Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ मा कृषि ज्ञान एप्स सहभागी

Share:WhatsAppFacebookX (Twitter)Telegram
अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ मा कृषि ज्ञान एप्स सहभागी
Photo / Coverage: कर्पोरट खबर

काठमाडौँ। आठौँ संस्करणको अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ को तयारी अन्तिम चरणमा पुगेको छ । भृकुटी मण्डपमा हुने प्रदर्शनीमा अर्थ डबली मिडियाद्वारा संचालित नेपालकै लोकप्रिय एप्स कृषि ज्ञान एप्स पनि सहभागी रहेको छ । यसले प्रदर्शनीमा आउने विभिन्न क्षेत्रका कृषक, ब्यापारी, विद्यार्थी, अनुसन्धातालगायतले कृषि ज्ञान एप्सका प्रतिनिधिसँग प्रत्यक्ष भेटघाट गर्न सक्ने छन् । एप्सको उद्धेश्य, आवश्यकता र महत्वबारे बुझ्न थप मद्धत पुग्नेछ ।कृषि यान्त्रिकीकरण तथा आधुनिक कृषि प्रविधिको प्रवर्द्धन गर्ने उद्देश्यले मंसिर ४ देखि ६ गतेसम्म उक्त प्रदर्शनी संचालन हुनेछ । कृषकहरु माझ लोकप्रिय एप्स कृषि ज्ञानमा कृषि– पशुपंक्षी, बन, माटो विज्ञान, पर्यावरण, खाद्य सुरक्षा, कृषि प्रविधिलगायत विषयमा सूचना, विचार र दृष्टिकोण पढ्न पाइन्छ । एप्सको अनलाईन भर्सन https://krishigyan.com र एप्स डाउनलोड गर्दा प्लेस्टोर वा एप्पल स्टोरबाट कृषिज्ञान पढ्न सकिन्छ । किसान, विद्यार्थी, ब्यापारी तथा कृषि विज्ञहरुले एकदमै रुचाएको कृषि ज्ञान एप्स अपडेट भर्सनसँगै बालीनाली, जडिबुटी, तरकारी खेती, प्रविधिका कुरा नयाँ डिजाइन र लेआउटमा पढ्न सकिन्छ । जहाँ बाली पात्रो, देशभरका विभिन्न स्थानको तरकारीको भाउ, मौषम प्रणाली जानकारी, कृषि बिमा, रिर्सच नोट तथा दर्जनौँ विषयमा ज्ञान तथा सुचना पाउन सकिन्छ । तीनदिने प्रदर्शनीमा एप्सको बारे जानकारी दिनु र कृषि क्षेत्रमा आउँदै गरेको युवाहरुलाई सहयोग समन्वय गर्नु मूख्य उद्धेश्य रहेको अर्थ डबली मिडियाले जनाएको छ । २० देशका कृषि प्रविधि, औजार तथा उपकरण प्रदर्शन गरिने उक्त प्रदर्शनीमा कृषि ज्ञान एप्स एउटा महत्पूर्ण स्टल रहेको मिडियाका विजनेस म्यानेजर गणेश प्रधानले जानकारी दिए । ‘कृषिमा यन्त्र र प्रविधिः कृषक र राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ आयोजना हुने प्रदर्शनीमा ७० भन्दा बढी प्रदर्शकको सहभागिता रहनेछ भने १५० भन्दा बढी स्टलमार्फत दुई हजारभन्दा बढी प्रकारका कृषि औजार, उपकरण, यन्त्र तथा प्रविधि प्रदर्शन गरिने छ । सर्वसाधारणका लागि प्रवेश निःशुल्क गरिएको उक्त प्रदर्शनीमा आधुनिक कृषि, पशुपन्छीपालन, मत्स्यपालन, पुष्पखेती, व्यावसायिक तरकारीखेती, सिँचाइ, कोल्ड स्टोर, पोस्ट हार्भेस्ट, कृषि उपज प्रशोधन तथा बजारीकरणसम्बन्धी आधुनिक यन्त्र र प्रविधि राखिनेछन् ।अर्थ डबली मिडिया बारेःअर्थ डबली मिडिया विगत ९ वर्षदेखि मार्फत अर्थ राजनीति, विजनेस तथा शेयरमार्केत बारे समाचार, विचार र दृष्टिकोण पस्कने नेपालको लोकप्रिय आर्थिक अनलाईन https://arthadabali.com हो ।यसको मूख्य कार्यलय लैनचौर काठमाडौंमा रहेको छ । कृषि क्षेत्रलाई अझ विशेष महत्व दिदै कम्पनीले यस क्षेत्रको विषयलाई उठान गर्न, कृषि क्षेत्रको प्रवद्र्धन होस् भन्ने हेतुले यस क्षेत्रमा थप लगानी बढाउने, दायरा फराकिलो बनाउँदै युवालाई स्वदेशमै रोजगार सिर्जना होस् भन्ने उद्धेश्य राखेको छ । कृषि क्षेत्रको विकासले मुलुकै विकासमा टेवा पुग्छ यसर्थ यस मिडिया मार्फत कृषि क्षेत्रको अलग्गै विभाग मार्फत किसानहरुमा पुग्ने जमर्को गरेको हो । The post अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी–२०८३ मा कृषि ज्ञान एप्स सहभागी appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
तारकेश्वरमा कोठा फोडेर सुन र नगद चोरी
Latest NewsJust now

तारकेश्वरमा कोठा फोडेर सुन र नगद चोरी

काठमाडौँ । काठमाडौँको तारकेश्वर नगरपालिका–८ मा डेरा गरी बस्ने एक महिलाको कोठाबाट करिब एक लाख ३० हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । बाजुरा घर भई हाल तारकेश्वर–८ मा डेरा... ...

रातोपाटी
इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम
Latest NewsJust now

इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार दस्तुरको हिसाब बुझाउन १० दिनको अल्टिमेटम

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई दूरसञ्चार सेवा दस्तुर (टीएससी) दाखिलासम्बन्धी विवरण तथा आवश्यक कागजात १० दिनभित्र पेस गर्न निर्देशन दिएको छ । प्राधिकरणले आर्थिक ऐन, २०८३ को व्यवस्था... ...

रातोपाटी
ट्रम्पसँगको भेटअघि सी–पुटिन वार्ता
Latest NewsJust now

ट्रम्पसँगको भेटअघि सी–पुटिन वार्ता

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग हुने भनिएको ऐतिहासिक त्रिपक्षीय शिखर सम्मेलनको पूर्वसन्ध्यामा चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधबार चीनको सेन्जेनमा उच्चस्तरीय वार्ता भएको छ । बिहीबार हुने सम्मेलनमा... ...

रातोपाटी
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु
Latest NewsJust now

छुट्टाछुट्टै सवारी दुर्घटनामा तीन जनाको मृत्यु

काठमाडौँ । मुस्ताङ र सिन्धुलीमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने अन्य १३ जना घाइते भएका छन् । मुस्ताङको लोमान्थाङ गाउँपालिका–२ छोसेरस्थित सडकमा नेचुङबाट चराङतर्फ जाँदै... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play