Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

अयोध्या–जनकपुरधाम आउँदै सरयू–कमला एक्सप्रेस, यस्तो छ स्वागतको तयारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
अयोध्या–जनकपुरधाम आउँदै सरयू–कमला एक्सप्रेस, यस्तो छ स्वागतको तयारी
Photo / Coverage: पर्दाफास

भारतको अयोध्याबाट धनुषाको जनकपुरधामसम्म चल्ने सरयू–कमला एक्सप्रेस ट्रेन(रेल)को आज (सोमबार) औपचारिक रुपमा उद्घाटन भएको छ । भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री बालेन्द्र साहले संयुक्त रुपमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसंग हरियो झण्डा हल्लाएर उक्त ट्रेन सञ्चालनको उद्घाटन गरेका छन् । ट्रेन ११०० यात्रुसहित अयोध्याबाट जनकपुरधामका लागि प्रस्थान गरेको छ । अयोध्यामा मुख्यमन्त्री आदित्यनाथ योगीले शुभकामना दिँदै ट्रेनलाई विदाई गरेका छन् । तोकिएको समयभन्दा केही ढिलो भएकोले ट्रेन भोली विहान सम्भवतः ९ः३० बजेसम्म जनकपुरधामस्थित रेल्वे स्टेशनमा पुग्ने अनुमान छ । यस ट्रेनमा ११०० जना विशिष्ट व्यक्ति, विभिन्न सरकारी र कुटनीतिक निकायका पदाधिकारी, साधुसन्त, महात्माहरु रहेको नेपाल रेल्वेका प्रबन्ध संचालक परिवेश पराजुलीले जानकारी दिए । उनका अनुसार पहिलो पटक आउने रेल तीन घण्टा मात्र जनकपुरधाममा विश्राम गरी मंगलबार नै १ बजे दिउँसोसम्म फर्किने छ । रेल नियमित नभएकाले यस पटक आउने यात्रुहरुलाई विशेष स्वागत गर्ने कार्यक्रम रहेको प्रबन्ध संचालक पराजुलीले बताए । उनका अनुसार जनकपुरधाम उपमहानगरपालिका, नेपाल रेल्वे र उद्योग वाणिज्य संघ जनकपुरधामको समन्वयमा यात्रुहरुको स्वागतदेखि, मन्दिर घुमाउने र खाजा खुवाउनेसम्मको व्यवस्थापन गरिएको छ । स्वागत समारोहमा यात्रुहरुलाई स्वागत गर्नका निम्ति श्रममन्त्री रामजी यादव र मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवको विशेष उपस्थिति रह्ने पराजुलीको भनाई छ । स्वागत समारोहका लागि रेल्वे स्टेशनमै पंडाल, स्टेज र बस्ने व्यवस्था मिलाइएको पराजुलीले बताए । यात्रुहरुको स्वागतमा झाँकी, सांस्कृतिक नृत्यलगायतका कार्यक्रम रेल्वे स्टेशनमै हुने जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले बताए । उनका अनुसार जनकपुरधामको मिनाप संस्थालाई सांस्कृति नृत्यलगायतका मनोरञ्जनात्मक कार्यक्रमको जिम्मेवारी दिइएको छ । यात्रुहरुको सुविधाका लागि रेल्वे स्टेशनदेखि जानकी मन्दिरसम्मको मुल सडकको सरसफाइमा विशेष ध्यान दिइएको छ भने सडकको दुबै छेउमा नेपाल–भारतको झण्डा राखिने मेयर साहले जानकारी दिए । साथै फूलमालाले प्रत्येक यात्रुलाई स्वागत गर्ने मेयर साहको भनाइ छ । उनका अनुसार हिँड्ने सक्ने यात्रुहरुलाई पैदल नै मन्दिरसम्म स्वागतका साथ लगिने र हिँड्न नसक्ने यात्रुहरुका लागि निःशूल्क गाडिको व्यवस्था पनि गरिएको छ । मेयर साहले अयोध्या जनकपुरधाम रेलले त्रेताकालिन सम्बन्धलाई थप मजबुत बनाएको बताए । जानकी मन्दिरका छोटे महन्थ राम रोशन दासका अनुसार रेल्वे स्टेशनमै जनकपुरधामका साधुसन्त पनि उपस्थित भएर यात्रुहरुको स्वागत गर्नेछन् । उनले जानकी मन्दिरमा पूजा आराधनाका लागि मन्दिर व्यवस्थापन समितिले व्यवस्था मिलाएको बताए । वर्षौ देखिको सपना साकार भएकोमा छोटे महन्थ दासले प्रधानमन्त्री बालेन्द्र शाह र नरेन्द्र मोदीलाई धन्यवाद व्यक्त गरेका छन् । अयोध्या जनकपुरधाम रेल सेवा सुरु हुनाले जनकपुरधामसहित यस क्षेत्रको पर्यटन व्यवसायी र व्यापारीहरुमा विशेष उत्साह देखिएको छ । हप्तामा एक पटक आउने सरयू कमला एक्सप्रेसले दुबै देशबीच रहेको बेटी रोटीको सम्बन्ध थप प्रगाढ बढाउने विश्वास गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपालमा आईआईटी क्याम्पस, स्टार्टअप इन्क्युबेटर र इनोभेसन हब स्थापना गर्ने भारतको घोषणा
OthersJust now

