Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

अमूर्त सम्पदाको संरक्षण व्यवहारमै पुस्तान्तरण गर्नुपर्छ : कार्यवाहक प्रमुख डंगोल

Share:WhatsAppFacebookX (Twitter)Telegram
अमूर्त सम्पदाको संरक्षण व्यवहारमै पुस्तान्तरण गर्नुपर्छ : कार्यवाहक प्रमुख डंगोल
Photo / Coverage: लुम्बिनी सञ्चार

काठमाडौं। काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले सम्यक महादानले नेवाः बौद्ध धर्म, संस्कृति तथा अमूर्त सम्पदाको पुस्तान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने बताएकी छन्। राष्ट्रपति रामचन्द्र पौडेललाई सम्यक महादानमा सहभागी हुन निमन्त्रणा दिन शुक्रबार शीतल निवासमा आयोजित कार्यक्रममा बोल्दै डंगोलले परम्परागत संस्कृति, रीतिरिवाज तथा अमूर्त सम्पदाको संरक्षण लिखित अभिलेखमा मात्र सीमित नराखी व्यवहारमै निरन्तरता दिनुपर्ने बताइन्। उनका अनुसार सम्यक महादान आयोजना गर्नुको मुख्य उद्देश्य परम्परागत संस्कृति, रीतिरिवाज तथा अमूर्त सम्पदालाई एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्नु हो। सम्यक महादानका क्रममा परम्परागत विधि तथा रीतिरिवाजको अभ्यास गर्दा नयाँ पुस्ताले आफ्नो संस्कृति र सम्पदाबारे प्रत्यक्ष रूपमा सिक्ने अवसर प्राप्त गर्ने उनले बताइन्। डंगोलले नेपालको मौलिक बौद्ध धर्म तथा नेवाः बौद्ध परम्पराको पहिचानका रूपमा रहेको सम्यक महादान र सम्यक भोजनको परम्परा लोप हुन नदिन सबैको साथ र सहयोग आवश्यक रहेको बताइन्। “काठमाडौं महानगरपालिकाले सम्यक महादान गर्नुको एउटै मात्र उद्देश्य हाम्रा सम्यक महादानको पुस्तान्तरण हुनुपर्छ भन्ने हो। अमूर्त सम्पदाको पुस्तान्तरण तब हुन्छ, जब हामी ती सम्पदा, परम्परा र रीतिरिवाजलाई निरन्तर रूपमा एउटा पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्छौं,” उनले भनिन्। अमूर्त सम्पदा लिखित रूपमा अभिलेख राखेर मात्र संरक्षण नहुने भन्दै उनले व्यवहारमै परम्परागत विधि र रीतिरिवाजको अभ्यास गर्नुपर्नेमा जोड दिइन्। “हामीले गर्नुपर्ने सम्पूर्ण रीतिरिवाज गरेर हाम्रा सम्पदाबारे धेरै सिक्न सक्छौँ। त्यसैलाई निरन्तरता दिने प्रयास भएको छ,” उनले भनिन्। डंगोलले नेपालको मौलिक बौद्ध परम्परा र नेवाः बौद्ध धर्मको पहिचानसँग जोडिएको सम्यक महादान तथा सम्यक भोजनको परम्परा लोप हुन नदिन सामूहिक प्रयास आवश्यक रहेको बताइन्। काठमाडौं महानगरपालिकाले आगामी माघ १ गते स्वयम्भूको भुइँखेलमा ऐतिहासिक एवं परम्परागत सम्यक महादान आयोजना गर्ने भएको छ। २२ वर्षदेखि हुन नसकेको सम्यक महादानलाई पुनर्जीवन दिने उद्देश्यले महानगरपालिकाले कार्यक्रम आयोजना गर्न लागेको हो। सम्यक महादान नेवाः बौद्ध परम्परासँग जोडिएको महत्वपूर्ण सांस्कृतिक तथा धार्मिक परम्पराका रूपमा रहेको छ। – न्युज एजेन्सी नेपाल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on लुम्बिनी सञ्चार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीन र बङ्गलादेश एकसाथ उभिने
Latest NewsJust now

अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीन र बङ्गलादेश एकसाथ उभिने

ढाका । अन्तर्राष्ट्रिय परिस्थितिमा जस्तोसुकै परिवर्तन आए पनि चीन र बङ्गलादेश एकअर्काको साथमा उभिने प्रतिबद्धता चीनको कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको अन्तर्राष्ट्रिय विभागका मन्त्री लिउ हाइछिङले व्यक्त गरेका छन्। बङ्गलादेशको राजधानी ढाकामा... ...

रातोपाटी
विवादमै अल्झियो सुदूरपश्चिम प्रदेश सभा
Latest NewsJust now

विवादमै अल्झियो सुदूरपश्चिम प्रदेश सभा

अविनाश चौधरीधनगढी, कात्तिक २० गते । जनताको सार्वभौमसत्ताको प्रयोग गर्ने तथा नीति निर्धारण र कानुन निर्माण गर्ने सुदूरपश्चिम प्रदेश सभा अनिर्णयको बन्दी जस्तै बनेको छ । चालु आर्थिक व... ...

गोरखापत्र
कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा
Latest NewsJust now

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कपिलवस्तु । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २६१ परिवारले लामो समयको प्रतीक्षापछि गाउँब्लक जग्गाको जग्गाधनी दर्ता प्रमाण पुर्जा (लालपुर्जा) प्राप्त गरेका छन् । कृष्णनगर नगरपालिका र नापी कार्यालय तौलिहवा, कपिलवस्तुको संयुक्त आयोजनामा कृष्णनगर नगरपालिका–९ मा आयोजित कार्यक्रममा वडा नं १, ७ र ९ का जग्गाधनीलाई लालपुर्जा वितरण गरिएको हो । नगरपालिकाका अनुसार वडा नं १ का ७३, वडा नं ७ का ४९ र ...

नेपालन्युज
करिब दुई लाख विद्यार्थीको विवरण फर्जी देखियो, शिक्षा मन्त्रालयले बनायो छानबिन समिति
Latest NewsJust now

करिब दुई लाख विद्यार्थीको विवरण फर्जी देखियो, शिक्षा मन्त्रालयले बनायो छानबिन समिति

काठमाडौं । विद्यालय शिक्षाको एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली (इएमआईएस) मा धेरै विद्यार्थीको विवरण दोहोरिएको देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले छानबिन अघि बढाएको छ। प्रणालीमा व्यापक मात्रामा विवरण दोहोरिएको देखिएपछि मन्त्रालयले यसलाई गम्भीरताका साथ लिँदै छानबिनका लागि मन्त्रीस्तरीय निर्णयमार्फत समिति गठन गरेको हो। सत्यतथ्य अध्ययन गरी दोषीमाथि आवश्यक कारबाहीको सिफारिस गर्न आज बिहिबार मन्त्रीस्तरीय निर्णयबाट ५ सदस्यीय अध्ययन तथा अनुगमन समिति ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play