Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

अफगानिस्तानमा कोइला खानी व्यवस्थित बन्दै, उत्पादन र राजश्वमा वृद्धि

Share:WhatsAppFacebookX (Twitter)Telegram
अफगानिस्तानमा कोइला खानी व्यवस्थित बन्दै, उत्पादन र राजश्वमा वृद्धि
Photo / Coverage: टक्सार

अफगानिस्तानमा कोइला खानीलाई व्यवस्थित र सुरक्षित बनाउने अभियानसँगै उत्पादन तथा राजश्वमा वृद्धि हुन थालेको छ । खानीमा आधुनिक उपकरण र सुरक्षा प्रविधिको प्रयोग बढाइएपछि मजदुरको कार्यस्थल सुरक्षित बन्नुका साथै कोइला उत्पादनसमेत बढेको हो । अफगानिस्तानको उत्तरी बघलान प्रान्तस्थित ऐतिहासिक कारकर कोइला खानीमा पछिल्लो समय सुधारिएका सुरक्षा मापदण्डअनुसार उत्खनन भइरहेको छ । सुरुङभित्र काम गर्ने मजदुरको सुरक्षाका लागि धातु तथा काठका सहारा संरचना निर्माण गरिएका छन् । यसले सुरुङ भत्किने जोखिम कम गरेको छ । कारकर खानीमा करिव २५० मजदुर कार्यरत छन् । राजधानी काबुलबाट करिब १७० किलोमिटर उत्तरमा पर्ने पुल–ए–खुम्री सहरको बाहिरी क्षेत्रमा रहेको उक्त खानी उच्च गुणस्तरको कोइलाका लागि परिचित छ । खानीमा पाँच वर्षभन्दा बढी समयदेखि काम गर्दै आएका अहमद साबेरले मजदुरीबाट सात सदस्यीय परिवारको खर्च धान्दै आएका छन् । उनले अहिले खानीमा काम गर्ने वातावरण राम्रो रहेको र आवश्यक सुरक्षा तथा काम गर्ने उपकरण उपलब्ध गराइएको बताए । उनकाअनुसार दैनिक बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म मजदुरहरू सुरुङभित्र कोइला उत्खननमा खटिने गरेका छन् । कामको अवस्था र सुरक्षा व्यवस्थाबारे निरीक्षक तथा अधिकारीहरूले दैनिक अनुगमन गर्ने गरेका छन् । खानी सुरक्षा अधिकारी गुला जानकाअनुसार विगतमा खानीभित्र विषाक्त ग्यासको अवस्था पत्ता लगाउने उपकरणसमेत उपलब्ध थिएनन् । अहिले भने सरकारले ग्यास पत्ता लगाउने उपकरणसहित आवश्यक सुरक्षा सामग्री उपलब्ध गराएको छ । नर्थ कोल कम्पनीका इन्जिनियरिङ निर्देशक अब्दुल लतिफ वहाबजाईका अनुसार उत्तरी अफगानिस्तानका नौवटै कोइला उत्खनन क्षेत्रमा प्राविधिक सुविधा र आधुनिक उपकरण विस्तार गर्ने काम भइरहेको छ । विगतमा पर्याप्त सहारा संरचनाबिना सुरुङ खन्ने गरिएकामा अहिले प्राविधिक मापदण्डअनुसार धातु र काठका संरचना जडान गरेर सुरुङलाई सुरक्षित बनाइएको उनले बताए । उनकाअनुसार उत्तरी क्षेत्रमा सरकारी स्वामित्वका खानीबाट मात्रै दैनिक करिव १ हजार २०० देखि १ हजार ५०० टनसम्म कोइला उत्पादन भइरहेको छ । खानीमा प्रविधि र सुरक्षा व्यवस्थाको सुधारले मजदुरको जीवन जोखिम कम गर्नुका साथै उत्पादन क्षमता बढाउन सहयोग पुगेको छ । यसले स्थानीय समुदायको आम्दानी र अफगानिस्तानको राष्ट्रिय अर्थतन्त्रमा समेत योगदान पु¥याउने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
दक्षिण कोरियाद्वारा लडाकू विमान परिचालन
Latest NewsJust now

दक्षिण कोरियाद्वारा लडाकू विमान परिचालन

सियोल, मङ्सिर ८ गते । दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य विमानलाई हटाउन मङ्गलबार लडाकू विमान परिचालन गरेको जनाएको छ । रूसी विमानले कोरियाली प... ...

गोरखापत्र
हङकङमा नेपालीको ‘पब्लिक इन्भेस्मेन्ट ग्रुप’ लगातार लाभांश वितरण गर्न सफल
Latest NewsJust now

हङकङमा नेपालीको ‘पब्लिक इन्भेस्मेन्ट ग्रुप’ लगातार लाभांश वितरण गर्न सफल

हङकङमा नेपालीहरूद्वारा सञ्चालित केही वित्तीय संस्था ओरालो लागिरहेका बेला ‘पब्लिक इन्भेस्मेन्ट ग्रुप लिमिटेड’ले भने सेयरधनीलाई लगातार आकर्षक नाफा वितरण गरिरहेको छ। यस क्रममा यही नोभेम्बर २२ (आइतबार) जोर्डनस्थित रिच गार्डेन बन्क्वेट हलमा आयोजित चौथो साधारणसभामा इन्भेस्टमेन्ट ग्रुपले आफ्ना सेयर सदस्यहरूलाई १२ प्रतिशत नगद लाभांश वितरण गरेको छ। पहिलो ... ...

नेपालखबर
मकरबहादुर दाइको सम्झना...
Latest NewsJust now

मकरबहादुर दाइको सम्झना...

पुराना यादहरूको सम्झाइ पनि एउटा तरङ्ग जस्तै हो । सायद यो सबैलाई हुँदोहोला या मलाई मात्र भएको हो तर सम्झनाको तरेलीहरू खातका खात छन्, मनमा । कुनचाहिँ खात कतिबेर सम्झन थालिन्छ, आफैँला... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement