Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

अमेरिकामा मध्यावधि निर्वाचनका लागि मतदान सुरु

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकामा मध्यावधि निर्वाचनका लागि मतदान सुरु
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । अमेरिकामा मध्यावधि निर्वाचनका लागि मंगलबार मतदान सुरु भएको छ । नेपाली समयअनुसार साँझ ४: ४५ बजे कनेक्टिकट, इन्डियाना, केन्टकी, मेन, न्यु ह्याम्पसायर, न्यु जर्सी, न्युयोर्क र भर्जिनियासहित आठ राज्यमा मतदान केन्द्र खुलेका छन् । यस निर्वाचनमा अमेरिकी संसद्को तल्लो सदन प्रतिनिधिसभाका सबै ४३५ र माथिल्लो सदन सिनेटका ३५ सिटका लागि मतदान हुँदैछ । राष्ट्रपति निर्वाचनको दुई वर्षपछि हुने मध्यावधि निर्वाचनमा केही राज्यका गभर्नर पदका लागि पनि मतदान हुने व्यवस्था छ । हाल राष्ट्रपति डोनाल्ड ट्रम्पको रिपब्लिकन पार्टीको दुवै सदनमा बहुमत छ । सिनेटका १०० सिटमध्ये रिपब्लिकनसँग ५३ र डेमोक्रेटिक पार्टीसँग ४५ सिट छन् भने दुई स्वतन्त्र सांसद डेमोक्रेटिक पक्षसँग मिलेर काम गर्छन् । सिनेटमा बहुमतका लागि ५१ सिट आवश्यक पर्छ । यसपटक चुनाव हुन लागेका ३५ सिटमध्ये २२ रिपब्लिकन र १३ डेमोक्रेटिक पार्टीका छन् । तल्लो सदन प्रतिनिधिसभाका सबै ४३५ सिटमा प्रतिस्पर्धा हुँदैछ । यस सदनमा बहुमतका लागि २१८ सिट आवश्यक छ । रिपब्लिकन पार्टीले कुनै एक सदनमा मात्रै बहुमत गुमाए पनि राष्ट्रपति ट्रम्पलाई आफ्ना नीतिसम्बन्धी कानुन पारित गराउन कठिन हुने विश्लेषण गरिएको छ । दुवै सदनमा बहुमत कायम राख्ने रिपब्लिकन र बहुमत हासिल गर्ने डेमोक्रेटिक पार्टीको लक्ष्य छ । The post अमेरिकामा मध्यावधि निर्वाचनका लागि मतदान सुरु appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
उदयपुरमा  धान उत्पादन वृद्धि हुने अनुमान
Latest NewsJust now

उदयपुरमा धान उत्पादन वृद्धि हुने अनुमान

बिन्द्र वाम्बुले राई उदयपुर, कात्तिक १७ गते । उदयपुरमा गत बर्षको तुलनामा यस बर्ष धान उत्पादनमा वृद्धि हुने अनुमान गरिएको छ । जिल्लाको त्रियुगा, बेलका, कटारी चौदण्डीगढी लगायत बिभिन्... ...

गोरखापत्र
किर्ते मुद्दामा जिल्ला प्रशासन कार्यालय, स्याङ्जाका ३ कर्मचारी पक्राउ
Latest NewsJust now

किर्ते मुद्दामा जिल्ला प्रशासन कार्यालय, स्याङ्जाका ३ कर्मचारी पक्राउ

• जिल्ला प्रशासन कार्यालय, स्याङ्जामा कार्यरत ३ जना राष्ट्रसेवक कर्मचारीलाई लिखतसम्बन्धी कसूरमा पक्राउ गरिएको छ। • पक्राउ पर्नेमा प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्मा पौडेल, लेखापाल रमेशकुमार विश्वकर्मा र कम्प्युटर अपरेटर विष्णुप्राद चापागाईं छन्। • उनीहरूलाई सरकारी अभिलेखमा किर्ते गरेको आरोपमा जिल्ला अदालतको आदेशले पक्राउ गरिएको हो। ...

नेपालबहस
हुलाक सेवामार्फत विद्यार्थीकै हातमा प्रमाणपत्र पुर्‍याउँदै त्रिभुवन विश्वविद्यालय
Latest NewsJust now

हुलाक सेवामार्फत विद्यार्थीकै हातमा प्रमाणपत्र पुर्‍याउँदै त्रिभुवन विश्वविद्यालय

त्रिभुवन विश्वविद्यालयले जारी गर्ने शैक्षिक प्रमाणपत्र तथा कार्यालयीय कागजातहरू अब हुलाक सेवामार्फत सोझै विद्यार्थीको हातमा पुर्‍याइने भएको छ।  यसका लागि त्रिभुवन विश्वविद्यालय र नेपाल सरकार हुलाक सेवा विभागबिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ। सम्झौता पत्रमा त्रिविका रजिस्ट्रार डा रवीन्द्र शिवाकोटी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले हस्त... ...

नेपालखबर
२ हजारलाई दिने भनिएको एआई तालिममा ६८ हजारको आवेदन !
Latest NewsJust now

२ हजारलाई दिने भनिएको एआई तालिममा ६८ हजारको आवेदन !

काठमाडौँ। दुई हजार युवालाई लक्षित गरी सञ्चालन गर्न लागिएको निःशुल्क कृत्रिम बुद्धिमत्ता (एआई) तालिममा ६८ हजारभन्दा बढी आवेदन परेको छ। युवा, श्रम तथा रोजगार मन्त्रालयको अगुवाइमा राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानले सञ्चालन... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play