Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका क्रिस्टियानो रोनाल्डोका ७ चर्चित कीर्तिमान

Share:WhatsAppFacebookX (Twitter)Telegram
अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका क्रिस्टियानो रोनाल्डोका ७ चर्चित कीर्तिमान
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । पोर्चुगलका महान् फुटबल खेलाडी ४१ वर्षीय क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास लिएका छन् । आज संन्यास घोषणा गरेसँगै उनको २३ वर्ष लामो अन्तर्राष्ट्रिय खेल जीवन अन्त्य भएको छ । सन् २००३ बाट पोर्चुगलको राष्ट्रिय टोलीमा रहेका रोनाल्डोले राष्ट्रिय टोली तथा क्लब फुटबलमा थुप्रो कीर्तिमानहरू बनाएका छन् । केही कीर्तिमान त यस्ता छन्, जसलाई तोड्न त्यति सजिलो छैन । यद्यपि भनिन्छ नि, रेकर्डहरू तोडिनकै लागि बन्ने हुन् । तर, अन्य खेलाडीहरूलाई रोनाल्डोको रेकर्ड तोड्नका लागि सधैँ उच्च फर्ममा रहेर मात्र पुग्ने छैन, रोनाल्डोले जत्ति नै लामो समयसम्म खेलिरहनुपर्नेछ । रोनाल्डोले बनाएका कयौँ कीर्तिमानहरूमध्ये यी हुन् ७ चर्चित कीर्तिमानहरुः– १. सबैभन्दा बढी अन्तर्राष्ट्रिय खेल – २३४ २. सबैभन्दा धेरै अन्तर्राष्ट्रिय गोल – १४६ ३. फरक ६ वटा विश्वकपमा गोल (२००६ देखि २०२२ सम्म) ४. युरोकपमा सर्वाधिक गोलकर्ता – १४ गोल (६ पटक सहाभागिता) ५. फरक ४ क्लबबाट १०० भन्दा बढी गोल गर्ने एक्ला खेलाडी(म्यानेचेस्टर युनाइटेड, रियल म्याड्रिड, युभेन्टस र अल नासर) ६. युरोपियन च्याम्पियन्स लिगमा सर्वाधिक गोलकर्ता – १४० गोल ७. इतिहासकै सर्वाधिक गोलकर्ता – ९८५ गोल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता होः सभापति लामिछाने
Latest NewsJust now

जनतालाई जोगाउनु सरकारको पहिलो प्राथमिकता होः सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नारायणी नदीको कटानबाट बजार क्षेत्रको सुरक्षाका लागि तत्काल र दीर्घकालीन योजना बनाएर अघि बढ्ने बताएका छन् । नारायणी नदी किनारको क्षतिको... ...

रातोपाटी
विश्वकै पहिलो बायोनिक मानवरूपी रोबोट समाचारवाचक सार्वजनिक
Latest NewsJust now

विश्वकै पहिलो बायोनिक मानवरूपी रोबोट समाचारवाचक सार्वजनिक

काठमाडौं । चीनको सरकारी समाचार संस्था सिन्ह्वाले विश्वकै पहिलो बायोनिक मानवरूपी रोबोट समाचारवाचक सार्वजनिक गरेको छ । बिहीबारदेखि बेइजिङमा सुरु सातौँ विश्व मिडिया शिखर सम्मेलनका अवसरमा सिन्ह्वाले उक्त रोबोट समाचारवाचक सार्वजनिक गरेको हो । मानिसजस्तै देखिने र समाचारवाचन गर्न सक्ने ती रोबोटलाई सञ्चार क्षेत्रमा प्रविधिको नयाँ प्रयोगका रूपमा हेरिएको छ । सातौँ विश्व मिडिया शिखर सम्मेलनमा विश्वभरका सञ्चारमाध्यमका प्रतिनिधि तथा सञ्चार ...

केन्द्रबिन्दु
इरानमाथि आक्रमणबारे ट्रम्पको छलफल
Latest NewsJust now

इरानमाथि आक्रमणबारे ट्रम्पको छलफल

वासिङ्टन।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सैन्य कारबाही पुनः सुरु गर्ने विषयमा राष्ट्रिय सुरक्षा टोलीसँग छलफल गरेका छन्। मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीले धक्का व्यहोरेपछि उनको अभिव्यक्ति केही नरम देखिए पनि थप आक्रमणको सम्भावना कायमै छ।फक्स न्युजका अनुसार ह्वाइट हाउसमा बुधबार र बिहीबार यसबारे महत्त्वपूर्ण बैठक भएका थिए। ट्रम्पले बिहीबार पत्रकारहरूसँग इरानको आणविक कार्यक्रम स्थायी रूपमा समाप्त गर्न थप आक्रमण आवश्यक पर्ने वा नपर्ने ...

नेपालन्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play