Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

अमेरिकालाई इरानको नयाँ प्रस्ताव, राख्यो ७ सर्त

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकालाई इरानको नयाँ प्रस्ताव, राख्यो ७ सर्त
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । अमेरिका र इरानबीच जारी युद्ध अन्त्यका लागि कूटनीतिक प्रयास भइरहेका बेला इरानले अमेरिकासमक्ष सात सर्तसहितको नयाँ प्रस्ताव पठाएको छ । कतारमार्फत अमेरिकासम्म पुर्‍याइएको प्रस्तावमा इरानले आफ्ना सर्त पूरा भएपछि मात्रै आणविक कार्यक्रमबारे वार्ता गर्ने र होर्मुज जलमार्ग खोल्ने जनाएको छ । रोयटर्सका अनुसार, इरानका एक वरिष्ठ अधिकारीले अमेरिकाले प्रस्तावको समीक्षा गरिरहेको बताएका छन् । इरानले अमेरिकासमक्ष राखेको प्रस्तावमा सात सर्त समेटिएको बताइएको छ । इरानले आफूविरुद्ध अमेरिकाले लगाएका आर्थिक प्रतिबन्ध पूर्ण रूपमा हटाउनुपर्ने माग गरेको छ । प्रतिबन्धका कारण उसलाई अन्तर्राष्ट्रिय व्यापार गर्न र विश्व बजारमा तेल बिक्री गर्न कठिनाइ हुँदै आएको छ । विदेशी बैंक तथा वित्तीय संस्थामा रोक्का रहेको आफ्नो सम्पत्ति फिर्ता गर्नुपर्ने इरानको माग छ । अमेरिकी प्रतिबन्धका कारण इरानको ठूलो रकम विदेशमा रोकिएको छ । यसबाहेक युद्धका क्रममा इरानी सैन्य संरचना, पूर्वाधार र अन्य सम्पत्तिमा भएको क्षतिको क्षतिपूर्ति अमेरिकाले दिनुपर्ने इरानको माग छ । इरानको अर्को सर्त इरानी बन्दरगाह र सामुद्रिक कारोबारमाथि अमेरिकाले लगाएको नाकाबन्दी अन्त्य गर्नुपर्ने छ । नाकाबन्दीका कारण इरानको समुद्री व्यापार प्रभावित भएको छ । इरानले अन्तर्राष्ट्रिय बजारमा निर्बाध रूपमा तेल बिक्री गर्न पाउनुपर्ने माग गरेको छ । यसका लागि तेल कारोबारमाथि लगाइएका प्रतिबन्ध हटाउनुपर्ने उसको सर्त छ । यसका अतिरिक्त अमेरिका र इजरायलले इरानमाथि मात्र नभई क्षेत्रमा उसका सहयोगी संगठनहरूमाथि समेत सैन्य कारबाही बन्द गर्नुपर्ने पनि इरानको माग छ । अमेरिकाले पश्चिम एसियामा आफ्नो सैन्य उपस्थिति कम गर्नुपर्ने इरानको अर्को सर्त छ । यसअन्तर्गत क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडा र सैनिकको संख्या घटाउनुपर्ने उसको माग छ । अमेरिका र इरानबीचको मुख्य विवाद आणविक कार्यक्रमलाई लिएर छ । अमेरिकाले इरानको आणविक गतिविधिमाथि वार्ता गरी उसले आणविक हतियार विकास नगर्ने सुनिश्चितता खोजिरहेको छ । तर, इरानले आणविक मुद्दामा वार्ता सुरु गर्नुअघि आफूविरुद्धका आर्थिक तथा अन्य प्रतिबन्ध हटाउनुपर्ने अडान राख्दै आएको छ । यसरी दुवै देश वार्ताका लागि तयार देखिए पनि त्यसको सुरुआत कुन विषयबाट गर्ने भन्नेमा सहमति हुन सकेको छैन । अमेरिका पहिले आणविक कार्यक्रमबारे छलफल गर्न चाहन्छ भने इरान प्रतिबन्ध हटाउने र अन्य सर्त पूरा गर्ने विषयलाई प्राथमिकतामा राखिरहेको छ । अमेरिका र इरानबीच प्रत्यक्ष वार्ताको वातावरण बन्न नसकेपछि कतारलगायतका देशले मध्यस्थको भूमिका निर्वाह गर्दै आएका छन् । यसपटक पनि इरानले आफ्नो प्रस्ताव कतारमार्फत अमेरिकासम्म पुर्‍याएको हो । कतार यसअघि पनि दुई देशबीच वार्ता गराउने र तनाव कम गर्ने कूटनीतिक प्रयासमा संलग्न रहँदै आएको छ । त्यसैले नयाँ प्रस्तावमाथिको छलफलमा पनि उसको भूमिका महत्वपूर्ण हुन सक्ने देखिन्छ । हालसम्म अमेरिकाले इरानको प्रस्ताव स्वीकार गरेको पुष्टि भएको छैन । अमेरिकी समीक्षा र त्यसपछिको प्रतिक्रियाले दुई देशबीच वार्ताको सम्भावना र युद्ध अन्त्यका प्रयास कुन दिशामा अघि बढ्छन् भन्ने निर्धारण गर्नेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तिहारमा सयपत्री र मखमलीको मूल्य वृद्धि
Latest NewsJust now

