Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

अमेरिकाको मिसिसिपी नदीमा क्रूज जहाज र ट्यांकर ठोक्किए, क्रूज जहाज डुब्यो

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमेरिकाको मिसिसिपी नदीमा क्रूज जहाज र ट्यांकर ठोक्किए, क्रूज जहाज डुब्यो
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । अमेरिकाको न्यु अर्लिन्समा १२९ जना यात्रु सवार क्रूज जहाज ट्यांकरसँग ठोक्किँदा आंशिक रूपमा डुबेको छ । दुर्घटनामा ३२ जना घाइते भएका छन् । न्यु अर्लिन्स पोर्टका अनुसार शुक्रबार स्थानीय समयअनुसार दिउँसो १२ः३० बजे मिसिसिपी नदीमा ‘एट्लान्टिक डामर’ नामक ट्यांकर ‘अमेरिकन हेरिटेज’ क्रूज जहाजसँग ठोक्किएको थियो । दुर्घटनाभन्दा करिब दुई घण्टाअघि नै यात्रु ओराल्न क्रूज जहाज किनारमा रोकिएको थियो । न्यु अर्लिन्सकी मेयर हेलेना मोरेनोका अनुसार ३२ जनालाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ । उनले ट्यांकर नियन्त्रणबाहिर गएर क्रूज जहाजसँग ठोक्किएको बताइन् ।‘द एसोसिएटेड प्रेस’का अनुसार दुर्घटनाको भिडियोमा ट्यांकर जहाजसँग ठोक्किएपछि धातु र सिसा फुटेको ठूलो आवाज सुनिएको छ । लाइफ ज्याकेट लगाएका एक दर्जनभन्दा बढी यात्रुलाई नदीबाट उद्धार गरी नजिकैका जहाजमा पुर्‍याइएको थियो । दुर्घटनाका बेला नदीको पानीको तापक्रम १९ डिग्री सेल्सियस थियो । जहाज क्रमशः पानीतर्फ ढल्किँदै गएपछि केही यात्रु रेलिङ नजिकै उभिएका थिए । प्रत्यक्षदर्शी जेमी होल्फोर्डले स्थानीय टेलिभिजनसँग ठोक्किएको १५ मिनेटमै जहाज पल्टिएको बताए । घटनास्थलमा पोर्ट प्रहरी, दमकल, तटरक्षक बल र आपत्कालीन चिकित्सा टोली परिचालन गरिएको थियो । घाइतेको उपचार प्राथमिकताका आधारमा गर्न पोर्टको प्रशासनिक भवनमा छुट्टै क्षेत्र बनाइएको थियो । दुर्घटनापछि मिसिसिपी नदीमा जहाज आवतजावत रोकिएको छ । क्रूज जहाज सञ्चालक कम्पनी ‘अमेरिकन क्रूज लाइन्स’ले सबै यात्रु र चालक दलका सदस्यलाई सुरक्षित रूपमा उद्धार गरिएको जनाएको छ । सन् २०१५ मा निर्मित पाँच डेकको ‘अमेरिकन हेरिटेज’मा १५० जना यात्रु अटाउने क्षमता छ । जहाज लुजियाना र मिसिसिपीका विभिन्न स्थान समेटिएको आठदिने क्रूज यात्रामा थियो । ‘मरिन ट्राफिक’का अनुसार १६० मिटर लामो ट्यांकर मार्सल टापुको झण्डा फहराउँदै न्यु अर्लिन्सतर्फ जाँदै थियो । समुद्री मामिलासम्बन्धी पत्रिका ‘मरिन इनसाइट्स’का अनुसार उक्त ट्यांकर मुख्यतः डामर र बिटुमेन ढुवानीमा प्रयोग हुन्छ । दुर्घटनाको कारण र ठोक्किँदा ट्यांकरमा सामान लोड गरिएको थियो वा थिएन भन्ने खुलेको छैन । सन् २०१५ मा निर्मित पाँच डेक भएको ‘अमेरिकन हेरिटेज’ मा १५० जना यात्रु अटाउने क्षमता छ । उक्त जहाज लुजियाना र मिसिसिपीका विभिन्न स्थान समेटिएको आठदिने क्रूज यात्रा सञ्चालन गरिरहेको थियो । सीबीएसन्यूज

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान
Latest NewsJust now

रिजाललाई मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान

काठमाडौँ । ठाकुरप्रसाद शर्मा प्रतिष्ठानले गोरखापत्र दैनिकका पूर्वप्रधानसम्पादक एवं वरिष्ठ पत्रकार कमलप्रसाद रिजाललाई रु २५ हजार राशिको मदनदास श्रेष्ठ उत्कृष्ट पत्रकारिता सम्मान अर्पण गर्ने निर्णय गरेको छ । सो प्रतिष्ठान कार्य... ...

रातोपाटी
स्पेसएक्सको स्टारसिप पहिलोपटक ‘चपस्टिक्स’को सहायताले सुरक्षित अवतरण
Latest NewsJust now

स्पेसएक्सको स्टारसिप पहिलोपटक ‘चपस्टिक्स’को सहायताले सुरक्षित अवतरण

काठमाडौं । अन्तरिक्ष विज्ञान र एलन मस्कको अन्तरिक्ष अभियानको इतिहासमा स्पेसएक्सले एक ऐतिहासिक सफलता हासिल गरेको छ । लामो र चुनौतीपूर्ण अन्तरिक्ष यात्रापछि कम्पनीको स्टारसिप अन्तरिक्षयान प्रक्षेपण टावरमा जडित यान्त्रिक पाखुरा (चपस्टिक्स)को सहायताले सुरक्षित रूपमा समातिएको छ । यो सफलताले अन्तरिक्षयात्रीलाई चन्द्रमा र मंगल ग्रहसम्म पुर्‍याउने लक्ष्यतर्फ ठूलो प्राविधिक उपलब्धि हासिल भएको छ । यस परीक्षण उडानका मुख्य उपलब्धि र चुनौतीहरूमा ...

केन्द्रबिन्दु
राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटमा छठ पूजा गर्न जाने
Latest NewsJust now

राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटमा छठ पूजा गर्न जाने

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आइतबार दिउँसो ४ बजे गौरीघाटमा छठको पूजा गर्न जाने कार्यक्रम तय भएको छ । राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले राष्ट्रपति पौडेल दिउँसो ४ बजे गौरीघाटस्थित छठ... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play