काठमाडौं । नेपाल टेलिकमले अन्तर्राष्ट्रिय बहिर्गमन कलमा लाग्ने पल्सदर परिवर्तन गर्दै सबै देशका लागि ६० सेकेण्डको पल्सदर लागू गरेको छ । कम्पनीका अनुसार यसअघि अन्तर्राष्ट्रिय कलमा ३० सेकेण्डको पल्सदर कायम रहेकोमा अब सबै देशमा ६० सेकेण्डको पल्सदर कायम हुनेछ । दूरसञ्चार ऐन, २०५३ को दफा ४२ बमोजिम नेपाल दूरसञ्चार प्राधिकरणबाट २०८३ भदौ २४ गते प्राप्त स्वीकृतिअनुसार पल्सदरमा परिवर्तन गरिएको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार नयाँ व्यवस्था लागू भएपछि अन्तर्राष्ट्रिय एक्सेस कोड ००, १४२४, १४२५ र १४४५ प्रयोग गरी सबै देशका दूरसञ्चार सेवा प्रदायकको नम्बरमा कल गर्दा ६० सेकेण्डको पल्सदर लागू हुनेछ । यसअघि २०८२ फागुन १ गतेको निर्णयअनुसार प्राप्त स्वीकृतिबमोजिम ५८ देशमा ६० सेकेण्डको पल्सदर लागू भइसकेको थियो । अब बाँकी देशमा समेत उक्त व्यवस्था लागू गर्न लागिएको हो । नेपाल टेलिकमले विभिन्न देशमा अन्तर्राष्ट्रिय कल गर्न फरक–फरक एक्सेस कोड व्यवस्था गरेको छ । प्रयोगकर्ताले सुरुमा एक्सेस कोड, त्यसपछि सम्बन्धित देशको कन्ट्री कोड र अन्त्यमा कल गर्नुपर्ने सेवा प्रदायकको नम्बर डायल गर्नुपर्ने कम्पनीका प्रवक्ता डा. कमल लामिछानेद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।
अबदेखि सबै देशमा ६० सेकेण्डको पल्सदर

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