तिहारमा सयपत्री र मखमलीको मूल्य वृद्धि

भक्तपुर । घरघरमै व्यापारी र बिचौलिया मखमली फूलको माला र सयपत्री फूल लिन आउन थालेपछि तिहारमा फूलमालाको मूल्य वृद्धि भएको छ । भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरपालिका-७ गुण्डुबाट... ...

रातोपाटी
गोरखामा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु
Latest NewsJust now

गोरखामा मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु

अस्मिता सिंखडागोरखा, कात्तिक २१ गते । गोरखामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । गोरखा नगरपालिका–८, माथिल्लो खोलखोलेस्थित गैरी चौतारामा ग. प्र. ०३–००१ प ०८१० नम्बरक... ...

गोरखापत्र
तिहार र छठमा बिजुली जान नदिन यस्तो तयारी
Latest NewsJust now

तिहार र छठमा बिजुली जान नदिन यस्तो तयारी

नेपाल विद्युत् प्राधिकरणले तिहार तथा छठ पर्वका बेला उपभोक्तालाई भरपर्दो, नियमित र गुणस्तरीय विद्युत् आपूर्ति सुनिश्चित गर्न विशेष तयारी गरेको छ। उज्यालोको पर्व तिहारमा विद्युत् आपूर्ति प्रभावित हुन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई चुस्त राख्नुका साथै प्राविधिक कर्मचारीलाई चौबिसै घण्टा तयारी अवस्थामा राख्ने व्यवस्था मिलाइएको छ। तिहार तथा छठ पर्वका समयमा विद्युत् ... ...

नेपालखबर
दरबारमार्गमा २३औँ काग सम्मेलन, रमेश दुलालले बोलाए सयौँ काग
Latest NewsJust now

दरबारमार्गमा २३औँ काग सम्मेलन, रमेश दुलालले बोलाए सयौँ काग

• चर्चित कलाकार रमेश दुलाल ‘कागे’ले काग तिहारको अवसरमा २३औँ काग सम्मेलन काठमाडौंमा आयोजना गरेका छन्। • सम्मेलनको उद्देश्य काग तिहारको धार्मिक र सांस्कृतिक महत्त्वलाई उजागर गर्नु र नेपाली मौलिक परम्पराको संरक्षण गर्नु हो। • दुलालले कागको आवाज निकाल्न सक्ने विशेष खुबीका साथ १७३ प्रकारका जनावर र चराचुरुङ्गीको आवाज पनि प्रस्तुत गर्दै आएका छन्। ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play