Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

अमेरिकीहरुले सबैभन्दा बढी कुन सामाजिक सञ्जाल प्रयोग गर्छन्? यस्तो छ तथ्य

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकीहरुले सबैभन्दा बढी कुन सामाजिक सञ्जाल प्रयोग गर्छन्? यस्तो छ तथ्य
Photo / Coverage: टेक्नोलोजी खबर

अमेरिकामा सबैभन्दा बढी प्रयोग गरिने सामाजिक सञ्जालको सूचीमा युट्युब पहिलो नम्बरमा रहेको छ। त्यसपछि दोस्रो फेसबुक र तेस्रोमा इन्स्टाग्राम रहेका छन्। अमेरिकी अनुसन्धान संस्था प्यू रिसर्च सेन्टरले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले यस्तो देखाएको हो। उक्त प्रतिवेदनमा अमेरिकी नागरिकले सामाजिक सञ्जाल प्रयोग गर्ने अवस्था र विभिन्न मानिसहरुको समुहबीचको भिन्नताको ब्याख्या गरिएको छ। सन् २०२६ को प्रतिवेदन अनुसार धेरै प्रयोगका कारण तीनवटै सामाजिक संजालले आफ्नो स्थान कायम राखेका छन्। ६५ वर्ष वा सो भन्दा बढी उमेरका अमेरिकी नागरिक पनि सबैभन्दा बढी प्रयोग गर्ने सामाजिक संजालमा युट्युब, फेसबुक, इन्स्टाग्राम नै हुन्।समग्रमा हेर्दा उमेर, लिंग, पारिवारिक आम्दानी र राजनितिक झुकावका आधारमा सामाजिक सञ्जाल प्रयोग गर्ने प्रवृतिमा उल्लेखनिय भिन्नता देखिएको छ। स्न्यापच्याट र ह्वाट्सएपको प्रयोग बढ्दै सञ्चारमा केन्द्रित एपहरुले पनि अमेरिकी समाजमा आफ्नो उपस्थिति विस्तार गरिरहेका छन्।एक वर्ष अघिको तुलनामा स्न्यापच्याट र ह्वाट्सएपको प्रयोगमा एक एक प्रतिशत पोइन्टले बढेको छ। स्न्यापच्याट अमेरिकी महिलामाझ अझ लोकप्रिय रहेको छ। तंथ्याकअनुसार ३० प्रतिशत महिलाले उक्त प्लेटर्फ प्रयोग गर्ने गर्दछन् भने पुरुषको प्रयोग दर २१ प्रतिशत रहेको छ।ह्वाट्सएप प्रयोग गर्ने अमेरिकी पुरुषहरुको प्रतिशत महिलाको तुलनामा बढी पुगेको छ। गत वर्षको तुलनामा यसमा परिवर्तन आएको हो। पारिवारिक आम्दानीअनुसार प्रयोगमा भिन्नता प्रतिवेदनले अमेरिकी परिवारको आर्थिक अवस्थाअनुसार सामाजिक सञ्जाल प्रयोग गर्ने प्रवृत्तिमा पनि भिन्नता रहेको देखाएको छ। वार्षिक आम्दानी ७० हजार अमेरिकी डलरभन्दा कम भएका परिवारमा स्न्यापच्याटको प्रयोग बढी देखिएको छ। त्यसको विपरीत, वार्षिक आम्दानी कम्तीमा एक लाख अमेरिकी डलर भएका परिवारका ४० प्रतिशत अमेरिकीले ह्वाट्सएप प्रयोग गर्ने गरेका छन्। यो उक्त प्लेटफर्मको सबैभन्दा उच्च प्रयोगदर हो। सामाजिक सञ्जालको प्रयोगमा आर्थिक समूहअनुसार उल्लेखनीय भिन्नता देखिन्छ। फेसबुक र टिकटक कम आम्दानी भएका परिवार बढी देखिएका छन् भने लिंक्डइनमा उच्च आम्दानी भएका परिवारका प्रयोगकर्ता बढी आकर्षित भएका छन्। नेक्स्टडोरमा कम र बढी आम्दानी भएका परिवारबीच ठूलो अन्तर टेलिग्राफका अनुसार, आर्थिक असमानता झल्काउने अर्को प्लेटफर्म नेक्स्टडोर हो। प्यु रिसर्च सेन्टरको वार्षिक प्रतिवेदनमा तुलनात्मक रूपमा पछिल्लो समय समावेश गरिएको यो प्लेटफर्मको प्रयोग पछिल्लो पाँच वर्षमा पाँच प्रतिशत पोइन्टले बढेको छ। वार्षिक आम्दानी ३० हजार अमेरिकी डलर वा सोभन्दा कम भएका परिवारमा बस्ने अमेरिकीमध्ये केवल ९ प्रतिशतले मात्रै नेक्स्टडोर प्रयोग गर्छन्। तर वार्षिक आम्दानी एक लाख अमेरिकी डलरभन्दा बढी भएका परिवारमा यसको प्रयोगदर २३ प्रतिशत पुगेको छ। प्रतिवेदनको तथ्याङ्कले अमेरिकामा सामाजिक सञ्जालको प्रयोग उमेर र लिङ्गमा मात्रै निर्भर नरहेको देखाएको छ। प्रयोगकर्ताको आर्थिक अवस्थाले पनि सामाजिक सञ्जाल छनोट गर्ने प्रवृत्तिलाई प्रभाव पार्ने गरेको छ। The post अमेरिकीहरुले सबैभन्दा बढी कुन सामाजिक सञ्जाल प्रयोग गर्छन्? यस्तो छ तथ्य appeared first on Technology Khabar.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टेक्नोलोजी खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
टेस्लाले जर्मनीको संकटग्रस्त अटो क्षेत्रलाई ३.३ अर्ब डलरको साइबरक्याब लगानीमार्फत टेवा दिने
TechnologyJust now

