Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

अफ्रिका कपमा तमासाः मोरक्कोले उपाधि खोसेको ३१० दिनपछि फेरि सेनेगललाई फिर्ता

Share:WhatsAppFacebookX (Twitter)Telegram
अफ्रिका कपमा तमासाः मोरक्कोले उपाधि खोसेको ३१० दिनपछि फेरि सेनेगललाई फिर्ता
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । करिब १० महिना अर्थात् ३१० दिनदेखि विवादमा रहेको अफ्रिका कप अफ नेसन्स (एएफकन) को उपाधि विवादमा सेनेगलले पुनः जित हासिल गरेको छ । खेलकुदको सर्वोच्च मध्यस्थ निकाय कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्स (कास) ले सेनेगललाई च्याम्पियन घोषणा गर्ने मैदानको नतिजा पुनः कायम गरेपछि मोरक्कोको उपाधि खोसिएको छ । कासले अफ्रिकी फुटबल महासंघ (काफ) को अपिल बोर्डले यसअघि गरेको निर्णय उल्टाउँदै सेनेगलको १–० को जितलाई मान्यता दिएको हो । यससँगै सेनेगलले सन् २०२५ को अफ्रिका कपको उपाधि पुनः प्राप्त गरेको छ । गत जनवरी १८ मा मोरक्कोको राजधानी रबातमा भएको फाइनलमा सेनेगलले अतिरिक्त समयमा गोल गर्दै मोरक्कोलाई पराजित गरेको थियो । खेलको अन्तिम समयमा मोरक्कोले पेनाल्टी पाएपछि विवाद चर्किएको थियो । त्यसको विरोधमा सेनेगलका खेलाडी केही समय मैदानबाट बाहिरिएका थिए । करिब १४ मिनेटपछि खेल पुनः सुरु भएको थियो । मोरक्कोका ब्राहिम डियाजले पेनाल्टीमा गोल गर्न सकेनन् भने अतिरिक्त समयमा पापे गुएयेले निर्णायक गोल गर्दै सेनेगललाई १–० को जित दिलाएका थिए । तर, खेलपछि मोरक्कोले सेनेगलले मैदान छाडेर खेल अवरुद्ध गरेको भन्दै काफ र फिफासमक्ष उजुरी गरेको थियो । त्यसपछि काफको अपिल बोर्डले मार्च १७ मा सेनेगलले फाइनल गुमाएको ठहर गर्दै मोरक्कोलाई ३–० को जितसहित च्याम्पियन घोषणा गरेको थियो । सेनेगलले उक्त निर्णयविरुद्ध मार्च २५ मा कासमा अपिल गरेको थियो । कासको तीन सदस्यीय इजलासले रेफ्रीले खेल पुनः सुरु गर्ने निर्णय आफ्नो अधिकार क्षेत्रभित्र पर्ने ठहर गरेको छ । दुवै टोली मैदानमा फर्किएर खेल जारी राख्न सहमत भएपछि रेफ्रीले खेल सुरु गराएको भन्दै कासले त्यसमा कानुनी त्रुटि नभएको निष्कर्ष निकालेको हो । यद्यपि, उपाधि विवाद भने पूर्ण रूपमा टुंगिएको छैन । मोरक्को फुटबल महासंघले कासको निर्णयप्रति असन्तुष्टि जनाउँदै मध्यस्थताको प्रक्रियामा अनियमितता भएको आरोप लगाएको छ । विशेषगरी निर्णय आउनुभन्दा ४८ घण्टाअघि कासका मध्यस्थकर्ता उलरिख हास र सेनेगल फुटबल महासंघका अध्यक्ष अब्दुलाये फलबीच सम्पर्क भएको दाबी गर्दै मोरक्कोले थप कानुनी बाटो अपनाउने जनाएको छ । तर सेनेगल फुटबल महासंघले यस्तो सम्पर्क भएको आरोप अस्वीकार गरेको छ । कासले पनि मध्यस्थकर्ता हासले विवादका पक्षहरूसँग कुनै प्रत्यक्ष सम्पर्क नगरेको स्पष्ट पारेको छ । कासको निर्णयलाई स्विट्जरल्यान्डको संघीय सर्वोच्च अदालतमा चुनौती दिन सकिने भए पनि त्यसका लागि सीमित कानुनी तथा प्रक्रियागत आधार आवश्यक पर्नेछ । त्यसैले मोरक्कोले थप कानुनी प्रक्रिया अघि बढाए उपाधि विवाद अझै लम्बिन सक्ने देखिएको छ । यससँगै सेनेगलले दोस्रोपटक अफ्रिका कपको उपाधि जितेको छ भने सन् १९७६ यता उपाधि जित्न नसकेको मोरक्कोको प्रतीक्षा थप लम्बिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
६० जना एसपीको सरुवा, काठमाडौं र भक्तपुर परिसर प्रमुख फेरिए [सूचीसहित]
Latest NewsJust now

६० जना एसपीको सरुवा, काठमाडौं र भक्तपुर परिसर प्रमुख फेरिए [सूचीसहित]

काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयले ६० जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको मंसिर ८ गतेको निर्णयअनुसार उनीहरूको सरुवा गरिएको हो । सरुवाअनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको प्रमुखमा दानबहादुर थापा र भक्तपुर परिसरको प्रमुखमा रुकेश तण्डुकार खटिएका छन् । त्यस्तै, बारामा कुमार विक्रम थापा, मोरङमा दिलीपकुमार गिरी, उदयपुरमा धर्मराज भण्डारी, तनहुँमा नरेशराज सुवेदी, बाँकेमा नवराज मल्ल र ...

केन्द्रबिन्दु
सी जिन्पिङलाई एन्भिडिआमा जेन्सन वाङ पुनरागमनको सन्देश के हो
Latest NewsJust now

सी जिन्पिङलाई एन्भिडिआमा जेन्सन वाङ पुनरागमनको सन्देश के हो

Reuters एन्भिडिआका प्रमुख कार्यकारी अधिकृतमा जेन्सन वाङको पुनर्बहालीले चीनसहित विश्वको ध्यान खिचेको छ। चीनको सबैभन्दा ठूलो सामाजिक सञ्जाल वेबोमा त यो बहस 'टप ट्रेन्डिङ' विषय नै बन्यो।आफूले चीनलाई माया गर्ने बताएका ...

बीबीसी नेपाली
दशौं राष्ट्रिय खेलकुद : आज दोस्रो दिन यी पाँच खेलमा प्रतिस्पर्धा
Latest NewsJust now

दशौं राष्ट्रिय खेलकुद : आज दोस्रो दिन यी पाँच खेलमा प्रतिस्पर्धा

काठमाडौं । दशौं राष्ट्रिय खेलकुदका लागि बुधबार पाँच खेलका लागि प्रतिस्पर्धा हुने भएका छन् । औपचारिक उद्घाटन मंसिर १६ गते हुने भए पनि केही खेल भने मंगलबारदेखि नै सुरु भएका थिए । सोहीअन्तर्गत आज बुधबार पाँच खेलमा प्रतिस्पर्धा हुन लागेको हो । बुधबार प्रतिस्पर्धा हुने खेलहरुमा महिला क्रिकेट, पुरुष फुटबल, महिला बास्केटबल, टेनिस र पौडी […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement