Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल

Share:WhatsAppFacebookX (Twitter)Telegram
अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल
Photo / Coverage: नेपालन्युज

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-४ नारच्याङस्थित अन्नपूर्ण आधार शिविर र मौरिस हर्जोग पदमार्गमा पर्यटकको चहलपहल बढेको छ । अनुकूल मौसम भएपछि दसैँ, तिहारको बिदा मनाउनका लागि आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण हिमालको आधार शिविर, पञ्चकुण्ड ताल र मौरिस हर्जोग पदमार्गमा चहलपहल बढेको हो । मौरिस हर्जोग पदमार्गका अभियान्त तेज गुरुङले दसैँपछि दैनिक २०० जनाको हाराहारीमा नेपाली, भारतीय र तेस्रो मुलुकका पर्यटक आधार शिविरको भ्रमणमा गइरहेका जानकारी दिए। “गत असोजको मनसुनजन्य विपद्बाट क्षति नपुगेको र सुरक्षित भएकाले बिदा मनाउनका लागि युवायुवती र रोजगारी भएकाहरूले अन्नपूर्ण आधार शिविरलाई रोजेका छन्”, उनले भने, “पदमार्गका रेष्टुरेन्ट र क्याम्प भरिभराउ छन् ।” समुद्री सतहदेखि चार हजार ५० मिटरको उचाइमा अवस्थित आधार शिविर पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गएको छ । बेनी, भुरुङ-तातोपानी र नारच्याङका पर्यटन व्यवसायीहरू उत्साहित भएका छन् । अन्नपूर्ण आधार शिविरको पारिवारिक भ्रमण सकेर बेनी फर्किएकी म्याग्दी बहुमुखी क्याप्पसका प्राध्यापक मनिता रायमाझीले दुईदेखि तीन दिनमा गर्न सकिने अन्नपूर्ण आधार शिविरको यात्रा छोटो, साहासिक र रमणीय भएको प्रतिक्रिया दिइन् । पर्यटकको सहजताका लागि पदमार्गको हुमखोलादेखि आधार शिविरसम्मको विभिन्न स्थानमा अस्थायी संरचना निर्माण गरी चिया तथा खाजा पसल र खाना र बस्ने सुविधासहितका होटल सञ्चालनमा ल्याइएको छ । सन्धीखर्क, भुसकेट मेला, पञ्चकुण्ड ताल परिसरमा आश्रयस्थल निर्माण गरिएको छ । हुमखोला, फुतफुते झरना, गुफाफाट, भुसकेट र पञ्चकुण्डमा खानेपानी, शौचालयलगायत पर्यटकीय पूर्वाधार निर्माण गरिएको छ । संघीय, प्रदेश र गाउँपालिकाको बजेटबाट पदमार्ग तथा झोलुङ्गे पुलहरूको मर्मतसम्भार गरिएको छ । आधार शिविरमा पहिलो आरोही मौरिस हर्जोग, लुइस लचेनल र नेपाली सहयोगी सोनाम वाङ्चुक शेर्पाको सालिक राखिएको छ भने खुल्ला सङ्ग्रहालय स्थापना गरिएको छ । गत हप्ता पदमार्गको प्रवेशद्वार बाँसबोटमा पर्यटक सूचना केन्द्र स्थापना भएको छ । पहिलो आरोही मौरिस हर्जोगका नामबाट पदमार्गको नामकरण गरिएको अन्नपूर्ण गाउँपालिका-४ का वडाध्यक्ष लोकबहादुर फगामीले बताए । नेपालमा ‘जेठो हिमाल’ भनेर चिनिने अन्नपूर्ण प्रथमको आधार क्षेत्रसम्म पुग्ने ‘मौरिस हर्जोग पदमार्ग’अन्तर्गत नारच्याङको दोभान-छोटेपा हुँदै हुमखोलासम्म २० किलोमिटर सवारीसाधनमा पुगेर त्यहाँबाट करिब २१ किलोमिटर पैदलमार्ग हुँदै दुई दिनको पदयात्रापछि अन्नपूर्ण आधार शिविरसम्म पुग्न सकिन्छ । पदमार्गमा रहेको फुतफुते झरना, आधार शिविर क्षेत्रमा रहेको पञ्चकुण्ड ताल र हिमालको प्राकृतिक सुन्दरताले पर्यटकको यात्रालाई थप रोमाञ्चक बनाउँछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन
Latest NewsJust now

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन

कास्की । पोखरा महानगरपालिकाले तिहारमा प्लास्टिकका कृत्रिम फूल मालाको प्रयोग निरुत्साहित गर्दै स्थानीय उत्पादनका प्राकृतिक फूल मालालाई प्रोत्साहन गर्न बजार अनुगमन तीव्र बनाएको छ । सरकारले प्लास्टिकजन्य फूल मालाको उत्पादन, आयात, बिक्री वितरण तथा भण्डारणमा प्रतिबन्ध लगाए पनि बजारमा त्यस्ता सामग्री बिक्रीका लागि राखिएको पाइएपछि महानगरले अनुगमन अभियानलाई तीव्रता दिएको हो । महानगरपालिकाको आर्थिक विकास महाशाखा प्रमुख मनहर कडरियाका अनुसार पोखरा ...

नेपालन्युज
स्पेनी ला लिगामा रियलको शीर्षस्थानमा, बार्सिलोनासँग बराबरी रोकियो
Latest NewsJust now

स्पेनी ला लिगामा रियलको शीर्षस्थानमा, बार्सिलोनासँग बराबरी रोकियो

काठमाडौं । किलियन एमबापेले लगातार सातौं खेलमा गोल गरेपछि रियल म्याड्रिडले शनिबार स्पेनी ला लिगामा दस खेलाडीमा सीमित भ्यालेन्सियालाई ३–० ले हराएको छ । यस जितपछि रियलले लिग तालिकामा शीर्ष स्थानमा रहेको बार्सिलोनासँग अंक बराबरी पनि गरेको छ । बार्सिलोना र रियल दुवैको ३० अंक भएको छ । एटलेटिको म्याड्रिड भने २९ अंकमा रहेको छ । जोसे मोउरिन्होको रियल सबै प्रतियोगितामा ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play