Tuesday, November 3, 2026||
MultiKhabarMultiKhabar

अमेरिकामा आज मध्यावधि निर्वाचन, कंग्रेसको नियन्त्रणका लागि प्रतिस्पर्धा

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकामा आज मध्यावधि निर्वाचन, कंग्रेसको नियन्त्रणका लागि प्रतिस्पर्धा
Photo / Coverage: जनताटाइम्स

काठमाडौं, कात्तिक १७ । अमेरिकामा आज मध्यावधि निर्वाचन हुँदैछ । राष्ट्रपति डोनाल्ड ट्रम्पको दोस्रो कार्यकालको मध्यावधिमा हुन लागेको यस निर्वाचनले संसद् (कंग्रेस) को नियन्त्रण कुन दलको हातमा रहने भन्ने टुंगो लगाउनेछ । निर्वाचनमा तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सका सबै ४३५ सिटका लागि मतदान हुँदैछ । यसका साथै ३९ राज्य तथा क्षेत्रमा नयाँ गभर्नर चयनका लागि पनि निर्वाचन हुनेछ । निर्वाचनअघि सम्पन्न प्रारम्भिक मतदानमा डेमोक्रेटिक उम्मेदवारहरूले रिपब्लिकनको पकड रहेका पाँच राज्यमा सिनेटको प्रतिस्पर्धामा अग्रता लिएको समाचारमा उल्लेख छ । न्युयोर्क टाइम्स र सिएना विश्वविद्यालयले गरेको सर्वेक्षणले आयोवामा पनि कडा प्रतिस्पर्धा देखाएको छ । त्यस्तै, रोयटर्स र इप्सोसको सर्वेक्षणअनुसार प्रारम्भिक मतदानमा राष्ट्रपति ट्रम्पको रिपब्लिकन पार्टी पछाडि देखिएको छ । अमेरिकामा लाखौँ मतदाताले निर्वाचनको दिनअघि नै ‘अर्ली भोटिङ’ अर्थात् प्रारम्भिक मतदानमार्फत आफ्नो मत खसालिसकेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on जनताटाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
युवतीको अश्लिल भिडिओ बनाएर सामाजिक सञ्जालमा शेयर गर्ने एक युवक काठमाडौंबाट पक्राउ
Latest NewsJust now

युवतीको अश्लिल भिडिओ बनाएर सामाजिक सञ्जालमा शेयर गर्ने एक युवक काठमाडौंबाट पक्राउ

काठमाडौं । महिलाको अश्लिल भिडिओ बनाएको आरोपमा प्रहरीले कालिकोटका एक युवकलाई काठमाडौंबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा कालिकोटको तिलागुफा नगरपालिका- ३ बस्ने ३७ वर्षीय खगेन्द्र प्रसाद न्यौपाने रहेका जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी निरीक्षक बरम यादवले जानकारी दिए। न्यौपानेले एक युवतीको अश्लिल भिडिओ बनाएर विभिन्न व्यक्तिहरूलाई देखाउने र सामाजिक सञ्जालमा शेयर गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ। पीडित युवतीको जाहेरीको आधारमा ...

केन्द्रबिन्दु
सुन्दरीजलमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाइते
Latest NewsJust now

सुन्दरीजलमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक जना घाइते

काठमाडौँ, कात्तिक १७ गते । काठमाडौँको सुन्दरीजलमा गए राति दुई मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका अनुसार सुन्दरीजलबाट नाम्... ...

गोरखापत्र
सीमा अपराध नियन्त्रणमा नेपाल–भारत सहकार्य गर्ने सहमति
Latest NewsJust now

सीमा अपराध नियन्त्रणमा नेपाल–भारत सहकार्य गर्ने सहमति

लुम्बिनीमा सम्पन्न डीआईजीस्तरीय बैठकले सूचना आदानप्रदान, अवैध ओसारपसार नियन्त्रण र संयुक्त निगरानी बढाउने निर्णय गरेको छ। ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play