Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

अबुधाबीमा अमेरिका-रुस-युक्रेनबीच त्रिपक्षीय वार्ता हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
अबुधाबीमा अमेरिका-रुस-युक्रेनबीच त्रिपक्षीय वार्ता हुने
Photo / Coverage: केन्द्रबिन्दु

अबुधाबी । अमेरिकाले रसिया–युक्रेन युद्ध अन्त्यका विषयमा अबुधाबीमा त्रिपक्षीय छलफल आयोजना गर्ने भएको छ । नोभेम्बर १० र ११ मा हुने यस छलफलमा युक्रेन र रुसको प्रतिनिधिमण्डल एउटै टेबुलमा बस्नेछन् । वार्ताका दौरान युद्धपछिको सुरक्षा सम्झौता र तनाव न्यूनीकरणका विषयमा छलफल हुने अमेरिकी दूत स्टिभ जानकारी दिएका छन् । लामो समयदेखि जारी यो द्वन्द्वमा जाडो याम सुरु हुनुअघि नै कूटनीतिक सफलता हासिल गर्ने प्रयास अमेरिकी मध्यस्थकर्ताहरुले गरिरहेका छन् । यसअघि इरान युद्ध सुरु हुनअघि गत फेब्रुअरीमा अमेरिकाको मध्यस्थतामा शान्ति वार्ता भएको थियो । तर उक्त वार्ता सफल हुन सकेन । अमेरिकी दूत विटकफले सामाजिक सञ्जालमा लेख्दै आबुधाबीमा हुने नयाँ चरणको छलफलले युद्धपछिको सुरक्षा सम्झौता, तनाव न्यूनीकरण, मानवीय सहायताका उपायहरू र युद्ध अन्त्य गर्ने विषयहरूलाई समेट्ने बताएका छन् । रोयटर्सलाई एक वरिष्ठ अमेरिकी अधिकारीले दिएको जानकारीअनुसार आबुधाबीमा हुने वार्तामा मुख्य अमेरिकी वार्ताकारका रूपमा विटकफ र जारेड कुश्नरले अमेरिकाको प्रतिनिधित्व गर्ने अपेक्षा गरिएको छ । दोस्रो विश्वयुद्धपछिकै युरोपको सबैभन्दा भीषण रक्तपातपूर्ण द्वन्द्व रोक्न अमेरिकाले बढाएको पछिल्लो प्रयासस्वरूप दुई साताअघि सेन्ट पिटर्सबर्गमा विटकफले रुसी राष्ट्रपति भ्यादिमिर पुटिनसँग भेटेका थिए । यस भेटपछि पुटिन त्रिपक्षीय वार्ताको नयाँ श्रृंखलाका लागि सहमत भएका हुन्। एक अमेरिकी अधिकारीका अनुसार अमेरिकी वार्ताकारहरूले यसै साता ब्रसेल्समा फ्रान्स, जर्मनी, बेलायत, युरोपेली युनियन र नाटोका प्रतिनिधिहरूसँग कार्यदल स्तरमा बैठक गर्दैछन् । उक्त बैठकमा युक्रेनको सुरक्षा ग्यारेन्टी, युरोपको भावी सुरक्षा खाका र युक्रेनको पुनर्निर्माणका लागि आर्थिक सहयोग सम्बन्धी विषयमा छलफल हुनेछ । ‘विगतका छलफलहरूलाई निरन्तरता दिँदै आयोजित यी बैठकहरूले रसिया र युक्रेनबीच दिगो शान्ति सम्झौता कायम गराउन राष्ट्रपति ट्रम्पले गरिरहेको निरन्तर प्रयासलाई दर्शाउँछ,’ अधिकारीले भने । सम्भावित शान्ति सम्झौताका सर्तहरूलाई लिएर युक्रेन र रसियाबीच अझै पनि धेरै मतभेद छन् । यद्यपि, ट्रम्पले पछिल्लो समय युक्रेनलाई कुनै न कुनै सम्झौतामा आउन दबाब बढाएका छन् । रोयटर्स

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
बझाङमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, ६ जना गम्भीर घाइते
Latest NewsJust now

बझाङमा जीप दुर्घटना हुँदा दुईको मृत्यु, ६ जना गम्भीर घाइते

बझाङ।बझाङको केदारस्युँ गाउँपालिका–७ भामचौरमा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने ६ जना गम्भीर घाइते भएका छन्। बुधबार बिहान पौने ९ बजे से ००१ च ४३७६ नम्बरको जीप सडकबाट करिब १०० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा स्थानीय ४० वर्षीय गोपाल धामी र २७ वर्षीया पवित्रा धामी रहेका छन्। काँडाचौरबाट बाग्थलातर्फ आउँदै गरेको जीपमा १५ ...

नेपालन्युज
मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन :  डोनाल्ड ट्रम्प
Latest NewsJust now

मध्यावधि निर्वाचनमा पार्टीको हार म विरुद्धको प्रहार होइन :  डोनाल्ड ट्रम्प

वासिङ्टन डीसी । राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो पार्टीले मध्यावधि निर्वाचनमा व्यहोरेको हारलाई आफ्नो राष्ट्रपतीय कार्यकालप्रतिको असन्तुष्टिका रूपमा नलिएको बताएका छन् । सीएनएनका अनुसार निर्वाचनमा डेमोक्रेटिक पार्टीले प्रतिनिधिसभा र सिनेट दुवैमा... ...

रातोपाटी
पुनर्बिमा कम्पनीमा हकप्रदमार्फत सरकारले लगानी बढाउने
Latest NewsJust now

पुनर्बिमा कम्पनीमा हकप्रदमार्फत सरकारले लगानी बढाउने

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीमा सरकारले आफ्नो लगानी बढाउने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल पुनर्बिमा कम्पनीको हकप्रद सेयरमा लगानी गर्ने प्रस्ताव स्वीकृत गरेको हो । “नेपाल पुनर्बिमा कम्पनीमा नेपाल सरकारको थप हदप्रद सेयर लगानी गर्न बैठकले स्वीकृति प्रदान गरेको छ,” निणर्यमा भनिएको छ । सरकारले हकप्रदमार्फत कम्पनीमा सेयरहिस्सा बढाउने छ । हाल कम्पनीको सबैभन्दा धेरै सेयर होल्डर नै सरकार ...

कर्पोरट खबर
जाजरकोटमा भतिजाको कोदालो प्रहारबाट काकाको मृत्यु
Latest NewsJust now

जाजरकोटमा भतिजाको कोदालो प्रहारबाट काकाको मृत्यु

वासुदेव शर्माजाजरकोट, कात्तिक १८ गते । जाजरकोटको जुनीचाँदे गाउँपालिकामा भतिजाले कोदालो प्रहार गर्दा काकाको मृत्यु भएको छ ।जुनीचाँदे गाउँपालिका–८ पोखरीका ३० वर्षीय बले थापाले जेठा ब... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play