टेस्लाले जर्मनीको संकटग्रस्त अटो क्षेत्रलाई ३.३ अर्ब डलरको साइबरक्याब लगानीमार्फत टेवा दिने

टेस्लाले जर्मनीस्थित आफ्नो गिगाफ्याक्ट्रीमा ३ अर्ब यूरो (३.३ अर्ब अमेरिकी डलर) लगानी गर्ने घोषणा गरेको छ। जर्मनीका अन्य कार निर्माता कम्पनीले उत्पादन र कर्मचारी संख्या घटाइरहेका बेला एलन मस्कको विद्युतीय कार कम्पनीले साइबरक्याब मोडेलको उत्पादन विस्तार गर्ने योजना अघि बढाएको हो। बर्लिननजिकैको ग्रुनहाइडमा थप उत्पादन केन्द्र निर्माण गर्ने योजनाले टेस्लाको युरोपस्थित एकमात्र कारखानालाई उत्पादन क्षमताका आधारमा जर्मनीकै सबैभन्दा ठूलो कार कारखाना ...

टेक्नोलोजी खबर
यूरोपेली समूहले नर्डिक र बाल्टिक क्षेत्रमा एआई गिगाफ्याक्ट्री निर्माण गर्दै
TechnologyJust now

यूरोपेली समूहले नर्डिक र बाल्टिक क्षेत्रमा एआई गिगाफ्याक्ट्री निर्माण गर्दै

नोकिया, एनस्केल, स्केलेटन, टेलिया र भेर्डाले नर्डिक तथा बाल्टिक क्षेत्रमा विभिन्न स्थानमा फैलिएको एआई गिगाफ्याक्ट्री निर्माण गरिरहेका छन्। एआई गिगाफ्याक्ट्री नर्दर्न (एआईजीएफ नर्दर्न) नाम दिइएको यो परियोजना युरोपेली शासन व्यवस्थाअन्तर्गत सञ्चालन हुनेछ। यसअन्तर्गत विभिन्न स्थानमा रहेका केन्द्रहरूले ठूलो क्षमताको एआई कम्प्युटिङ पूर्वाधार, सार्वभौम क्लाउड तथा एआई प्लेटफर्म सेवा, उच्च क्षमताको कनेक्टिभिटी र न्यून कार्बन उत्सर्जन गर्ने ऊर्जा संयोजन गर्नेछन्। यसले नर्डिक र ...

टेक्नोलोजी खबर
क्यालिफोर्नियाद्वारा खतरनाक एआई मोडेलहरूका विषयमा ओपनएआई विरुद्ध मुद्दा दायर
TechnologyJust now

क्यालिफोर्नियाद्वारा खतरनाक एआई मोडेलहरूका विषयमा ओपनएआई विरुद्ध मुद्दा दायर

अमेरिकाको क्यालिफोर्निया राज्यले ओपनएआई विरुद्ध मुद्दा दायर गरेको छ। उक्त मुद्दामा कम्पनीले निगरानी तथा सुरक्षात्मक संयन्त्रहरू बिना नै खतरनाक एआई मोडेलहरू जानीजानी विकास र परीक्षण गरी सर्वसाधारणलाई भ्रममा पारेको तथा जोखिममा धकेलेको आरोप लगाइएको छ। क्यालिफोर्नियाका महान्यायाधिवक्ता रोब बोन्टाले सोमबार कृत्रिम बुद्धिमत्ताको विशाल कम्पनी ओपनएआईलाई पर्याप्त सुरक्षा र अनुगमन बिना उन्नत एआई मोडेलहरू विकास गरेर जनतालाई खतरामा पारेको आरोपमा मुद्दा दायर ...

टेक्नोलोजी खबर
आईफोन डुओमा फेस अनलक सुविधा थपिँदै, आईओएस २७.३ बिटा सार्वजनिक
TechnologyJust now

आईफोन डुओमा फेस अनलक सुविधा थपिँदै, आईओएस २७.३ बिटा सार्वजनिक

एप्पलले आफ्नो फोल्ड गर्न मिल्ने स्मार्टफोन आईफोन डुओमा अनुहार पहिचानमार्फत फोन अनलक गर्न सकिने सुविधा थप गरेको छ। कम्पनीले सार्वजनिक गरेको आईओएस २७.३ को दोस्रो डेभलपर बिटा संस्करणमा यो सुविधा समावेश गरिएको हो। नयाँ अपडेटसँगै आईफोन डुओको सेटिङमा रहेको ‘टच आईडी एन्ड पासकोड’ विकल्पभित्र ‘अनलक विथ फ्रन्ट क्यामेरा’ नामको नयाँ सुविधा थपिएको छ। यसले फोन फोल्ड गरिएको अवस्थामा पनि अगाडिको क्यामेरामार्फत ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play