Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

अमेरिकामा पहिलोपटक अश्वेत सभामुख बन्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकामा पहिलोपटक अश्वेत सभामुख बन्दै
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । अमेरिकी प्रतिनिधिसभाका डेमोक्रेटहरूले सभामुखका लागि हकिम जेफ्रिजलाई उमेदवार चयन गरेका छन् । न्युयोर्कको एक निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने ५६ वर्षीय जेफ्रिज सभामुख बनेमा यस पदमा पुग्ने पहिलो अश्वेत व्यक्ति हुनेछन् । बन्द कोठामा भएको गोप्य मतदानमा उनले २६५ मध्ये २५१ मत प्राप्त गरे । मतदानपछि सामाजिक सञ्जाल एक्समा उनले पार्टीका सांसदहरूलाई धन्यवाद दिँदै मिलेर साहसी परिवर्तन ल्याउने र अमेरिकी जनताका लागि सकारात्मक परिणाम हासिल गर्ने बताएका छन् । पार्टीको मध्यमार्गी धारका नेता मानिने जेफ्रिजको उम्मेदवारीविरुद्ध केही प्रगतिशील डेमोक्रेटहरूले मतदान गरेका थिए । आगामी सन् २०२७ जनवरी ३ मा नयाँ कंग्रेसको अधिवेशन सुरु भएपछि प्रतिनिधिसभामा औपचारिक मतदानमार्फत सभामुख चयन हुनेछ । मध्यावधि निर्वाचनमा डेमोक्रेटहरूले प्रतिनिधिसभाका ४३५ मध्ये कम्तीमा २५७ सिट जितेर बहुमत हासिल गरेकाले जेफ्रिज सभामुख बन्ने सम्भावना बलियो छ । डेमोक्रेटहरूले सिनेटमा पनि ५६ सिट जित्दै नियन्त्रण कायम गरेका छन् । सभामुख बनेपछि जेफ्रिजले कानुन निर्माण, ट्रम्प प्रशासनमाथिको निगरानी तथा छानबिनलगायत पार्टीका प्राथमिकताहरूको नेतृत्व गर्नेछन् । उनी राष्ट्रपतिको उत्तराधिकारीको वरीयतामा उपराष्ट्रपति जेडी भाान्सपछि दोस्रो स्थानमा रहनेछन् । जेफ्रिजको विपक्षमा मतदान गर्ने ११ जना डेमोक्रेटमध्ये सात नवनिर्वाचित सांसदले संयुक्त विज्ञप्ति जारी गर्दै आफ्नो निर्णयको कारण स्पष्ट पारेका छन् । जसमा डारियालिजा एभिला चेभलियर, एडम हमावी, फ्रेडरिक हेन्स, मेलाट किरोस, डोनभान म्याककिनी, क्रिस र्‍याब र क्लेयर भाल्डेज थिए । उनीहरूले ‘मेडिकेयर फर अल’, आप्रवासन तथा भन्सार प्रवर्तन निकाय (आईसीई)को ज्यादती रोक्ने, राजनीतिमा पैसाको प्रभाव घटाउने र गाजामा जारी नरसंहार अन्त्य गर्ने विषयलाई मतदाताको प्रमुख जनादेशका रूपमा उल्लेख गरेका छन् । उनीहरूका अनुसार जेफ्रिजसँग भएका संवादबाट केही सकारात्मक प्रतिबद्धता प्राप्त भए पनि आगामी कंग्रेसमा पार्टीको दिशा मतदाताका अपेक्षाअनुरूप बनाउन थप काम गर्न बाँकी छ । त्यसैले आफूहरूले ककस मतदानमा उनको विपक्षमा मत दिएको उनीहरूले बताएका छन् । डीडब्ल्यू

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
एसिया–प्रशान्त आर्थिक सहकार्यमा चीन वकालतकर्ता, प्रवर्द्धन र अग्रणी: सी
Latest NewsJust now

एसिया–प्रशान्त आर्थिक सहकार्यमा चीन वकालतकर्ता, प्रवर्द्धन र अग्रणी: सी

सेन्जेन (चीन), मङ्सिर ३ गते । चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया–प्रशान्त आर्थिक सहकार्य (एपेक) मा चीन वकालतकर्ता, प्रवर्द्धक र अग्रणीको भूमिकामा रहेको बताउनुभएको छ ।दक्षिण चीनको... ...

गोरखापत्र
अनुमतिपत्र ‘रिनु’ नगर्ने २० र बक्यौता नतिर्ने ९ इन्टरनेट सेवा प्रदायकलाई १५ दिने अल्टिमेटम
Latest NewsJust now

अनुमतिपत्र ‘रिनु’ नगर्ने २० र बक्यौता नतिर्ने ९ इन्टरनेट सेवा प्रदायकलाई १५ दिने अल्टिमेटम

नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिपत्र नवीकरण नगरेका २० र लामो समयदेखि बक्यौता रकम नतिरेका नौ इन्टरनेट सेवा प्रदायकलाई १५ दिनभित्र आवश्यक प्रक्रिया पूरा गर्न निर्देशन दिएको छ। प्राधिकरणले तोकिएको समयभित्र अनुमतिपत्र नवीकरण नगरेमा र बक्यौता रकम नबुझाएमा अनुमतिपत्र खारेजी प्रक्रिया अघि बढाउने चेतावनी दिएको छ। प्राधिकरणले बिहीबार सार्वजनिक सूचना जारी गर्दै सम्बन्धित... ...

नेपालखबर
विश्वका प्रदूषित सहरमध्ये काठमाण्डु तेस्रो स्थानमा (तस्बिरहरु)
Latest NewsJust now

विश्वका प्रदूषित सहरमध्ये काठमाण्डु तेस्रो स्थानमा (तस्बिरहरु)

काठमाण्डु– विश्वका प्रमुख प्रदूषित सहरको सूचीमा काठमाण्डु तेस्रो स्थानमा परेको छ। वायु प्रदूषण मापन गर्ने अन्तर्राष्ट्रिय संस्था आईक्यूएयरले बिहीबार बिहान सार्वजनिक गरेको तथ्यांकअनुसार काठमाण्डु विश्वकै तेस्रो प्रदूषित सहर बनेको हो। आईक्यूएयरको बिहान ८ः४५ देखि ९ः४५ बजेसम्मको प्रत्यक्ष तथ्यांकअनुसार काठमाण्डुको वायु गुणस्तर सूचकांक (यूएस एक्यूआई) १८३ पुगेको छ। यो स्तरलाई अस्वस्थकर मानिन्छ। उक्त सूचीको पहिलो स्थानमा […] ...

काठमाण्डुपाटी
एसिया–प्रशान्त आर्थिक सहकार्यमा चीन अग्रणी भूमिकामा छ  :  राष्ट्रपति  सी
Latest NewsJust now

एसिया–प्रशान्त आर्थिक सहकार्यमा चीन अग्रणी भूमिकामा छ : राष्ट्रपति सी

सेन्जेन । चिनियाँ राष्ट्रपति सी चिनफिङले एसिया–प्रशान्त आर्थिक सहकार्य (एपेक) मा चीन वकालतकर्ता, प्रवर्द्धक र अग्रणीको भूमिकामा रहेको बताएका छन् । दक्षिण चीनको गुआङडोङ प्रान्तस्थित सेन्जेनमा बिहीबार आयोजित एपेकका ३३औँ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play