काठमाडौं । यान्त्रिक बौद्धिकता (एआई)सँग सम्बन्धित ठूला प्रविधि कम्पनीहरूको सेयर मूल्यमा बुधबार पनि गिरावट आएको छ । सुरुवाती कारोबारमा एनभिडिया र एन्थ्रोपिकको सेयरमा तीव्र गिरावट आएको हो । अमेरिकी सेयर बजारका तीनवटै प्रमुख सूचकांक ओरालो लाग्दा प्रविधि क्षेत्रको बाहुल्यता रहेको नास्डाक झण्डै चार प्रतिशतले घटेको बीबीसीले उल्लेख गरेको छ । लगानीकर्ताहरू एआईको दिगोपनबारे सशंकित सेयर बजारमा गिरावट आएको विश्लेषण भइरहेको छ । अमेजन, टेस्ला, स्पेसएक्स, माइक्रोसफ्ट, मेटा लगायतका अन्य प्रविधि कम्पनीहरूको सेयर मूल्य पनि घटेको छ ।ठूला प्रविधि कम्पनीहरूको बजार भाउले अमेरिकी अर्थतन्त्रलाई आर्थिक धक्काबाट जोगाउँदै आएको थियो । पछिल्लो साता एआई तथा प्रविधि कम्पनीहरूको मूल्य घट्ने क्रम जारी छ । एनभिडियाका प्रमुख जेन्सेन हुआङको विवाहेत्तर सम्बन्धको खुला र राजीनामापछि उक्त कम्पनीले धेरै गुमाएको थियो । त्यसले अमेरिकी पुँजीबजारमा एआई कम्पनीका सेयरमा सिर्जना गरेको अस्थिरताको असर व्यापक छ । लगानीकर्ताहरू हाल त्रसित रहेको विश्लेषण पनि भइरहेको छ । अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले हासिल गरेको सफलताबाट लगानीकर्ताहरू त्रसित बन्दा प्रविधि कम्पनीमा असर पुगेको बताइएको छ । एआई र प्रविधिमा डेमोक्र्याटको कडा नियमन र डेटा सेन्टर निर्माणमा रोक लगाउने नीतिका कारण लगानीकर्ता अन्योलमा रहेको क्रसचेक म्यानेजमेन्टका प्रमुख लगानी अधिकृत टड सोएनबर्ग बताउँछन् । ”एआई कम्पनीले गरिरहेको खर्च सार्थक छ भन्ने भन्ने प्रमाणित गर्नुपर्ने चुनौती थपिएको छ । वालस्ट्रिट अहिले अन्योलमा छ,” उनले भनेका छन् । लगानी बैंक गोल्डम्यान स्याक्सले भने सन् २०२६ मा एआईमा १० खर्ब डलर लगानी नाघ्ने अनुमान गरेको छ । बैंकले आगामी वर्ष पनि व्यावसायिक लगानी वृद्धिको मुख्य सूचीमा प्रविधि कम्पनी रहने उल्लेख गरेको छ। हुआङको पुनरागमनपछि एनभिडियाको सेयर मूल्य ८ प्रतिशतले घटेको छ। एन्थ्रोपिकको सेयर गत हप्ता बजारमा प्रवेश गर्दाको ८३ डलरभन्दा तलै कारोबार भइरहेको छ भने अमेजनको सेयर पाँच प्रतिशतभन्दा बढीले घटेको छ। बिहीबार ‘थ्याङ्क्सगिभिङ’ पर्वका कारण अमेरिकी सेयर बजार बन्द हुनुअघि र शुक्रबार छोटो अवधिका लागि मात्र खुल्नुअघि बजारमा यस्तो गिरावट देखिएको हो।
अमेरिकी बजारमा प्रविधि कम्पनीको सेयरमा गिरावट बढ्दो

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






