Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

अब नेपालमै विश्वस्तरीय आईआईटी, भारतसँगको शैक्षिक सहकार्यमा अरु के-के भए ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
अब नेपालमै विश्वस्तरीय आईआईटी, भारतसँगको शैक्षिक सहकार्यमा अरु के-के भए ?
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपालमा विश्वप्रसिद्ध इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) को क्याम्पस स्थापना हुने भएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको भारतको राजकीय भ्रमणका क्रममा नेपालमा प्रतिष्ठित भारतीय उच्च शैक्षिक संस्थाहरूको शाखा खोल्ने प्रक्रिया आईआईटीबाट सुरु गर्ने सहमति भएको हो। प्रेस ब्रिफिङको क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा आईआईटीको अफसोर क्याम्पस स्थापना हुने बताए । “नेपालमा आईआईटीको अफसोर क्याम्पस स्थापना हुनेछ,” उनले भने । त्यसपछि सम्बोधन गर्नुभएका नेपालका प्रधानमन्त्री वालेन्द्र शाहले पनि नेपाललाई प्राविधिक शिक्षाको हब बनाउने विश्वास व्यक्त गर्दै भारतीय विद्यार्थीहरूसमेत नेपालमा अध्ययन गर्न आउने वातावरण निर्माण गरिने बताए । उनले भने, “आगामी दिनमा भारतीय विद्यार्थी नेपालमा स्थापना हुने आईआईटीमा अध्ययन गर्न आउने वातावरण बनाउनेछौँ।” नेपाल सरकारले आफ्नो बजेट र नीति तथा कार्यक्रममार्फत विश्वका प्रतिष्ठित विश्वविद्यालय तथा शैक्षिक संस्थाहरूलाई नेपालमै क्याम्पस सञ्चालन गर्न प्रोत्साहन गर्ने नीति अघि सारेको थियो। प्रधानमन्त्री शाहको भारत भ्रमणमा भएको यो सहमतिसँगै सरकारको उक्त नीतिगत प्रतिबद्धता अब कार्यान्वयनको चरणमा प्रवेश गरेको हो। यस सहकार्यलाई नेपालमा एउटा विदेशी शैक्षिक संस्था थपिने विषयका रूपमा मात्र नहेरी समग्र इन्जिनियरिङ शिक्षा, अनुसन्धान र नवप्रवर्तनको वातावरण बलियो बनाउने आधारका रूपमा लिनुपर्ने शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले बताएका छन् । “स्वदेशमै उत्कृष्ट इन्जिनियर, अनुसन्धानकर्ता, नवप्रवर्तक र प्रविधि उद्यमी उत्पादन गर्न सक्ने बलियो शैक्षिक इकोसिस्टम निर्माण गर्ने लक्ष्यसहित यो पहल अघि बढाइएको हो,” मन्त्री पोखरेलले भने, “नेपालको उच्च शिक्षा र दक्ष प्राविधिक जनशक्ति विकासको यात्रामा यो एक महत्त्वपूर्ण सुरुवात हो। यसरी नै विश्वका अन्य प्रतिष्ठित शैक्षिक संस्थाहरुसँग पनि सहकार्य हुनेछ।” छात्रवृत्ति विस्तारदेखि व्यावसायिक तालिम केन्द्रसम्मका सहमति प्रधानमन्त्री शाहको भारत भ्रमणका अवसरमा जारी संयुक्त दृष्टिकोण पत्रमा शिक्षा तथा सीप विकासका अन्य महत्वपूर्ण विषयहरू पनि समेटिएका छन्। संयुक्त दृष्टिकोण पत्रअनुसार हाल सञ्चालनमा रहेका छात्रवृत्ति योजनाहरूलाई विस्तार गर्दै अब नेपाली विद्यार्थीहरूका लागि कानुन (ल), प्रविधि (टेक्नोलोजी) र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जस्ता आधुनिक तथा नयाँ विषयहरूमा थप छात्रवृत्ति र तालिमका अवसरहरू प्रदान गरिनेछ। यसैगरी, दुई देशका शैक्षिक तथा तालिम संस्थाहरूबीचको सहकार्यलाई अझ सुदृढ बनाउँदै प्राध्यापक (फ्याकल्टी) र विज्ञहरूको आदानप्रदानलाई प्रोत्साहन र संस्थागत गरिने बताइएको छ। नेपाली युवाहरूलाई स्वदेशमै रोजगारी र उद्यमशीलतासँग जोड्न भारतको सहयोगमा एक व्यावसायिक तालिम केन्द्र (भोकेसनल ट्रेनिङ इन्स्टिच्युट) स्थापना गरिने भएको छ। उक्त केन्द्रमार्फत नेपाली युवाहरूलाई उत्पादन (म्यानुफ्याक्चरिङ), सेवा (सर्भिसेज) र उद्यमशीलताका क्षेत्रमा आवश्यक व्यावहारिक सीप तथा तालिम प्रदान गरिनेछ। त्यस्तै, लुम्बिनी बौद्ध विश्वविद्यालयमा ‘नालन्दा केन्द्र’ स्थापना गरी नालन्दा विश्वविद्यालयसँग सहकार्य गरिने, नेपालमा आईसीएआर सेन्टर अफ एक्सिलेन्स स्थापना गर्दै दुई देशका कृषि विश्वविद्यालयहरूबीच सम्बन्ध विस्तार गरिने तथा प्रमुख मेडिकल संस्थानहरूबीच विद्यार्थी र प्राध्यापक आदानप्रदानलाई प्रोत्साहन गरिने उल्लेख छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
‘सूर्य किरण’ अभ्यासमा सहभागी हुन भारतीय सैनिक टोली नेपालमा
Latest NewsJust now