नेपालमा आईआईटी क्याम्पस, स्टार्टअप इन्क्युबेटर र इनोभेसन हब स्थापना गर्ने भारतको घोषणा

भारतले नेपालमा भारतीय प्रविधि संस्थान (आईआईटी) को अफसोर क्याम्पस, स्टार्टअप इन्क्युबेटर र इनोभेसन हब स्थापना गर्ने घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नेपालका प्रधानमन्त्री बालेन्द्र शाहसँगको द्विपक्षीय वार्तापछि यस्तो घोषणा गरेका हुन् । हैदरावाद हाउसमा भएको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीले नेपालको युवा पुस्ताको क्षमता, सीप र नवप्रवर्तन विकासमा भारतले सहकार्य गर्ने बताए । उनले नेपालका ...

पर्दाफास
नेपाल–भारत सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल छ : प्रधानमन्त्री बालेन
OthersJust now

नेपाल–भारत सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल छ : प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भावमा आधारित रहेको बताएका छन् । उनले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई समयअनुकूल थप सुदृढ बनाउँदै आपसी सहकार्य र साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिएका छन् । प्रधानमन्त्री पद सम्हालेपछि आफ्नो पहिलो द्विपक्षीय भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग सोमबार नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले ...

पर्दाफास
लिबियामा रुसी युद्धपोतमा आक्रमण गरेको युक्रेनको पुष्टि
OthersJust now

लिबियामा रुसी युद्धपोतमा आक्रमण गरेको युक्रेनको पुष्टि

युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले लिबियाको बेनगाजीस्थित नौसैनिक अड्डामा रहेको रुसी युद्धपोतमा समुद्री ड्रोनबाट आक्रमण गरेको पुष्टि गरेका छन्। ...

अनलाइन खबर
नेपाल–भारत सम्बन्ध आत्मीयता र अटुट विश्वासमा आधारित छ : नरेन्द्र मोदी
OthersJust now

नेपाल–भारत सम्बन्ध आत्मीयता र अटुट विश्वासमा आधारित छ : नरेन्द्र मोदी

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको भविष्य र नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने स्पष्ट दृष्टिकोण, प्रतिबद्धता र सोच प्रस्तुत गरेको बताएका छन् । नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री मोदीबीच भएको संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै मोदीले शाहको नेतृत्वमा नेपालको नयाँ पुस्ताका आशा र आकांक्षा प्रतिबिम्बित भएको उल्लेख गरे । उनले भने, ‘विश्वकै सबैभन्दा युवा प्रधानमन्त्रीका रूपमा बालेन्द्र ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement