Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

अमेरिका र भारतसहित १० देशको प्रविधि गठबन्धन, ‘सान फ्रान्सिस्को घोषणा’मा हस्ताक्षर

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिका र भारतसहित १० देशको प्रविधि गठबन्धन, ‘सान फ्रान्सिस्को घोषणा’मा हस्ताक्षर
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । अमेरिका, भारतसहित १० देशले संवेदनशील प्रविधि, महत्त्वपूर्ण पूर्वाधार र आपूर्ति शृंखलाको सुरक्षा तथा सहकार्य सुदृढ गर्ने उद्देश्यले ‘सान फ्रान्सिस्को घोषणा’मा हस्ताक्षर गरेका छन् । ‘सुपर इन्टेलिजेन्स’ (एसआई) को उदाउँदो युगमा रणनीतिक प्रविधिको सुरक्षा र भरपर्दो आपूर्ति शृंखला निर्माण गर्नु यसको मुख्य उद्देश्य रहेको बताइएको छ । अमेरिकी विदेश मन्त्रालयका अनुसार, गत नोभेम्बर १५ मा सान फ्रान्सिस्कोमा आयोजित ‘प्याक्स सिलिका फाउन्डर्स रिट्रिट’का क्रममा घोषणा गरिएको हो । अमेरिकी विदेश मन्त्रालयका आर्थिक मामिलासम्बन्धी उपसचिव ज्याकब हेलबर्गले कार्यक्रम आयोजना गरेका थिए । घोषणामा अमेरिका, अस्ट्रेलिया, भारत, इजरायल, जापान, दक्षिण कोरिया, कतार, सिंगापुर, संयुक्त अरब इमिरेट्स र बेलायतले हस्ताक्षर गरेका छन् । अमेरिकी विदेश मन्त्रालयका अनुसार, आर्थिक सुरक्षा राष्ट्रिय सुरक्षाको आधार हो भन्नेमा सहभागी देशहरूबीच साझा सहमति बनेको छ । साथै, सुपर इन्टेलिजेन्सलाई सम्भव बनाउने प्रविधि र पूर्वाधारको सुरक्षाका लागि अन्तर्राष्ट्रिय समन्वय आवश्यक रहेकोमा जोड दिइएको छ । घोषणामा के छ ? घोषणाले संवेदनशील प्रविधि र महत्त्वपूर्ण पूर्वाधार पहिचान तथा सुरक्षाका लागि साझा रूपरेखा प्रस्तुत गरेको छ । सहभागी देशहरूले यी रणनीतिक सम्पत्तिको सुरक्षा र आपूर्ति शृङ्खलाको विकासका लागि सहकार्य गर्ने प्रतिबद्धता जनाएका छन् । अमेरिकी विदेश मन्त्रालयले यस घोषणामार्फत गठबन्धनले साझा सिद्धान्तलाई व्यावहारिक साझेदारीमा रूपान्तरण गरेको जनाएको छ । ‘प्याक्स सिलिका’ पहल सुरु भएको एक वर्ष नपुग्दै आएको घोषणाले प्रविधि सुरक्षा, नवप्रवर्तन र आर्थिक सुदृढीकरणमा सहकार्य अघि बढाउने अपेक्षा गरिएको छ । मन्त्रालयले कुनै एक देशले मात्र उदाउँदो ‘सिलिका युग’को आधार सुरक्षित गर्न नसक्ने उल्लेख गर्दै प्रविधिबाट प्राप्त हुने समृद्धि आपूर्ति शृङ्खला र त्यसलाई सहयोग गर्ने पूर्वाधारको मजबुतीमा निर्भर रहने जनाएको छ । घोषणाले सुरक्षा आवश्यक पर्ने रणनीतिक सम्पत्तिलाई दुई वर्गमा विभाजन गरेको छ । पहिलो वर्गमा आपूर्ति शृंखलाका लागि आवश्यक वस्तु, सफ्टवेयर, सामग्री, ज्ञान, पुर्जी, उत्पादन सामग्री र निर्माण क्षमता पर्छन् । यस्ता प्रविधि विरोधी पक्षको हातमा परेमा सैन्य तथा गुप्तचर लाभ उठाउने, आर्थिक दबाब सिर्जना गर्ने वा राष्ट्रिय सुरक्षामा खतरा पुर्‍याउने जोखिम रहने उल्लेख छ । दोस्रो वर्गमा आपूर्ति शृङ्खला र अत्यावश्यक सेवालाई सहयोग गर्ने भौतिक तथा डिजिटल पूर्वाधार पर्छन् । यसमा बन्दरगाह, टर्मिनल, यातायात सञ्जाल, सञ्चार तथा लजिस्टिक प्रणाली, सूचना तथा सञ्चार प्रविधि पूर्वाधार, ऊर्जा सञ्जाल र डिजिटल व्यवस्थापन प्रणाली समावेश छन् । घोषणाले अत्यधिक निर्भरता घटाउँदै विविध र भरपर्दो आपूर्ति शृंखलामार्फत सामूहिक उत्थानशीलता बलियो बनाउनुपर्नेमा जोड दिएको छ । पाँच कार्यसमूह गठन गठबन्धनका साझा उद्देश्य कार्यान्वयन गर्न पाँचवटा कार्यसमूह गठन गर्ने प्रस्ताव पनि घोषणाको महत्त्वपूर्ण पक्ष रहेको बताइएको छ । ती समूहले नवप्रवर्तनमैत्री नीतिगत ढाँचा, प्रमुख आर्थिक क्षेत्रमा प्रविधिको प्रयोग, प्रविधिसम्बन्धी आपूर्ति शृंखलामा सहकार्य, सुरक्षित केन्द्र तथा आपूर्ति शृंखला सुरक्षा हब र प्रविधिको सुरक्षा तथा उत्थानशीलतामा काम गर्ने बताइएको छ । यी कार्यसमूहको उद्देश्य सहभागी देशबीच नीतिगत समन्वय बढाउने, भरपर्दो प्रविधि साझेदारी सुदृढ गर्ने र रणनीतिक आपूर्ति शृंखलाको सुरक्षा तथा स्थायित्वका लागि सहकार्य प्रभावकारी बनाउने रहेको बताइएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य
Latest NewsJust now

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य

• कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ, जसमा गोलभेडा, आलु, प्याज, गाजर, र अन्य तरकारीका मूल्य समावेश छन्। • ठूलो नेपाली गोलभेडा र भारतीय गोलभेडा प्रतिकेजी ६० रुपैयाँमा कारोबार भइरहेको छ, जबकि आलुका विभिन्न प्रकारका मूल्य २८ रुपैयाँदेखि ५५ रुपैयाँसम्म तोकिएका छन्। • विभिन्न च्याउ, साग, र फलफूलका मूल्य पनि तोकिएका छन्, ...

नेपालबहस
एमाले स्थायी कमिटी बैठक आज बस्दै, राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गर्ने
Latest NewsJust now

एमाले स्थायी कमिटी बैठक आज बस्दै, राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गर्ने

नेकपा एमाले स्थायी कमिटीको दोस्रो बैठक आज बस्ने भएको छ। बुधबार सुरु हुने राष्ट्रिय भेलाको अघिल्लो दिन आज मंसिर १ गते एमालेले स्थायी कमिटी बैठक राख्न लागेको हो। पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यका अनुसार बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने तय भएको छ। ‘बैठकले मंसिर २ मा सुरु हुने राष्ट्रिय कार्यकर्ता भेल... ...

नेपालखबर
एनपिएलः फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम खेल्दै
Latest NewsJust now

एनपिएलः फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम खेल्दै

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेटको पहिलो क्वालिफायर खेलमा आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स खेल्दै छन् । यी दुई टोलीबीचको खेल अपराह्न ५ः०० बजेदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा सुरु हुनेछ । आजको विजेता टोलीले फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टिमलाई फाइनल पुग्न अर्को अवसर प्राप्त हुनेछ । आजको पराजित टोलीले फाइनल प्रवेशका लागि एलिमिनेटर खेलको विजेताको सामना ...

नेपालन्युज
नयाँ जेम्स बन्ड बन्ने भए अभिनेता रोबर्ट प्याटिन्सन
Latest NewsJust now

नयाँ जेम्स बन्ड बन्ने भए अभिनेता रोबर्ट प्याटिन्सन

काठमाडौं । हलिउड अभिनेता रोबर्ट प्याटिन्सन नयाँ जेम्स बन्ड बन्ने भएका छन् । अमेजनले प्याटिन्सनलाई चर्चित जासुसी पात्र जेम्स बन्ड अर्थात् ‘००७’ को भूमिकामा चयन गरिएको घोषणा गरेको हो । नयाँ जेम्स बन्डका रूपमा प्याटिन्सनलाई प्रस्तुत गरिएको भिडियोमा उनी कालो सुट लगाएर हातमा बन्दुक बोकेको अवस्थामा देखिएका छन् । भिडियोको अन्त्यमा ‘जेम्स बन्ड पुनः फर्किनेछन्’ भन्ने सन्देश राखिएको छ । प्याटिन्सनले जेम्स ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play