‘सूर्य किरण’ अभ्यासमा सहभागी हुन भारतीय सैनिक टोली नेपालमा

भारतीय सेनाको एक टोली संयुक्त अभ्यासका लागि नेपाल आएको छ। रुपन्देहीको सालझण्डीस्थित नेपाली सैनिक ब्याटल स्कुलमा यही मंसिर ९ देखि २२ गतेसम्म सञ्चालन हुने ‘सूर्य किरण’ अभ्यासमा सहभागिताका लागि भारतीय सेनाको टोली नेपाल आएको हो। उक्त अभ्यासमा भारतीय सेनाको १२ कुमाउ रेजिमेन्ट र नेपाली सेनाको तर्फबाट ज्वालादल गण सहभागी हुनेछन्। विसं २०६७ सालदेखि न... ...

नेपालखबर
मेडिकल शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयनमा सरकार सक्रिय
Latest NewsJust now

मेडिकल शिक्षा सुधारका लागि भएका सहमति कार्यान्वयनमा सरकार सक्रिय

काठमाण्डु – मेडिकल शिक्षा क्षेत्रको सुधार र विगतमा भएका सहमति तथा सम्झौता कार्यान्वयनका विषयमा सरकारले सरोकारवालासँग छलफल अघि बढाएको छ । सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलको उपस्थितिमा भएको छलफलमा चिकित्सा शिक्षा सुधारका विभिन्न मुद्दा र कार्यान्वयन हुन बाँकी सम्झौताका विषयमा समीक्षा गरिएको हो । बैठकमा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार प्रा.डा. जगदीशप्रसाद […] ...

काठमाण्डुपाटी
बालेन फर्किएपछि हर्कले लेखे- ‘नेपाललाई भारतको भीख चाहिएको छैन’
Latest NewsJust now

बालेन फर्किएपछि हर्कले लेखे- ‘नेपाललाई भारतको भीख चाहिएको छैन’

काठमाडौं । विपक्षी दल श्रम संस्कृती पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणबारे कटाक्ष गरेका छन् । भारतले नेपाललाई दिएको २४ हजार करोड विकास सहायता प्याकेज लक्षित हर्कले कटाक्ष गरेका हुन् । प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा सोमबार भारतीय समकक्षी नरेन्द्र मोदीले नेपालको पुननिर्माण र दीर्घकालिन विकासका लागि भन्दै २४ हजार करोड […] ...

लोकपथ
भारतको दुईदिने राजकीय भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन
Latest NewsJust now

भारतको दुईदिने राजकीय भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री बालेन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह भारतको दुईदिने राजकीय भ्रमण सम्पन्न गरी सोमबार साँझ स्वदेश फर्किएका छन् । प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले स्वागत गरेका थिए... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement