Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

अमेरिकामा घण्टौँपछि खुल्यो हवाई सेवा

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकामा घण्टौँपछि खुल्यो हवाई सेवा
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । अमेरिकामा देशभरका विमानस्थलमा लगाइएको उडान रोक हटाइएको छ। प्राविधिक उपकरणमा समस्या आएपछि घण्टौँसम्म अवरुद्ध भएको हवाई सेवा शुक्रबार रातिदेखि पुनः सञ्चालनमा आएको हो। अमेरिकी अधिकारीहरूका अनुसार हवाई सेवा अवरुद्ध हुनुको मुख्य कारण हवाई ट्राफिक नियन्त्रण प्रणालीमा प्रयोग भइरहेका पुराना उपकरणमा आएको समस्या हो। यस घटनामा साइबर आक्रमण वा माइक्रोसफ्टको विश्वव्यापी सेवा अवरोधको कुनै सम्बन्ध नरहेको स्पष्ट पारिएको छ। अमेरिकाका यातायातमन्त्री सीन डफीले शुक्रबार राति स्थानीय समयअनुसार ८ः१५ बजे अमेरिकी हवाई क्षेत्र पुनः सञ्चालनमा आएको जानकारी दिएका छन्। यद्यपि उडान सेवा पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन केही समय लाग्ने उनले बताएका छन्। मन्त्री डफीका अनुसार एयर ट्राफिक कन्ट्रोल प्रणालीमा प्रयोग भइरहेका पुराना स्विच र राउटरमा अत्यधिक डाटा प्रवाह भएपछि ती उपकरणले काम गर्न छाडेका थिए। त्यसपछि हवाई उडान सञ्चालनमा अवरोध सिर्जना भएको थियो। संयोगवश, यो घटनाभन्दा एक दिनअघि मात्रै अमेरिकी सरकारले हवाई ट्राफिक नियन्त्रण प्रणालीको आधुनिकीकरणका लागि संसद्सँग ३० अर्ब अमेरिकी डलर बजेट माग गरेको थियो। यसैबीच, होमल्यान्ड सेक्युरिटीमन्त्री मार्कवेन मुलिनले घटनामा साइबर आक्रमण भएको कुनै प्रमाण फेला नपरेको बताएका छन्। उनले माइक्रोसफ्टको सेवा अवरोधसँग पनि घटनाको सम्बन्ध नरहेको स्पष्ट पारेका छन्। यद्यपि सुरक्षा निकायले घटनाबारे थप अनुसन्धान गरिरहेको छ। अधिकारीहरूले हवाई सेवा पुनः सञ्चालनमा आएसँगै यात्राको सुरक्षा सुनिश्चित रहेको बताएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पाठ्यपुस्तक छपाइको सूचीकरण सुरु, शैक्षिक सत्र सुरु भएको १५ दिनभित्र पुस्तक पुगिसक्नुपर्ने
Latest NewsJust now

पाठ्यपुस्तक छपाइको सूचीकरण सुरु, शैक्षिक सत्र सुरु भएको १५ दिनभित्र पुस्तक पुगिसक्नुपर्ने

काठमाडौँ । शैक्षिक सत्र २०८४ को पाठ्यपुस्तक छपाइ तथा वितरणका लागि सूचीकरण प्रक्रिया सुरु भएको छ । पाठ्यक्रम विकास केन्द्रले शैक्षिक सत्र २०८४ का लागि विद्यालय तहका पाठ्यपुस्तक छपाइ तथा वितरणका... ...

रातोपाटी
शनिदेवप्रति बढ्दो आस्था र सङ्कटा शनि मन्दिर
Latest NewsJust now

शनिदेवप्रति बढ्दो आस्था र सङ्कटा शनि मन्दिर

बिहानी भएपछि स्नानादि गरी शुद्ध भई घरमा पूजा–पाठ सम्पन्न गरेर मात्र दिनचर्या आरम्भ गर्नु नेपाली समाजको परम्परागत जीवनशैली हो । आज पनि धेरै मानिसका लागि बिहानको पूजा–पाठ केवल धार्मिक कर्मकाण्ड... ...

रातोपाटी
चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल
Latest NewsJust now

चीन भ्रमणमा जाने रास्वपा सांसदहरूले गरे सभापति लामिछानेसँग छलफल

चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीका २० सांसद आइतबार चीन भ्रमणमा जाँदै छन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play