्टीको घोषित समाचारवाचिका बनेर स्याङ्जामा बालेन र रविलाई लैजान नसकेपछि। ११. गौरीकुमारी यादव – उद्योग मन्त्रीबाट बर्खास्त भएपछि। १२. दीपक साह – श्रम मन्त्रीबाट बर्खास्त भएपछि। १३. सुनिल लम्साल – खुट्टा भाँच्ने विवादास्पद धम्की दिएपछि। १४. सुधन गुरूङ – गृहमन्त्रीबाट बर्खास्त भएर पुनः नियुक्त भएपछि चटक र स्टन्टमा लगाम लागेपछि। १५. डा. धनञ्जय रेग्मी – प्रधानमन्त्री कार्यालयमा अपमान भोगेर निराश भएपछि। १६. डा. तोसिमा कार्की – मानवअधिकार आयोगले संसद भवन जलाउन दोषी देखाएयता निःशुल्क स्वास्थ्य परामर्श दाताका रूपमा सक्रिय भएपछि। १७. सागर ढकाल – वैदेशिक रोजगारीमा जान नपाएर हाल बेरोजगार भएपछि। १८. जगदीश खरेल – मन्त्री हुँदा अनुचित लेनदेन विवादमा परी संसदमा बोल्दा सुनुवाइ नभएर र केही थाहा नपाउने पार्टीको गोलमटोल प्रवक्ता भएपछि। टिप्पणीको अन्त्यमा थापाले लेख्नुभएको छ, ‘यो संख्या अझ बढ्छ। अरू नामहरू पनि कर्मअनुसार थपिँदै जान्छ।’

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा जोखिममा होटल व्यवसायीको अर्बौं लगानी
PoliticsJust now

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचल्दा जोखिममा होटल व्यवसायीको अर्बौं लगानी

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थका व्यल निर्माणको घोषणा हुँदा भैरहवावसायीले यस क्षेत्रको आर्थिक भविष्य बदलिने अपेक्षा गरेका थिए । लुम्बिनी आउने विदेशी पर्यटक बढ्ने, होटल भरिने, नयाँ उद्योग खुल्ने र भैरहवा अन्तर्राष्ट्रिय व्यापार तथा पर्यटनको केन्द्र बन्ने विश्वासमा निजी क्षेत्रले होटल, रेस्टुरेन्ट र पर्यटन पूर्वाधारमा अर्बौं रुपैयाँ लगानी गर्‍यो । तर विमानस्थल बनेको चार वर्ष पुग्न लाग्दा पनि नियमित अन्तर्राष्ट्रिय उडान नहुँदा व्यवसायीको ...

फरकधार
विश्व फुटबलमा भावुक क्षण, रोनाल्डोले गरे संन्यासको घोषणा
PoliticsJust now

विश्व फुटबलमा भावुक क्षण, रोनाल्डोले गरे संन्यासको घोषणा

पोर्चुगलका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका छन् । उनले बिहीवार सामाजिक सञ्जाल इन्स्टाग्राममा भिडियो सन्देश सार्वजनिक गर्दै पोर्चुगल राष्ट्रिय टोलीबाट आफ्नो २३ वर्ष लामो अन्तर्राष्ट्रिय करियर अन्त्य गर्ने बताएका हुन् । रोनाल्डोले पोर्चुगलका लागि खेल्ने अवसर आफ्नो जीवनकै गौरवपूर्ण अनुभव भएको उल्लेख गर्दै अब प्रतिष्ठित सात नम्बरको जर्सी अर्को पुस्तालाई हस्तान्तरण गर्ने समय आएको बताएका छन् ...

फरकधार
आज तरकारी र फलफूलको भाउ कति ?
PoliticsJust now

आज तरकारी र फलफूलको भाउ कति ?

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (शुक्रबार) का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ६० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ६० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४० रुपैयाँमा कारोबार भइरहेको छ । आलु रातो (लाम्चो) ५५ रुपैयाँ, रातो आलु (गोलो) प्रतिकेजी ५५ रुपैयाँ, आलु रातो (मुडे) ५५ रुपैयाँ, भारतीय रातो आलु ३० ...

फरकधार
आज संसद्का दुई समितिको बैठक, यस्ता छन् कार्यसूची
PoliticsJust now

आज संसद्का दुई समितिको बैठक, यस्ता छन् कार्यसूची

सङ्घीय संसदअन्तर्गत दुई संसदीय समितिका महत्त्वपूर्ण बैठकहरू शुक्रबार बस्ने भएका छन् ।  सङ्घीय संसद् सचिवालयका अनुसार संसदीय सुनुवाइ समितिको बैठक र हिमालमा जलवायु परिवर्तनको प्रभाव, जलवायु न्याय तथा भोटेकोशी–त्रिशुली विपद्सम्बन्धी संसदीय विशेष समितिको बैठक शुक्रबार बिहान बस्ने भएको हो ।  सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ९ः३० बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीशहरू उपर परेका उजुरीबारे उजुरीकर्तासँग छलफल ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play