Saturday, November 14, 2026||
MultiKhabarMultiKhabar

अमेरिकामा उडानमा लगाइएको रोक हटाइयो

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकामा उडानमा लगाइएको रोक हटाइयो
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । सञ्चार प्रणालीमा आएको प्राविधिक समस्याका कारण अमेरिकाभर चार घण्टाभन्दा बढी समय रोकिएका हवाई उडान पुनः सञ्चालनमा आएका छन् । अमेरिकी संघीय उड्डयन प्रशासनले सुरक्षा जोखिम देखाउँदै लगाएको देशव्यापी उडान रोक हटाएपछि आन्तरिक उडान सुरु भएका हुन् । उडान रद्द तथा ढिलाइ हुँदा करिब १५ लाख यात्रु प्रभावित भएको तथ्याङ्क विश्लेषण गर्ने कम्पनी सिरियमले जनाएको छ । यस क्रममा हजारौँ उडान रद्द तथा ढिला भएका थिए । अमेरिकी यातायातमन्त्री सिन डफीले पुरानो हवाई यातायात नियन्त्रण प्रविधि र क्षमताभन्दा बढी भार परेका राउटरका कारण समस्या उत्पन्न भएको बताएका छन् । उनले भविष्यमा यस्ता समस्या दोहोरिन नदिन प्रविधि सुधारका लागि बजेट उपलब्ध गराउन संसद्लाई आग्रह गरेका छन् । गृह सुरक्षा मन्त्री मार्कवेन मुलिनले भने यो घटना कुनै साइबर आक्रमण वा अमेरिकामाथिको सुरक्षा खतरासँग सम्बन्धित नभएको स्पष्ट पारेका छन् । यसै साता माइक्रोसफ्टको प्रणालीमा देखिएको समस्यासँग पनि यसको सम्बन्ध नरहेको उनले बताएका छन् । उडान रोक हटेपछि डेल्टा र युनाइटेड एयरलाइन्सले सेवा पुनः सुरु गरेका छन् । फ्रन्टियर एयरलाइन्सले सेवा नियमित बनाउने प्रयास भइरहेको जनाएको छ भने जेटब्लुले शुक्रबारका बाँकी उडान रद्द गर्दै शनिबारसम्म पनि असर जारी रहन सक्ने बताएको छ । यातायातमन्त्री डफीले उडान सेवा पूर्ण रूपमा सामान्य अवस्थामा फर्किन केही समय लाग्ने बताए पनि दुई सातापछि हुने थ्याङ्क्सगिभिङ पर्वको यात्रामा असर नपर्ने अपेक्षा व्यक्त गरेका छन् । The post अमेरिकामा उडानमा लगाइएको रोक हटाइयो appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सुदूरपश्चिमको पर्यटन विकासका लागि ‘बाँकाबीर नागरिक सरकार’ गठन गर्ने घोषणा
Latest NewsJust now

सुदूरपश्चिमको पर्यटन विकासका लागि ‘बाँकाबीर नागरिक सरकार’ गठन गर्ने घोषणा

• सुदूरपश्चिम प्रदेशको विकासका लागि 'बाँकाबीर नागरिक सरकार' गठन गर्ने घोषणा गरिएको छ, जसको प्रधानमन्त्री अनलाइन निर्वाचनमार्फत चयन हुनेछ। • नागरिक सरकारले शिक्षा, कृषि, पर्यटन र स्वास्थ्य क्षेत्रमा काम गर्ने र यसका लागि कृत्रिम बौद्धिकता र डिजिटल प्रविधिको प्रयोग गर्ने योजना बनाएको छ। • सुदूरपश्चिमका युवालाई डिजिटल माध्यमबाट अभियानमा सहभागी हुन आह्वान गरिएको छ र नागरिक सरकारको निर्वाचन कम खर्चिलो ...

नेपालबहस
चीन जाने रास्वपा टोलीले गर्‍यो सभापति रविसँग छलफल
Latest NewsJust now

चीन जाने रास्वपा टोलीले गर्‍यो सभापति रविसँग छलफल

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुले चीन भ्रमणमा जानुअघि पार्टी सभापति रवि लामिछानेसँग भेट गरेका छन् । आज बिहान उनीहरुले पार्टी सभापति लामिछानेसँग छलफल गरेका हुन् । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को औपचारिक निमन्त्रणामा रास्वपा महामन्त्री विपिन कुमार आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल भोलिदेखि चीन भ्रमणमा जाँदैछ । चीन भ्रमणकै सन्दर्भमा टोलीले पार्टी सभापति लामिछानेसँग सभापति निवासमा छलफल तथा सल्लाह गरेका हुन् । The post ...

कर्पोरट खबर
अर्को हप्ता चीनमा ट्रम्प, पुटिन र सीबीच ऐतिहासिक संयुक्त भेटवार्ता गर्ने योजना
Latest NewsJust now

अर्को हप्ता चीनमा ट्रम्प, पुटिन र सीबीच ऐतिहासिक संयुक्त भेटवार्ता गर्ने योजना

अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी चिनफिङबिच अर्को हप्ता त्रिपक्षीय भेटवार्ता हुने भएको छ।  अमेरिकाको राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार यो भेट चीनमा हुने शिखर सम्मेलनका क्रममा हुनेछ।  ह्वाइट हाउसकी प्रवक्ता ओलिभिया वेल्सले भनिन्, यो भेट दक्षिणी चिनियाँ सहर सेन्जेनमा हुन... ...

नेपालखबर
लोक सेवा आयोगद्वारा शाखा अधिकृतसहित विभिन्न सेवाका पदहरूमा दरखास्त आह्वान
Latest NewsJust now

लोक सेवा आयोगद्वारा शाखा अधिकृतसहित विभिन्न सेवाका पदहरूमा दरखास्त आह्वान

काठमाडौँ। लोक सेवा आयोगले निजामती, सङ्घीय संसद र राष्ट्रिय मानवअधिकार सेवाका राजपत्राङ्कित तृतीय श्रेणी अर्थात् शाखा अधिकृत वा सो सरह तथा स्वास्थ्य सेवाका सातौँ र आठौँ तहका विभिन्न पदहरूका लागि... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play